अमेरिकी क्रान्तिकारी
युद्ध
(ख्रीष्टाब्द १७७५–१७८३)
को समयमा पेन्सलभेनियामा
पिटर मिलर नाउँ
गरेका पास्टर बस्थे
। तिनको समुदायमा
हरेक व्यक्तिले तिनको
आदर गथ्र्यो र
तिनलाई माया गथ्र्यो
तर तिनको मण्डली
नजिकै एक जना
मान्छे बस्थ्यो जसले तिनलाई
घृणा गथ्र्यो ।
परमेश्वरका सेवकलाई उसले गर्ने
दुव्र्यवहारको कारणले उसले कुख्याती
कमाएको थियो ।
उसले मण्डलीलाई मात्र
घृणा गर्दैनथ्यो तर
पछि थाहा हुन
आयो कि त्यो
त राष्ट्रघाती पनि
रहेछ । ऊ देशद्रोहमा दोषी ठहरियो
अनि उसलाई मृत्युदण्ड
तोकियो ।
उसको
मुद्दाको बहस फिलाडेल्फियामा
भएको थियो ।
पास्टर मिलरले यस विषयमा
सुन्नेबित्तिकै तिनी सेनापति
वासिङ्गटनलाई भेट्न पैदलै हिँडेर
गए । पास्टरले
वासिङ्गटनलाई उक्त मानिसलाई
क्षमा दिइओस् भनी बिन्ती
गरे । तर
वासिङ्गटनले भने, “तपाईंको मित्रको
निम्ति तपाईंले गर्नुभएको बिन्तीलाई
म स्वीकार गर्न
सक्दिनँ । मलाई
माफ गर्नुस् ।”
“मित्र
!” मिलर चिच्च्याए,
“त्यो मान्छे त
संसारभरिमा नै मेरो
सबैभन्दा खराब शत्रु
हो ।”
“के
भन्नुभाको ?” छक्क पर्दै
सेनापतिले भने, “शत्रुको जीवन
बचाउनका लागि तपाईं
साठी माइल हिँडेर
आउनुभएको ? त्यो त
निकै अनौठो कुरो
हो त । तपाईंको खातिर म
उसलाई क्षमा दिनेछु
।”
सेनापति
वासिङ्गटनले क्षमापत्रमा हस्ताक्षर गरे
। त्यही दिन
दिउँसो जुन ठाउँमा
अभियुक्तलाई आत्महत्या दिइने तालिका
मिलाइएको थियो मिलर
पैदलै १५ माइल
हिँडेर त्यहाँ पुगे ।
अपराधीलाई मञ्चमा लगिरहँदा मिलर
हस्याङफस्याङ गर्दै आएको देखेर
उसले भन्यो, “त्यो
बुढो पिटर मिलर
हुन् । आज
मलाई झुण्ड्याएको हेरेर
सन्तुष्ट हुन तिनी
एफ्रातादेखि हिँडेर आएका छन्
।” तर जब
पास्टर मिलरले क्षमापत्र झिकेर
उसलाई दियो ऊ
मौन भइरह्यो ।