ख्रीष्टियमतका
संस्थापक येशू ख्रीष्टका
हड्डीहरू फेला पारिए
भन्ने खबर आयो
भने उहाँ तेस्रो
दिनमा पुनरुत्थान हुनुभएको
थियो भनी विश्वास
गर्ने करडौँ ख्रीष्टियानहरूको
विश्वासमा कति रेक्टर
स्केलको भूकम्प जाला ? त्यस्तै
भयो । ख्रीष्टाब्द
२००७ को इस्टर
अगाडि देखाइएको अभिलेखमा
आधारित टेलिभिजन र त्यसपछि
प्रकाशित लोकप्रिय पुस्तकले उहाँको
पुनरुत्थानमाथिको सन्देहवादलाई बढावा दिए ।
यसको दाबीअनुसार इस्राएली
निर्माण दलद्वारा ख्रीष्टाब्द १९८०
मा येशू र
उहाँको परिवारको चिहान स्थल
अकस्मात् फेला पारियो
। यस फिल्मअनुसार
“योसेफका पुत्र येशू”, मरियम,
योसेफ र मरियम
मग्दलिनीका अस्थिबाकसहरू तालपियोट चिहानमा फेला
पारिए । येशू
साँच्चै शारीरिक रूपमा बौरी
उठ्नुभयो वा भएनन्
भन्ने विषयमा यस
खोजले शङ्काको ईंटलाई
निर्माणाधीन घरमा जोड्ने
प्रयास गरेको छ । नि:सन्देह
यस्ता खबरहरूले रक्षाशास्त्रीहरूको
आवश्यकतालाई तीव्र रूपमा महसुस
गर्न बाध्य पारेको
छ ।
ख्रीष्टाब्द
२००६ मा निकालिएको
एउटा भिडियो टेपमा
अलकायदाका उपप्रमुख (हाल प्रमुख)
आइम्यान अलजवाहरीले सबै ख्रीष्टियानहरूलाई
मुस्लिममा परिवर्तन हुन आव्हान
गर्दै जर्ज डब्लु.
बुस र पोप
बेनेडिक्ट सोर्हौँको तीव्र आलोचना
गरेका छन् ।
तिनले यो पनि
उल्लेख गरेका छन् कि
येशू कहिल्यै मारिनुभएन,
मृतकहरूबाट बौरी उठ्नुभएन
र उहाँ परमेश्वर
हुनुहुन्थेन भन्ने मुस्लिम विश्वास
सोर्है
आना सही छ
।
येशूको
पुनरुत्थानमाथिको आक्रमणको अग्र पङ्क्तिमा
मुस्लिमहरू छन् ।
पुनरुत्थानमाथि अविश्वास पैदा गर्नु
भनेको ख्रीष्टियमतको सत्यतालाई
अप्रमाणित गर्नु हो भनी
तिनीहरू स्पष्टत: बुझ्दछन् ।
कुरआनअनुसार येशू वास्तवमा
क्रूसमा मर्नु पनि भएन,
मृतकहरूबाट बौरी उठ्नु
त धेरै परको
कुरो हो ।
एक प्रमुख मुस्लिम
रक्षाशास्त्री (अपोलोजिस्ट) ले भनेका
छन् कि मसीहलाई
विजेताको रूपमा अपेक्षा गरिएको
थियो । तसर्थ,
“क्रूसमा झुण्डयाइएको मसीह वर्गाकार
वृत्त, चार ओटा
कोण भएको त्रिभुज
र विवाहित कुमारजस्तै
आफैलाई पराजित गर्नेजस्तो छ
।” पुनरुत्थानमाथिको आक्रमणमा
सहभागी मुस्लिमहरू मात्रै छैनन्
। ख्रीष्टाब्द २००७
को एउटा भाषणमा
भारतका हिन्दु सङ्घका राष्ट्रवादी
अगुवा के. एस.
