पुनरुत्थान एउटा सत्यता हो भनी म जान्दछु र वाटरगेट काण्डले यसलाई प्रमाणित गरिदिएको छ । कसरी ? किनकि मृतकहरूबाट बौरी उठ्नुभएको येशूलाई देखेका छन् भनी १२ जना मानिसहरूले गवाही दिए । त्यसपछि एकै पटक पनि त्यसलाई इन्कार नगरी तिनीहरूले त्यस सत्यतालाई ४० वर्षसम्म घोषणा गरे । प्रत्येकलाई कुटियो, यातना दिइयो, ढुङ्गाले हानियो अनि झ्यालखानामा हालियो । यो साँचो थिएन भने तिनीहरूले यस्ता दु:खहरू सहँदैनथ्ये । वाटरगेट प्रकरणमा संसारका सबैभन्दा शक्तिशाली १२ जना मानिसहरूलाई छानियो जसले एउटा झुटलाई तिन हप्तासम्म पनि जोगाइराख्न सकेनन् । १२ जना प्रेरितहरूले एउटा झुटलाई ४० वर्षसम्म जोगाउँदै छन् भनी तपाईं भन्दै हुनुहुन्छ । बिलकुलै असम्भव छ ।
चाल्र्स कोलसन
गालीलका मानिसहरू कि तिनीहरूभन्दा अगि र पछिका अन्य सबैभन्दा सर्वश्रेष्ठ बुद्धि भएका, बृहत् ज्ञान र अनुभव बटुलेका र छलका कलाहरूमा गहनतर सिप भएका व्यक्तिहरू थिए कि भने तिनीहरूले देखेका र सुनेका आश्चर्यपूर्ण कुराहरूलाई तिनीहरूले साँचो रूपमा व्यक्त गरेका छन् ।
सिमोन ग्रिनलिफ
येशूको मृत्युपश्चात् ५०० जना मानिसहरूले उहाँलाई देखेको दाबी कतै दृष्टिभ्रम त होइन भनेर एक जना मनोवैज्ञानिक मित्रकहाँ गएर सोधेँ मैले । दृष्टिभ्रमहरू व्यक्तिगत घटनाहरू हुन् र यदि ५०० जना मानिस उही कुरोमा दृष्टिभ्रममा परे भने त्यो [येशूको] पुनरुत्थान भन्दा ठुलो आश्चर्यकर्म हुन जान्छ भनी तिनले बताए ।
लि स्ट्रोबेल, नास्तिकबाट ख्रीष्टियान लेखकसाथै पास्टरमा परिवर्तित
झुट बोली नयाँ धर्मको थालनी गरेर चेलाहरूले केही पाउने थिएनन् । तिनीहरूले कठिनाइ, उपेक्षा, शत्रुता भोगे र सहिदको मृत्यु वरण गरे । यस्तो परिप्रेक्ष्यमा तिनीहरूले जे प्रचार गरिरहेका थिए यदि त्यो झुटो थियो भनी तिनीहरूले जानेका थिए भने तिनीहरूमा कहिल्यै पनि यस्तो अटल मनोवृत्ति हुँदैनथ्यो । प्रेरितहरू मूर्ख मानिसहरू थिएनन् र पावल पहिलो दर्जाका धैर्यवान् बौद्धिक व्यक्ति थिए । तिनदेखि चार दसक सेवा–कार्यको अवधिमा त्यस झुटलाई पुनर्विचार गरी त्यसलाई त्याग्ने थुप्रै मौकाहरू हुनेथियो ।
जे. पी. मोरल्यान्ड
क्रूसारोहणको
दिनमा तिनीहरू [येशूका
चेलाहरू] निराश थिए
तर हप्ताको पहिलो
दिनमा तिनीहरू प्रसन्न
भए; क्रूसारोहणको समयमा
तिनीहरू आशाविहीन थिए तर
उक्त हप्ताको पहिलो
दिनमा तिनीहरूका ह्दय
निश्चयता र आशाले
प्रफुल्ल भए ।
पहिलो पटक पुनरुत्थानको
खबर सुन्दा तिनीहरूले
पत्याएका थिएनन् र तिनीहरूको
