दोस्रो
विश्वयुद्ध जारी थियो
। १८ अप्रिल
१९४२ को दिन
डुलिटिल
रेड
नाउँ दिइएको हवाइ
आक्रमणमा अमेरिकाले जापानको राजधानी
टोकियोलगायत अन्य सहरहरूमाथि
आक्रमण गर्यो ।
आक्रमणकारीहरूको समूहमा जेकब डे
साजर नाउँका एक
जना व्यक्ति पनि
थिए जो नास्तिक
थिए अर्थात् तिनले परमेश्वरमाथि
विश्वास गर्दैनथ्ये । आक्रमणको
क्रममा तिनको विमानलाई शत्रुहरूले
यसरी प्रति–आक्रमण
गरे कि तिनी
प्यारासुटसहित विमानबाट हामफाल्न बाध्य
भए । तिनलाई
पक्रेर जापानीहरूले झ्यालखानामा हाले
। लाग्थ्यो, तिनको
जीवनको अन्त्य नजिकिँदै थियो
। तिनका दुई
सहकर्मीहरूलाई गोली हानि
हत्या गरिएको र
एक जना भोकले
मरेको तिनले आफ्नै
आँखाले देखे ।
जापानी
भूमिमा कैदीको रूपमा दिनहरू
बिताइरहँदा तिनी एउटा
प्रश्नमाथि घोत्लिन थाले: किन
मैले जापानीहरूलाई यति
धेरै घृणा गरेको
र जापानीहरूले मलाई
किन घृणाको दृष्टिकोणबाट
हेरेका होलान् ? ख्रीष्टियान विश्वासबारे
तिनले सुनेका केही
कुराहरूलाई याद गर्न
थाले तिनले ।
साहसपूर्वक
तिनले झ्यालखानाका हाकिमहरूलाई
अनुरोध गरे, “मलाई एउटा
बाइबल ल्याइदिनुहुन्छ कि
?” तिनको अनुरोधलाई तिनीहरूले खिल्लीमा
उडाइदिए । तिनीहरूलाई
लाग्यो कि यो
कुनै ठट्टा थियो
। त्यस्तो वाहियात
माग नगर्न तिनीहरूले
तिनलाई चेताउनी दिए ।
तर तिनले बाइबलको
माग गरिरहे ।
डेढ वर्षपश्चात् अर्थात्
मे १९४४ मा
एक जना पहरेदारले
बाइबल ल्याइदियो र
तिनको सामु फ्याँकेर
भन्यो, “तिमीसँग जम्मा तिन
हप्ता मात्र बाँकी
छ । त्यसपछि
त म यो
बाइबल लिएर जान्छु
।” नभन्दै, तिन
हप्ता बितेपछि पहरेदारले
जेकबको हातबाट बाइबल लिएर
गयो र तिनले
फेरि बाइबलको मुख
देख्न पाएनन् ।
तथापि,
तिन हप्ताको छोटो
अवधिमा तिनले बाइबलाई जुन
रफ्तारले पढेका थिए; त्यसमाथि
मनन गरेका थिए
र जीवनको अर्थसाथै
मानव–जातिको आखिरी
गन्तव्यको विषयमा बाइबलका वचनहरूमा
डुबेका थिए त्यसले
तिनको जीवनमा नाटकीय
परिवर्तन ल्याइदिसकेको थियो ।
पछि तिनी जापानी
निर्वासनबाट जेलमुक्त भए ।
१९४८ मा आफ्नी
पत्नी र भर्खरैको
छोरो लिएर तिनी
फेरि जापानमा नै
गए— तर यस
पटक कैदीको रूपमा
नभएर मिसनरीको रूपमा
। हल्लेलूयाह ! मिसनरी
भएर तिनले जापानमा
३० वर्ष बिताए
।