सुदर्शनले येशू क्रूसमा
कहिल्यै मर्नुभएन भनी बताए
। तिनले थपे,
“उहाँलाई चोट लागेको
थियो । तर
उपचारपछि उहाँ भारतमा
जानुभयो जहाँ वास्तवमा
उहाँको मृत्यु भयो ।”
ख्रीष्टियमतको
कुनेढुङ्गोको रूपमा चिनिने येशूको
पुनरुत्थानलाई काल्पनिक कथाको रूपमा
पुष्टि गर्न हालैका
दिनमा चौतर्फी आक्रमणहरू
तीव्र पारिएका छन्
। तर साक्षीविनाको
निष्कर्ष बौद्धिक वृत्तमा बालुवाबाट
निर्माण भएका घरसरह
हुन् ।
हाम्रो
विश्वास जे–जस्तो
भए तापनि बाइबललाई
“यहाँ” त्रुटिरहित, ईश्वरीय प्रेरणाबाट
आएको वा कुनै
प्रकारको धर्मशास्त्रको रूपमा लिएको नलिऔँ
। संसारले (ख्रीष्टियान
र गैरख्रीष्टियान दुवै)
ले स्वीकार गरेजस्तै
बाइबल प्राचीन प्रलेखहरूको
एउटा सङ्ग्रह हो
जसलाई प्राचीन समयका
अन्य कुनै दस्तावेजलाई
जस्तै गरी जाँचपडताल
गर्न सकिन्छ भन्ने
तथ्यलाईचाहिँ नभुलौँ । अर्को
शब्दमा भन्नुपर्दा, मेरो व्यक्तिगत
विश्वास जे–जस्तो
भए तापनि “यहाँ”
मेरो खोजमा बाइबल
अन्य पुस्तकभन्दा माथिल्लो
श्रेणीमा छैन ।
हेरोदोतस र थुसाइदिबेसका
ऐतिहासिक कृतिहरूलाई मैले जुन
ऐतिहासिक मापदण्डको प्रयोग गर्छु
त्यही मापदण्ड बाइबलको
लागि लागु हुनेछ
। अवश्य, मेरो
आफ्नै पूर्वाग्रह छ
तर यस गहन
विषयमा मेरा ती
धार्मिक विश्वासहरूलाई पाखा लगाई
उपलब्ध साक्षीहरूको आधारमा निष्कर्ष
निकालौँ । कल्पना
गर्नुस्, तपाईं पाठकको रूपमा
अदालतमा आउनुभएको छ— विश्वको
एउटा महान् मुद्दाको
बहसमा । यस
पङ्क्तिकार येशूको पुनरुत्थानको पक्षमा
मुद्दा लड्ने वकिल हो
। वकिलले प्रस्तुत
गरेका साक्षीहरूको आधारमा
अदालतका न्यायाधीश जुन तर्कसङ्गत
निष्कर्षमा पुग्छ त्यसैगरी तपाईंको
व्यक्तिगत विश्वास जेसुकै भए
तापनि साक्षीको आधारमा
निष्कर्ष सुनाउने फैसला तपाईं
पाठकको हातमा छ ।
१. क्रूसारोहणबाट
येशू
मारिनुभयो
।
क्रोसानजस्ता
लिवरल व्यक्तिले स्वीकारेका
छन्, “येशूलाई क्रूसमा
झुण्डयाइयो भन्ने भनाइ कुनै
पनि ऐतिहासिक सत्यता
जतिकै छर्लङ्ग छ
।” सन्देहवादी जेम्स
टाबोर बताउँछन्, “मेरो
विचारमा रोमी क्रूसारोहणबाट
भएको येशूको मृत्युदण्डमा
उहाँ साँच्चै मर्नुभएको
थियो भन्ने कुरामा
हामीले शङ्का गर्नु पर्दैन
।” नयाँ करारका
आलोचक नास्तिक गर्ड
लुडम्यान र अज्ञेयतावादी
बार्ट इरम्यान दुवैले
क्रूसारोहणलाई “अखण्डनीय सत्यता” भनेका
छन् । किन
आलोचकहरूले क्रूसारोहणबाट येशूको मृत्युलाई इन्कार
गर्न सकेनन् ? किनकि
चार ओटै सुसमाचारले
यस विषयमा अभिलिखित
गरेका छन् ।
येशूको
क्रूसारोहणको निम्ति हामीसँग चार
ओटा सुसमाचारिय स्रोतका
अतिरिक्त थुप्रै गैरख्रीष्टियान स्रोतहरू
पनि छन् ।
उदाहरणको लागि रोमी
इतिहासकार टासिटसले बताए कि
येशूले “तिबेरिअसको शासनकालमा चरम
दण्ड भोग्नुभयो ।”
यहूदी इतिहासकार योसिफसले
अभिलिखित गरेका छन् कि
पिलातसले “उहाँ [येशू]
लाई क्रूसारोहणको निम्ति
सुम्पिदिनुभयो ।” सामोसाटाका
ग्रिक व्यङ्ग्यकार लुसियनले
क्रूसारोहणलाई उल्लेख गरेका छन्
। मारा बार
सेरापियोनले येशूलाई मृत्युदण्ड दिइयो
भनी बताएका छन्
। यहूदी ताल्मुडले
पनि अभिलिखित गरेको
छ, “येशू झुण्ड्याइनुभयो
।”
एक
पटक एउटा अखबारमा
छापिएको थियो ।
प्रश्न:
क्रूसमा येशू केवल
मूर्छा पर्नुभएको थियो र
चेलाहरूले उहाँको उपचार गरी
उहाँलाई निको पारे
भनी हाम्रा शिक्षकले
बताए । तपाईं
के सोच्नुहुन्छ ?
