येशू
क्रूसमा टाँगिनुहुँदा उहाँले आफ्नो मुखबाट
७ ओटा
वाणीहरू बोल्नुभएको थियो जुन
अत्यधिक महत्त्वपूर्ण छन् ।
उहाँका तिन ओटा
वाणीहरू (१, २
र ७) लूकाको
सुसमाचारमा मात्र पाइन्छन् भने
अर्का तिन ओटा
वाणीहरू यूहन्नाको सुसमाचारमा मात्र
पाइन्छन् (३, ५
र ६) ।
एउटा चाहिँ (४)
मत्ती (२७:४६)
र मर्कूस (१५:३४) दुवैमा
पाइन्छ । परम्परागत
रूपमा यी वाणीहरू
यसरी क्रमैसित राखिएका
छन् र तिनलाई
क्षमा, उद्धार, सम्बन्ध, त्याग,
दु:ख, विजय
र पुनर्मिलनको वाणी
भनिएको पाइन्छ ।
१. पहिलो—
क्षमाको
वाणी
(लूका
२३:३४)
येशूको
यो पहिलो वाणीलाई
क्षमाको वाणी भनिन्छ,
“हे पिता, यिनीहरूलाई
क्षमा गर्नुहोस्, किनकि
यिनीहरूले के गर्दैछन्
सो जान्दैनन्” (लूका
२३:३४) ।
रोमी सिपाहीहरूलगायत अन्य
जति पनि येशूलाई क्रूसमा टाँग्न
संलग्न थिए तिनीहरूलाई
क्षमा दिइयोस् भनी
येशूले पितासँग बिन्ती गर्नुभयो
। क्रूसमा उहाँलाई
घृणा गरिएको थियो;
इन्कार गरिएको थियो तर
त्यसको बदलामा येशूले प्रेम
र क्षमाजस्ता सद्गुणहरू
देखाउनुभयो ।
२. दोस्रो—
उद्धारको
वाणी
(लूका
२३:४३)
येशूको
दायाँ र बायाँ
क्रूसमा टाँगिएका दुई जना
डाँकुहरूमध्ये एक जनाले
येशू निर्दोष हुनुहुन्छ
भनी बतायो र
त्यसले उहाँसँग बिन्ती पनि
गर्यो,
“हे येशू, तपाईं
आफ्नो राज्यमा आउनुहुँदा
मलाई सम्झनुहोस् ।”
प्रत्युत्तरमा येशूले त्यसलाई भन्नुभयो,
“साँच्चै म तिमीलाई
भन्दछु, आजै तिमी
मसित स्वर्गलोकमा हुनेछौ”
(लूका २३:४३)
। येशूको यस
प्रतिज्ञालाई उद्धारको वाणीको रूपमा
चिनिन्छ । त्यस
अपराधीले आफूले अपेक्षा गरेभन्दा
बेसी नै पायो
र उद्धारमा सधैँ
यस्तै हुन्छ अर्थात्
हामीले पाउन सक्नेभन्दा
बेसी नै पाउँछौँ
।
३. तेस्रो—
सम्बन्धको
वाणी
(यूहन्ना
१९:२६–२७)
सम्बन्धको
वाणीको रूपमा चिनिएको यस
भनाइमा येशूले आफ्नी आमा
मरियमलाई प्रेरित यूहन्नाको जिम्मेवारीमा
सुम्पिदिनुभयो । उहाँले
भन्नुभयो, “नारी, हेर्नुहोस्, तपाईंको
छोरो ! ... हेर, तिम्री
आमा !” (यूहन्ना १९:२६–२७) ।
क्रूसमा येशू आफैले
दर्दनाक पीडा भोगिरहनुभए
तापनि उहाँ आफ्नी
आमाको हेरचाहप्रति चिन्तित
हुनुहुन्थ्यो । यसले
आमाप्रति भएको येशूको
प्रेम र वास्तालाई
छर्लङ्ग पार्छ ।
४. चौथो—
त्यागको
वाणी
(मत्ती
२७:४६)
क्रूसमा
येशू चिच्याउनुभयो, “‘इलोई,
इलोई, लामा सबखथनी
?’ अर्थात्, ‘हे मेरा
परमेश्वर, हे मेरा
परमेश्वर, तपाईंले मलाई किन
त्याग्नुभएको छ ?’” (मत्ती २७:४६) ।
त्यागको वाणीको रूपमा चिनिएको
यो मात्र एउटा
यस्तो भनाइ हो
जुन दुई ओटा
सुसमाचार (मत्ती र मर्कूस)
मा देखा पर्छ
। र, यो
भजनसंग्रह २२:१
को उद्धरण हो
। संसारको पाप
उठाई लैजान कहिल्यै
पाप नचिन्नुहुने पापसित
परिचित हुनुभयो । परिणामत:
पिताले केही समय
आफ्नो पिठिउँ फर्काउनुभयो
।
५. पाँचौँ—
दु:खको
वाणी
(यूहन्ना
१९:२८)
येशू
क्रूसमा टाँगिनुहुँदा उहाँले भन्नुभयो, “मलाई
तिर्खा लाग्यो” (यूहन्ना १९:२८) ।
यसलाई दु:खको
वाणीको रूपमा चिनिन्छ ।
येशूको यस वाणीमा
पुरानो करारको भविष्यवाणी पुरा
भएको थियो (भजनसंग्रह
६९:२१) ।
६. छैटौँ—
विजयको
वाणी
(यूहन्ना
१९:३०)
येशूले
भन्नुभयो, “अब सिद्धियो”
(यूहन्ना १९:३०)
। यसलाई विजयको
वाणीको रूपमा हेरिन्छ ।
यो येशूले पृथ्वीमा
गर्नुभएको सेवा–कार्यको
अन्त्यको घोषणा पनि हो
। मानव–जातिको
निम्ति उहाँले आफैलाई बलिदानको
रूपमा परमेश्वरमा अर्पण
गर्नुभयो ।
७. सातौँ—
पुनर्मिलनको
वाणी
(लूका
२३:४६)
यो
क्रूसमा येशूले भन्नुभएको आखिरी
वाणी हो, “हे
पिता, म मेरो
आत्मा तपाईंको हातमा
सुम्पन्छु” (लूका २३:४६) ।
पुनर्मिलनको वाणीको रूपमा परिचित
येशूको यो भनाइ
स्वर्गीय पितासित एक हुने
घोषणा हो ।