त्यो विचारलाई परिवर्तन
गर्न कठिन थियो
तर जब तिनीहरू
निश्चित भए तिनीहरूले
फेरि कहिल्यै शङ्का
गरेनन् ।”
अज्ञात
पत्रुस
र चेलाहरूले येशूको
मृत्युपछि यस्तो अनुभव गरे
जसमा येशू तिनीहरूकहाँ
पुनरुत्थान हुनुभएका ख्रीष्टको रूपमा
प्रकट हुनुभयो भनी
ऐतिहासिक रूपमा निश्चित हुन
सकिन्छ ।
लुडम्यान, नास्तिकवादी
म
स्पष्ट रूपमा बताउँछु कि
येशू ख्रीष्टको पुनरुत्थानको
लागि साक्षी यति
प्रबल र प्रशस्त
छन् जसले प्रमाणद्वारा
यसलाई स्वीकार गर्न
बाध्य बनाउँछ र
शङ्काको लागि यसले
बिलकुलै कुनै ठाउँ
छोड्दैन ।
सर लिओनेल
लुकहू,
गिनिज
बुकमा
संसारको
सबैभन्दा
सफलदायी
वकिलको
रूपमा
नाम
कमाउन
सफल
व्यक्ति
क्रूसारोहणको
केही हप्तापछि यरूशलेममा
तिनीहरूका शत्रुहरूको सामुन्ने चेलाहरूले
पुनरुत्थानको घोषणा गरेको सत्यताले
तिनीहरूले जे प्रचार
गरेका थिए त्यो
साँचो थियो भनेर
देखाउँछ किनकि यदि पुनरुत्थान
नभएको भए यस्ता
परिस्थितिहरूमा तिनीहरूले कहिल्यै पनि
यसको घोषणा गरेको
हुन सक्दैनथ्यो ।
विलियम लेन
क्रेग
पुनरुत्थानको
सत्यताले सुसमाचारिय सत्यताको अन्य
हरेक क्षेत्रमा जीवन
प्रदान गर्छ ।
पुनरुत्थान एउटा किल्ला
हो जसमा सारा
ख्रीष्टियमत फनफनी घुम्छ र
त्योविना अन्य कुनै
पनि सत्यताहरू त्यति
महत्त्वको हुँदैन । पुनरुत्थानविना
ख्रीष्टिमयत अन्य सबै
मानवीय दर्शनशास्त्र र धार्मिक
अनुमानहरूजस्तै मनको चाह
बन्दछ ।
जोन माकार्थुर,
पास्टरसाथै
प्रसिद्ध
लेखक
येशू
ख्रीष्टको पुनरुत्थान संसारको इतिहासमा
एकल महानतम घटना
हो । ख्रीष्टियमतको
लागि यो यति
आधारभूत छ कि
यसलाई इन्कार गर्ने
व्यक्ति कोही पनि
साँचो ख्रीष्टियान हुन
सक्दैन । पुनरुत्थानविना
ख्रीष्टियान विश्वास, उद्धार र
आशा अस्तित्वमा रहँदैन
। ‘तर यदि
मृतकहरूको पुनरुत्थान हुँदैन भनेता’
पावल व्याख्या गर्छन्,
‘ख्रीष्ट पनि मृतकबाट
पुनर्जीवित पारिनुभएको होइन ।
यदि ख्रीष्ट मृतकबाट
पुनर्जीवित पारिनुभएको होइन भनेता
हाम्रो प्रचार व्यर्थ हुन्छ,
र तिमीहरूको विश्वास
पनि व्यर्थ हुन्छ’
(१ कोरिन्थी १५:१३–१४)
। पुनरुत्थान नभएको
ख्रीष्टमाथि विश्वास गर्ने व्यक्तिले
शक्तिविहीनसाथै मरेको ख्रीष्टमाथि विश्वास
गर्दछ । यदि
ख्रीष्ट मृतकहरूबाट पुनर्जीवित पारिनुभएको
होइन भने क्रूसमा
कुनै छुटकारा सम्पन्न
भएन र ‘तिमीहरूको
विश्वास पनि व्यर्थ
हुन्छ’ पावल जारी
राख्छन्, ‘तिमीहरू अझसम्म आफ्ना
पापमा नै छौ’
(पद १७) ।
जोन माकार्थुर,
पास्टरसाथै
प्रसिद्ध
लेखक
क्यानडाका
वैज्ञानिक जी. बी.
