येशू
गेतसमनीको बगैँचामा गिरफ्तार हुनुभएपछि
शुक्रबार बिहान ९ बजे
उहाँलाई क्रूसमा चढाइनुअगि उहाँले
६ ओटा न्यायिक
जाँचको सामना गर्नुभयो ।
अगिल्ला तिन ओटा
जाँच धार्मिक थिए
भने पछिल्ला तिन
ओटा जाँच कानुनी
थिए ।
१.
पहिलो जाँच— हन्नासको
सामु (यूहन्ना १८:१२–१४,
१९–२३)
येशूलाई
पक्रेपछि “पहिले तिनीहरूले उहाँलाई
हन्नासकहाँ लगे, जो
त्यस सालका प्रधान
पूजाहारी कैयाफाका ससुरा थिए”
(यूहन्ना १८:१३)
।
सिरियाका
हाकिम कुरेनियसले ख्रीष्टाब्द
६ मा हन्नासलाई
प्रधान पूजाहारीको रूपमा नियुक्त
गरेका थिए र
तिनी उक्त पदमा
ख्रीष्टाब्द १५ सम्म
रहे । यहूदी
व्यवस्थाअनुसार प्रधान पूजाहारीको पद
जीवनभरको लागि भए
तापनि शक्ति एउटै
व्यक्तिमा सिञ्चित हुने भएकोले
रोमीहरूले बारम्बार प्रधान पूजाहारी
परिवर्तन गर्थे । हन्नासपश्चात्
तिनका पाँचै जना
छोरा र तिनका
ज्वाइँ कैयाफा प्रधान पूजाहारी
बने । निश्चय
नै शक्ति हन्नासकै
हातमा थियो ।
त्यसैले त्यसबेला कैयाफा प्रधान
पूजाहारी भए तापनि
येशूलाई पहिले हन्नासकहाँ नै
लगियो ।
तिनले
येशूको प्रारम्भिक जाँच पडताल
गरे ।
२.
दोस्रो जाँच— कैयाफाको सामु
(मत्ती २६:५७–६८)
हन्नासले
येशूलाई प्रारम्भिक केरकार गरेपछि
उहाँलाई कैयाफाकहाँ पठाइयो, “येशूलाई
पक्रनेहरूले उहाँलाई प्रधान पूजाहारी
कैयाफाकहाँ लगे ।
त्यहाँ शास्त्रीहरू र धर्म–गुरुहरू भेला भएका
थिए” (मत्ती २६:५७) ।
कैयाफा
ख्रीष्टाब्द १८–३६
सम्म यहूदी प्रधान
पूजाहारी थिए ।
येशूको मृत्यु हुँदा तिनी
नै प्रधान पूजाहारी
थिए ।
येशूलाई
औपचारिक रूपमा महासभाको सामु
उभ्याउनुअगि कैयाफाले सामान्य सोधपुछ
मात्र गरे ।
३.
तेस्रो जाँच— महासभाको सामु
(लूका २२:६६–७१)
येशूका
अगिल्ला दुई ओटै
जाँच पडताल रातमा
भएको थियो जुन
अवैधानिक थिए ।
कुनै औपचारिक निर्णय
सुनाइएको थिएन ।
त्यसैले, बिहान उहाँलाई महासभाको
सामुन्ने उभ्याइयो, “उज्यालो हुनेबित्तिकै
भेला भएका जनताका
धर्म–गुरुहरू, मुख्य
पूजाहारीहरू र शास्त्रीहरू
दुवैले उहाँलाई आफ्नो महासभामा
लगे” (लूका २२:६६) ।
महासभा
सर्वोच्च अदालत थियो ।
महासभाले पारित गरेको निर्णय
व्यवस्था बन्थ्यो । अन्तिम
निर्णय गर्ने हक महासभालाई
नै थियो ।
महासभामा सत्तरी जना सदस्य
हुन्थे र प्रधान
पूजाहारी नै यसको
कार्यकारी अध्यक्ष हुन्थ्यो ।
महासभा
बिहान बस्न सक्दैनथ्यो
। तर तिनीहरूले
आफ्नै नियम उल्लङ्घन
गरी तिनीहरू बिहानै
जम्मा भए ।
तिनीहरूले येशूलाई ईश्वर–निन्दाको
दोष लगाए ।
तर रोमी हाकिमको
सहमतिविना तिनीहरूलाई कसैलाई मृत्युदण्ड
दिने अधिकार थिएन
। तसर्थ, येशू
तत्कालीन रोमी हाकिम
पिलातसकहाँ लगिनुभयो ।
४.