उत्तर:
धातु र सिसाका
टुक्राहरू जडित कोर्राले
तपाईंको शिक्षकलाई ३९ पटक
हिर्काउनुस् । काँटी
ठोकी उहाँलाई क्रूसमा
घाम लागेको समयमा
झुण्ड्याउनुस् । उहाँको
मुटुमा भालाले घोच्नुस् ।
उहाँको देहमा सुगन्धित अत्तरहरू
दल्नुस् । उहाँको
शिर र देहलाई
कपडाले बेर्नुस् अनि हावा
नभएको चिहानमा धेरै
घण्टासम्म राख्नुस् । अनि
के हुन्छ हेर्नुस्
।
तसर्थ,
साक्षीरूपी संसारमा येशू क्रूसमा
झुण्ड्याइनुभयो र परिणामत:
उहाँ मर्नुभयो भन्ने
पहिलो सत्यता अखण्डनीय
छ । क्रूसारोहणबाट
येशू मर्नुभएन भनी
बताउने आँट गर्नु
बौद्धिक वृत्तमा हाँस्यास्पद हुन
जान्छ ।
२. येशू
बौरी
उठ्नुभयो
र
चेलाहरूकहाँ
देखा
पर्नुभयो
भनी
तिनीहरूले
विश्वास
गरे
।
प्रेरितको
पुस्तक पढ्दा हामी प्रष्ट
रूपमा थाहा पाउन
सक्छौँ कि येशू
मृतकहरूबाट बौरी उठ्नुभयो
भन्ने विश्वासका निम्ति
चेलाहरू दु:ख
भोग्न इच्छुक भए
। मण्डलीका पिता
भनेर चिनिने क्लेमेन्ट,
पोलिकार्प, इग्नेसिएस, तर्तुलियन र
ओरिगेनले पनि यसलाई
पुष्टि गरेका छन् ।
चेलाहरू आफ्नो विश्वासको निम्ति
मर्न पनि इच्छुक
थिए भनी बताउने
कम से कम
सात ओटा स्रोतहरू
हामीसँग छन् ।
कहिलेकाहीँ
प्रश्न उठ्ने गर्छ, “इतिहासभरि
अन्य विश्वासका मानिसहरू
पनि मर्न इच्छुक
भएका छन् ।
चेलाहरूको आत्माबलिदानले वास्तवमा केलाई प्रमाणित
गर्छ र ?” सर्वप्रथम,
तिनीहरूको विश्वास साँचो थियो
भनी तिनीहरूले साँच्चै
विश्वास गरे ।
यस बारेमा तिनीहरूले
जानाजानी झुट बोलेनन्
। दोस्रोमा, येशू
मृतकहरूबाट बौरी उठ्नुभयो
भनी चेलाहरूले विश्वास
मात्र गरेनन् तर
यो सत्य थियो
भनेर पनि तिनीहरूलाई
थाहा थियो ।
तसर्थ, पुनरुत्थानको सत्यताको लागि तिनीहरू
मर्न इच्छुक भए
।
आफ्नो
विश्वासको लागि मर्न
चाहने आधुनिक इस्लामी
आतङ्कवादी वा अन्य
व्यक्तिभन्दा यो पूर्णत:
पृथक् छ । यी मानिसहरूको
विश्वास साँचो छ भनी
यिनीहरूसँग विश्वास मात्र छन्,
तर यो साँचो
हो भनी निश्चित
रूपमा थाहा पाउने
ओहोदामा यिनीहरू छैनन् ।
यसको विपरीत पुनरुत्थान
घटयो कि घटेन
भनी चेलाहरूलाई निश्चित
रूपमा थाहा थियो
।
नास्तिकवादी
लुडम्यानले पनि स्वीकार
गरे, “पत्रुस र
चेलाहरूले येशूको मृत्युपछि यस्तो
अनुभव गरे जसमा
येशू तिनीहरूकहाँ पुनरुत्थान
हुनुभएका ख्रीष्टको रूपमा प्रकट
हुनुभयो भनी ऐतिहासिक
रूपमा निश्चित हुन
सकिन्छ ।”
३. मण्डलीलाई
सताउने
शाऊलको
परिवर्तन
भयो
।
पहिले
शाऊल भनी चिनिएका
पावल मण्डलीका शत्रु
थिए र विश्वासीहरूलाई
सताउनलाई तिनले आफ्नो जीवन
समर्पण गरेका थिए भनी
