menu bar

Saturday, November 8, 2014

प्रेरित ७:१६ ले बताउँछ कि शकेममा हमोरका छोराहरूबाट अब्राहामले चिहान किने जब कि पुरानो करारको विवरण (उत्पत्ति ३३:१८–१९; यहोशू २४:३२) अनुसार उक्त चिहान याकूबले किने । वास्तवमा चिहान कसले किने— अब्राहाम कि याकूब ?



स्तिफनसले आफ्नो भाषणमा भने,  “याकूब मिश्रदेशमा गए, त्यहीँ उनको देहान्त भयो, हाम्रा पुर्खाहरूको पनि त्यहीँ नै देहान्त भयो त्यसपछि तिनीहरूका मृत शरीर शकेममा लगे, अब्राहामले शकेममा हमोरका छोराहरूबाट दाम तिरेर किनेको चिहानमा राखे” (प्रेरित :१५१६)   तर मोशा यसरी अभिलेख गर्छन्, आफू [याकूब] ले पाल टाँगेको जग्गा शकेमका बाबु हमोरका छोराहरूबाट तिन [याकूब] ले एक सय चाँदीका टुक्रा दाम हालेर किने (उत्पत्ति ३३:१९) यहोशूको विवरणअनुसार पनि उक्त चिहान याकूबले नै किने (यहोशू २४:३२) तब स्वाभाविक प्रश्न यो हो कि चिहान कसले किनेअब्राहाम या याकूब ? यो प्रस्ट विरोधाभासको व्याख्या के हुन सक्छ ?

उत्पत्तिको विवरणबाट हामीलाई थाहा कि हारानबाट प्रस्थान गरेपछि अब्राहाम पहिलो पटक शकेममा रोकिए जहाँ तिनले एउटा वेदी पनि बनाए (उत्पत्ति १२:) त्यस ठाउँमा परमेश्वर तिनीकहाँ देखा पर्नुभयो अनि आफ्नो प्रतिज्ञालाई उहाँले अब्राहामसामु पुन: दोहोर्याउनुभयो यस्तो परिस्थितिमा अब्राहामले त्यहाँ कुनै जग्गाको टुक्रा किन्नु मुनासिब नै हुन्थ्यो

उत्पत्तिकै विवरणमुताबिक हामीलाई थाहा कि अब्राहामको समयभन्दा लगभग १८५ वर्षपश्चात् याकूब शकेममा गए त्यहाँ तिनले आफ्नो पाल टाँगेर बसोबास गरे

सायद, यो लामो अवधिमा स्थानियहरूले उक्त जमिनलाई आफ्नो कब्जामा लिए अनि तिनीहरूसँग झगडा गरेर आफ्नो पुर्खाले किनेको जमिन हात पार्नुको साटो त्यसलाई पुन: किन्नु उचित ठानी याकूबले दाम तिरे यसरी उक्त जग्गालाई दुई पटक किनियो: पहिले अब्राहामबाट अनि लगभग दुई शताब्दीपछि याकूबबाट   

Leave Your Comments Here.