menu bar

Wednesday, November 12, 2014

बिल्ली ग्राहम: सर्वश्रेष्ठ प्रचारक



इतिहासमा सबैभन्दा बेसी मानिसहरूलाई सुसमाचार सुनाउने व्यक्ति हुन्, बिल्ली ग्राहम तिनले जीवनमा दुई अरबभन्दा बढी मानिसहरूलाई सुसमाचार सुनाए तिनको सुसमाचार सुनेर झन्डै ३२ लाख मानिसहरूले येशूलाई व्यक्तिगत प्रभु मुक्तिदाताको रूपमा स्वीकार गरे संसारका १८५ ओटा राष्ट्रका मानिसहरूले तिनको जीवन परिवर्तन गर्ने सन्देशलाई सुन्ने मौका पाएका छन् ग्यालप संस्थाले सञ्चालन गर्ने सर्वाधिक प्रशंसित पुरुष स्त्रीको सूचीमा ग्राहम ख्रीष्टाब्द १९५५ देखि ५५ पटक देखा पर्न सफल भएका छन्, संसारको कुनै पनि व्यक्तिभन्दा बेसी ग्राहम अमेरिकाका थुप्रै राष्ट्रपतिहरूका आत्मिक सल्लाहकार थिए खास गरी डी. डेभिड आइजनहावर, लिन्डोन बी. जोनसन रिचार्ड एम. निक्सोनका घनिष्ठ थिए ग्राहम

नोभेम्बर १९१८ मा अमेरिकाको उत्तरी क्यारोलिनामा बुबा विलियम आमा मर्रोबाट बिल्ली ग्राहमको जन्म भएको थियो परिवारमा जेष्ठ ग्राहमका दुई बहिनी एक भाइ थिए बुबाले तिनलाई कृषक बनाउन खोजे तापनि तिनी आमाको प्रभावमा परे जसले तिनलाई हरेक दिन बाइबलको पद कण्ठस्थ गर्न जोड दिन्थिन्

क्रुसेड आत्मिक सभाका लागि चर्चित बिल्ली ग्राहमले १६ वर्षको किशोर अवस्थामा येशूलाई ग्रहण गरे जागृति सभामा प्रचारक मोर्दक्कै हामद्वारा तोडिएको प्रवचनलाई सुनेर ग्राहमले आफ्नो जीवन प्रभुको निम्ति अर्पण गरेका थिए सेवाकार्यको निम्ति आफैलाई तयार पार्न पछि तिनी फ्लोरिडा बाइबल इन्स्टिच्युट ह्विटन कलेजमा भर्ना भए

आफ्नो सेवाकार्यको आरम्भमा व्यक्त गरेको कथनप्रति तिनी जीवनभरि नै बफादर रहे, “ममा एउटै जोश थियो त्यो हो आत्माहरू जित्नु आफ्नो सेवाको पाललाई तन्काउन १९५० मा तिनले तिनले बिल्ली ग्राहम इभान्जलिस्टिक एसोसिएसनको स्थापना गरे जुन संस्थाले मिडियामार्फत तिनको सन्देशलाई संसारको कुनाकुनामा पुर्याउन महत्त्वपूर्ण भूमिका निभाएको   १३ अगस्त १९४३ मा बिल्ली ग्राहमको बिहे रूथ बेलसित भयो जसबाट पाँच जना सन्तान जन्मे

१९५९ बाट प्रचारको लागि तिनी विभिन्न देशमा यात्रा गर्न निस्के तिनी अस्ट्रेलिया, न्युजिल्यान्ड, अफ्रिका, जापान, भारत, सिङ्गापुर, ब्राजिलसाथै मध्यपूर्वका मुलुकहरूसम्म आए तर साम्यवादी मुलुकमा भने तिनी पहिलो पटक १९६६ मा युगोस्लाभिया पुगे १९९१ मा साम्यवादको पतनसँगै त्यसको अनुगामी वर्षमा रुसको राजधानी मस्कोको ओलम्पिक रङ्गशालामा पचास हजार दर्शकहरूका माझ प्रचार गर्ने ढोका खोलिएको थियो ग्राहमलाई  

१९७४ मा लाउसेन अभियानको लागि जोन स्टटसँग सहकार्य गरेर उल्लेखनीय भूमिका निर्वाह गरेका ग्राहमले जीवनमा मनग्गे इनामहरू प्राप्त गरेका छन् अमेरिकी भूतपूर्व राष्ट्रपति जर्ज बुसले तिनलाईअमेरिकाका पास्टरभनेका थिए ग्राहमका पुस्तकहरू लाखौँको सङ्ख्यामा बिक्री वितरण गरिएका छन्

प्रचारका महानायक ग्राहमको सत्यनिष्ठाको कारणले तिनको आत्मिक मार्गदर्शनलाई पछ्याउन लाखौँलाई उत्साह मिलेको मार्टिन लुथर किङ्ग, बोनो, मोहम्मद अलीसाथै अमेरिकी राष्ट्रपति आइजनहावरदेखि बुससम्मका मानिसहरू ग्राहमबाट प्रेरित थिए तिनी इमान्दार, निर्दोष हसाउने प्रवृत्तिका छन्



Leave Your Comments Here.