तिनको विषयमा बताउने
हामीसँग विविध स्रोतहरू छन्
। तर पुनरुत्थान
हुनुभएका येशूसँग तिनको व्यक्तिगत
जम्काभेट भएकोले तिनी येशूका
अनुयायीमा परिणत भए भनी
तिनी आफैले साक्षी
दिएका छन् ।
साख र बैरी
दुवैद्वारा येशूको पुनत्थानको साक्षी
दिइएको विवरण हामीसँग छ
। यो ज्यादै
सार्थक कुरो हो
।
पावलको
विषयमा बताउने तिनको आफ्नै
साक्षीबाहेक हामीसँग अन्य ६
ओटा प्राचीन स्रोतहरू
छन्— लूका, रोमका
क्लेमेन्ट, पोलिकार्प, तर्तुलियन, कोरिन्थका
डायनोसियस र ओरिगेन
। पावल निरन्तर
रूपमा दु:ख
भोग्न इच्छुक थिए
र तिनी आफ्नो
विश्वासको निम्ति मर्न पनि
तयार भए भनी
यी स्रोतहरूले बताउँदछन्
। पावलले पुनरुत्थान
हुनुभएका येशूलाई देखेका दाबी
मात्र गरेनन् तर
साँचो तवरले यसमा
विश्वास पनि गरे
भनी हामी निश्चित
हुन सक्छौँ ।
पावलको परिवर्तन दोस्रो साक्षीहरूमा
आधारित नभई प्राथमिक
साक्षी (येशू प्रत्यक्ष
रूपमा तिनीकहाँ देखा
पर्नुभयो) मा आधारित
थियो भनी जान्नु
तिनको परिवर्तनको उल्लेखनीय
पाटो हो ।
४. येशूका
भाइ
सन्देहवादी
याकूबको
परिवर्तन
भयो
।
येशूका
याकूब, योसेफ, सिमोन र
यहूदा नाम गरेका
चार भाइहरू र
नाम उल्लेख नभएका
बहिनीहरू थिए भनी
बाइबलले हामीलाई बताउँछ (मत्ती १३:५५;
मर्कूस ६:३)
। प्रामाणिक स्रोत
मानिने यहूदी इतिहासकार योसिफसले
पनि ख्रीष्ट भनिने
येशूका याकूब नाउँ गरेका
भाइ थिए भनी
उल्लेख गरेका छन् ।
येशूको
जीवनकालमा याकूब उहाँका अनुयायी
थिएनन् । वास्तवमा
येशूका एउटै पनि
भाइले उहाँमा विश्वास
गरेका थिएनन् भनी
मर्कूस र यूहन्ना
दुवैले अभिलिखित गरेका छन्
(मर्कूस ३:२१,
३१; यूहन्ना ७:३–५)
।
तर
याकूबको जीवनमा एउटा निर्णायक
मोड आयो ।
प्राचीन विश्वासको सार सम्मिलित
१ कोरिन्थी १५
मा हामीलाई बताइएको
छ कि पुनरुत्थान
हुनुभएका येशू याकूबकहाँ
देखा पर्नुभयो ।
उहाँसित भएको जम्काभेटको
परिणामस्वरूप तिनी एक
ख्रीष्टियान मात्र भएनन्, तर
पछि यरूशलेम मण्डलीका
अगुवासमेत भए (प्रेरित
१५:१२–२१;
गलाती १:१९)
। पुनरुत्थानको कारणले
येशू मसीह हुनुहुन्छ
भनी तिनी यति
विश्वस्त भए कि
तिनी सहिद बनी
प्रभुमा सुते भनी
ख्रीष्टियान र गैरख्रीष्टियान
दुवै स्रोतहरूले बताउँदछन्
। सन्देहवादी याकूबको
परिवर्तन र मृत्युलाई
व्याख्या गर्ने एउटै तत्त्व
हो— येशूको पुनरुत्थान
। वास्तवमा समालोचक
रेजिनाल्ड फुलरले त यहाँसम्म
भनेका छन् कि
यदि हामीसँग १
कोरिन्थी १५ (जहाँ
याकूबले पुनरुत्थान हुनुभएका येशूलाई
देखेको विवरण पाइन्छ) को
विवरण नभइदिएको भए
पनि याकूबको परिवर्तनको