चौथो जाँच— पिलातसको
सामु (यूहन्ना १८:२८–३८)
यहूदीहरूको
धार्मिक अदालतमा येशूलाई केरकार
गरेपछि तिनीहरूले उहाँलाई रोमीहरूको
कानुनी अदालतमा लगे, “अनि
तिनीहरूले उहाँलाई बाँधेर लगे,
र हाकिम पिलातसकहाँ
सुम्पिदिए” (मत्ती २७:२)
।
पन्तियस
पिलातस यहूदियाका पाँचौँ हाकिम
थिए । सम्राट्
तिबेरिअसले तिनलाई ख्रीष्टाब्द २६
मा हाकिम नियुक्त
गरेका थिए जुन
पदमा तिनी ख्रीष्टाब्द
३६ सम्म रहे
।
यहूदीहरूले
येशूलाई जुन–जुन
अभियोग लगाएका थिए पिलातसको
बुझाइमा उहाँ तिनमा
दोषी हुनुहुन्थेन ।
त्यसैले, तिनले यहूदी अगुवाहरूलाई
भने, “म यी
मानिसमा केही दोष
भेट्टाउँदिनँ” (लूका २३:४) ।
अन्तमा येशू गालीलको
हुनुहुँदोरहेछ भन्ने बुझेर तिनले
उहाँलाई हेरोदकहाँ पठाइदिए ।
५.
पाँचौँ जाँच— हेरोदको सामु
(लूका २३:६–१२)
“अनि
उहाँ हेरोदको इलाकाका
मानिस रहेछन् भन्ने
थाहा पाएर पिलातसले
उहाँलाई हेरोदकहाँ पठाइदिए ।
ती दिनमा हेरोद
आफै पनि यरूशलेममा
थिए” (लूका २३:७) ।
यहाँ
उल्लिखित हेरोद हेराद महान्का
छोरा हेरोद एन्तिपास
हुन् । तिनले
नै बप्तिस्मा दिने
यूहन्नाको शिर कटाउन
लगाएका थिए ।
तिनले ख्रीष्टाब्द ६–३९ सम्म
गालील र पेरियामा
शासन गरेका थिए
।
हेरोदले
येशूलाई जादुगरको रूपमा हेरेका
थिए । त्यसैले
तिनले येशूबाट केही
चमत्कार गरेको हेर्न चाहन्थे
। तिनले येशूलाई
धेरै प्रश्नहरू सोधे
तर उहाँले केही
जवाफ दिनुभएन ।
अन्तत: तिनले येशूलाई पिलातसकहाँ
नै पठाइदिए ।
६.
छैटौँ जाँच— पिलातसको
सामु (यूहन्ना १८:३९–१९:६)
“हेरोदले
आफ्ना सिपाहीहरूसँग मिली
उहाँलाई तिरस्कारपूर्ण व्यवहार गरे, र
उहाँको गिल्ला गरे ।
त्यसपछि उहाँलाई रवाफिलो पोशाक
पहिराएर पिलातसकहाँ फर्काई पठाइदिए”
(लूका २३:११)
।
जाँच
पडतालको लागि येशू
दोस्रो पटक पिलातसकहाँ
ल्याइनुभयो । पिलातसको
दृष्टिकोणमा येशू निर्दोष
हुनुभए तापनि भिडले उहाँ
क्रूसमा टाँगिनैपर्छ भनी जिद्दी
गरेकोले तिनले उहाँलाई तिनीहरूको
हातमा सुम्पिदिए ।
यसरी
येशूले ६ ओटा
न्यायिक जाँचको सामना गर्नुभयो
अनि शुक्रबार बिहान
९ बजे उहाँ
क्रूसमा टाँगिनुभयो । उहाँले
६ घण्टा क्रूसमा
बिताउनुभएपछि दिउँसो ३ बजेतिर
आफ्नो प्राण त्याग
गर्नुभयो । उहाँको
मृत्यु संयोग थिएन ।
तर पूर्वयोजनामुताबिक उहाँ
सम्पूर्ण मानव–जातिको
निम्ति क्रूसमा टाँगिनुभएको थियो
।