हार्डेले एक पटक
भने, “मैले धर्मलाई
हेर्दा मसित दुई
ओटा प्रश्नहरू हुन्थे
भनी मैले भनेँ
। एउटा हो,
के कसैले मृत्युमाथि
विजय हासिल गरेको
छ ? र अर्को
हो, यदि गरेको
छ भने मृत्युमाथि
विजय हासिल गर्ने
मार्ग मेरो निम्ति
पनि तयार गरेको
छ त ? मैले
बुद्धको चिहानलाई जाँच गरेँ
र यो भरिएको
थियो । मैले
कन्फ्युसियसको चिहानलाई जाँच गरेँ
र यो भरिएको
थियो । मैले
मोहम्मदको चिहानलाई जाँच गरेँ
र यो भरिएको
थियो । म येशूको चिहानमा गएँ
र यो रित्तो
थियो । अनि
मैले भनेँ एक
जनाले मृत्युमाथि विजय
हासिल गरेको छ
। अनि मैले
दोस्रो प्रश्न गरेँ, के
उहाँले मेरो निम्ति
पनि मार्ग निर्माण
गर्नुभएको छ त
? मैले बाइबल खोलेँ र
उहाँले भन्नुभएको वचन पाएँ,
‘म जीवित भएको
हुनाले, तिमीहरू पनि जीवित
रहनेछौ’ ।”
जोन माकार्थुर,
पास्टरसाथै
प्रसिद्ध
लेखक
तिनीहरू
[येशूका चेलाहरू]
ले पुनरुत्थानको गवाही
दिँदै थिए भन्ने
कुरो सत्यतासित सम्बन्धित
प्रश्न हो, केवल
विश्वाससित जोडिएको प्रश्न होइन
। तिनीहरू यस
घटनाबारे विश्वस्त थिए ।
र, यस घटनाको
साक्षीको निम्ति मर्न चाहने
तिनीहरूको तत्परता केवल विश्वास
वा धर्मसाथै धार्मिक
अगुवाप्रतिको आस्थाको कारणले मर्न
चाहने अरूको तत्परताभन्दा
बढी विश्वसनीय छ
।
डेभ हन्ट
म
इतिहासकार हुँ भनी
दाबी गर्दछु ।
प्राचीन साहित्यलाई अध्ययन गर्ने
मेरो शैली ऐतिहासिक
छ । र,
म तपाईंलाई भन्दछु
कि प्राचीन इतिहासको
अधिकांश सत्यताहरूभन्दा ख्रीष्टको जीवनी, मृत्यु
र पुनरुत्थानको साक्षी
असल तरिकाले प्रमाणित
छ ।
ई. एम.
ब्ल्याकलक,
प्राध्यापक
सबै
साक्षीलाई खोज तलास
गरेर हेर्दा यसो
भन्नु अत्युक्ति हुँदैन
कि ख्रीष्टको पुनरुत्थानभन्दा
अन्य कुनै ऐतिहासिक
घटना ज्यादा वा
विभिन्न तवरबाट समर्थन गरिएको
छैन ।
ब्रुक फस
वेस्टकट
यदि
येशू मरेको मर्यै
हुनुभएको थियो भने
ख्रीष्टियान मण्डलीको यथार्थता र
ख्रीष्टियान कालको तिन शताब्दीमा
भएको यसको आश्चर्यजनक
वृद्धिलाई कसरी व्याख्या
गर्न सक्नुहुन्छ ? चौथो
शताब्दीसम्म आइपुग्दा ख्रीष्टियान मण्डलीले
पाश्चात्य जगत्लाई ढाकिसकेको थियो
। झुटमा निर्माण
भएको अभियानले त्यो
हासिल गर्न सक्दैनथ्यो
। ... ख्रीष्टियान विश्वासलाई
रोक्नका लागि रोमको
सबै शक्ति र
यरूशलेमका सबै धार्मिक
संस्थाहरूको समायोजन गरिएको थियो
। तिनीहरूले केवल
यति गरेको भए
पुग्थ्यो— चिहानलाई खनी लाशलाई
उपस्थित गराउनु ।
हेन्री स्काफर
तृतिय
यदि
[येशूको] पुनरुत्थान
भएको थिएन भने
किन प्रेरित पावलले
कथित् प्रत्यक्षदर्शीहरूको यस्तो
सूची दिन्थे त
? त्यसरी विनासङ्कोच झुट बोलेर
तिनले कोरिन्थका पाठकहरूसित
तुरुन्तै आफ्ना सबै विश्वसनीयता
गुमाउँथे ।
नर्मन गेइस्लर
र
फ्रयाङ्क
टुरिक,
अपोलोजिस्टद्वय
अन्य
कुनै धर्ममा दाबी
गरिएका आश्चर्यकमहरूका लागि भन्दा
[येशूको] पुनरुत्थानको
लागि साक्षी राम्रो
छ । गुणस्तर
र परिमाणमा यो
उत्कृष्ट तवरले भिन्नै छ
।
एन्टोनी फ्लू