लागि पुनरुत्थान हुनुभएका
येशूको प्रकटीकरणको हामीले आविष्कार
गर्नुपथ्र्यो ।
५. येशूको
चिहान
रित्तो
थियो
।
पुनरुत्थानको
विषयमा छलफल गर्दा
करिब ७५% विद्वान्हरूले
रित्तो चिहानलाई एउटा ऐतिहासिक
सत्यताको रूपमा स्वीकार गर्छन्
। यो अधिकतम
सङ्ख्या हो ।
पूर्वाग्रही नभईकन ऐतिहासिक विवरणहरूलाई
जाँचपडताल गर्ने हो भने
येशूको चिहान रित्तो थियो
भनी सजिलैसित पुष्टि
गर्न सकिन्छ ।
येशूको रित्तो चिहानको लागि
आधारभूत रूपमा तिन ओटा
दरिला साक्षीहरू छन्
।
(क) यरूशलेमको तत्त्व
येशूलाई
सार्वजनिक रूपमा मृत्युदण्ड दिइयो
र उहाँलाई यरूशलेममा
गाडियो त्यसपछि उही सहरमा
उहाँको पुनरुत्थानको घोषणा गरियो भन्ने
तथ्यलाई यहाँ यरूशलेमको
तत्त्व भनिएको हो ।
वास्तवमा क्रूसारोहणको केही हप्तापछि
यरूशलेममा जम्मा भएको भिडलाई
पत्रुस बताउँछन्, “यिनै येशूलाई
परमेश्वरले जीवित पार्नुभयो” (प्रेरित
२:३२) ।
इमान्दारसाथ भन्नुपर्दा यदि येशूको
शरीर अझै चिहानमा
पडिरहेको थियो भने
यरूशलेममा नै ख्रीष्टियमतले
जन्म लिनु असम्भव
छ । रोमी
वा यहूदी अधिकारीहरू
सजिलैसित चिहानमा जान सक्थे
र शवलाई सार्वजनिक
गर्न सक्थे ।
तर यस्तो भएको
थियो भन्ने जानकारी
कुनै ऐतिहासिक स्रोतहरूमा
छैन ।
(ख) शत्रुहरूको प्रमाणीकरण
चेलाहरूले
देह चोरे भनी
शत्रुहरूले आरोप लगाउँदैथे
। यस विवरणलाई
मत्तीले मात्र प्रस्तुत गरेका
छैनन् तर जस्टिन
मार्टर र तर्तुलियनले
पनि । यसबाट
प्रस्ट छ कि
शत्रुहरूले पनि चिहान
रित्तो थियो भनी
अप्रत्यक्ष रूपमा स्वीकार गरे
। इतिहासकारहरूको दृष्टिमा
शत्रुको प्रमाणीकरण ज्यादै बलियो
साक्षी हो ।
चिहान रित्तो थिएन
भने शत्रुहरूले कुनै
पनि हालतमा यसलाई
स्वीकार गर्ने थिएनन् ।
चेलाहरूले देह चोरे
भन्ने विचार चित्त
नबुझ्दो व्याख्या हो ।
चेलाहरूले षड्यन्त्रपूर्वक देह चोरे,
त्यही झूटको लागि
तिनीहरूले निरन्तर सतावट भोगे
र अन्त्यमा तिनीहरू
मर्न पनि इच्छुक
भए भनी विश्वास
गर्न सकिन्छ र
? विनालाभ झूटको लागि मर्न
को तयार हुन्छ
? यो एउटा यस्तो
अनुपयुक्त सिद्धान्त हो जसलाई
अहिले विद्वान्हरू विश्वव्यापी
रूपमा इन्कार गर्छन्
।
(ग) स्त्रीहरूका गवाही
चिहान
रित्तो थियो भनी
पत्ता लगाउनमा स्त्रीहरू
पहिला मात्र थिएनन्
तर चारओटै सुसमाचारमा
तिनीहरू उल्लिखित पनि छन्
। पुरुष गवाहहरू
त पछि आएका
हुन् । स्त्रीहरूका
गवाही यस अर्थमा
महत्त्वपूर्ण छ कि
पहिलो र दोस्रो
शताब्दी यहूदीसाथै रोमी संस्कृतिमा
स्त्रीहरूलाई कम आदर
गरिन्थ्यो । तिनीहरूको
गवाहीमाथि प्रश्न गरिन्थ्यो ।
पुरुषहरूको साक्षीको तुलनामा तिनीहरूको
साक्षीलाई कमजोर मानिन्थ्यो ।
यहूदी ताल्मुडले बताउँछ,
“स्त्रीहरूलाई व्यवस्थाका वचनहरू सुम्पनुभन्दा
बरु ती जलाइओस्
।” र, “स्त्रीले
दिने कुनै पनि
गवाही वैध हुँदैन
।” योसिफसले लेखे,
“स्त्रीहरूको चन्चलपनाको कारणले तिनीहरूको
गवाहीलाई स्वीकार नगरिओस् ।”
यी
विचारहरूलाई ल्याउनुको मेरो तात्पर्य
यो हो कि
अरूलाई मूर्ख बनाउने प्रयासमा
तपाईंले एउटा काल्पनिक
कथाको रचना गर्न
खोज्नुभएको छ भने
ती दिनमा स्त्रीहरूले
रित्तो चिहान पत्ता लगाए
भनी तपाईंले कहिल्यै
बताउनुहुन्नथ्यो । सुसमचारका
लेखकहरूले यस्तो कथा बुने
भनी कल्पना गर्नु
ज्यादै असम्भव छ किनकि
यसबाट तिनीहरूलाई कुनै
लाभ हुँदैनथ्यो ।
यसले तिनीहरू आफैलाई
चोट पुर्याउँदथ्यो । घटना
नभई यदि तिनीहरूले
कथा नै बुन्न
चाहेका थिए भने
लेखकहरूले पत्रुस, यूहन्ना वा
अरिमाथियाका योसेफले पहिलो पटक
रित्तो चिहान देखे भनी
बताउँथे । स्त्रीहरूले
पहिलो पटक रित्तो
चिहान पत्ता लगाए
भनी बताउने यस्तो
लज्जास्पद विवरणलाई तिनीहरूले समावेश
गर्नुको एउटै कारण
हो यो वास्तवमा
घटेकै थियो ।
यी
तिन ओटै पक्षहरूलाई
विचार गर्दा येशूको
चिहान रित्तो थियो
भनी निष्कर्ष निकाल्नको
लागि दृढ ऐतिहासिक
कारणहरू छन् ।
अक्सफोर्ड विश्वविद्यालयका विलियम वार्डले यसरी
उल्लेख गरे, “हामीसँग भएका
सबै मजबुत ऐतिहासिक
साक्षीहरू रित्तो चिहानको पक्षमा
छन् र यसलाई
इन्कार गर्ने विद्वान्हरूले महसुस
गर्नैपर्छ कि तिनीहरूले
वैज्ञानिक इतिहासको आधारबाट बाहिर
गएर यस्तो निष्कर्ष
निकाल्दैछन् ।”
यसरी
येशूका मित्रहरू, ख्रीष्टियमतका शत्रुहरू
र सन्देहवादीहरूबाट हामीसँग
पुनरुत्थानबारे बाध्य पार्ने साक्षीहरू
छन् । अन्त्यमा
येशूको चिहान रित्तो थियो
भनी पुष्टि गर्ने
हामीसँग दृढ ऐतिहासिक
साक्षीहरू छन् ।
वास्तवमा चिहान रित्तो थियो
भनी ख्रीष्टियमतका शत्रुहरूले
पनि स्वीकार गरे
। देह कहाँ
गयो ? यदि तपाईंले
चेलाहरूलाई सोध्न पाउने हो
भने मृतकहरूबाट बौरी
उठ्नुभएको येशूलाई तिनीहरूले व्यक्तिगत
रूपमा भेटे भनी
तिनीहरूले भन्नेथ्ये ।
हामीले
सम्बन्धित स्रोतहरूलाई हेरेका छौँ
र हामीले जवाफदेही
ऐतिहासिक विधिको प्रयोग गरेका
छौँ । अब
हामीलाई चाहिएको कुरो उचित
परिणाम हो ।
यी साक्षीहरूको लागि
सर्वोत्कृष्ट व्याख्या के हो
? साक्षीमा आधारित यस पूर्वाग्रहरहित
अनुसन्धानकर्ताको निष्कर्ष यही हो
कि येशू वास्तवमै
मृतकहरूबाट बौरी उठ्नुभयो
। तपाईंचाहिँ के
भन्नुहुन्छ नि ?