एक
जना जँड्याहा थियो
जसले आफूले कमाएको
पैसा जाँड रक्सीमा
उडाइदिन्थ्यो । उसले
आफ्नो परिवारलाई दुव्र्यवहार
गथ्र्यो । तर
एक दिन उसको
जीवनमा नाटकीय परिवर्तन देखा
पर्यो
। सडकको कुनै
एउटा कुनामा उसले
आफ्नो गवाही बाँड्दै
गर्दा उपहास गर्ने
एक जना शङ्कालु
मान्छेले परिवर्तित जँड्याहालाई यी
प्रश्नहरू सोध्यो, “येशू कहाँ
जन्मनुभयो ? उहाँको पिता को
हुनुहुन्थ्यो ? उहाँकी आमा को
हुनुहुन्थ्यो ? उहाँ कसरी
जिउनुहुन्थ्यो ?” परिवर्तित पियक्कड धर्मशास्त्रको
बारेमा अनभिज्ञ भए तापनि
उसले जवाफ फर्कायो,
“त्यस बारेमा मलाई
केही थाहा छैन
। तर मलाई
योचाहिँ पक्का थाहा छ
कि केही हप्ताअगि
मात्र मेरी पत्नी
बेखुसी थिइन्; मेरा छोराछोरी
खाँचोमा थिए र
तिनीहरूले मलाई घृणा
गर्थे र मेरो
आफ्नै ह्दय व्याकुल
थियो । त्यस
पछि मैले मुक्ति
पाएँ र अहिले
हरेक कुरो बद्लेको
छ । मेरी
पत्नी खुसी छे;
मेरा छोराछोरीले मलाई
माया गर्छन्; र
मैले ह्दयमा आनन्दको
अनुभूति गरेको छु ।
र, मलाई थाहा
छ कि यी
सबै काम येशूले
नै गर्नुभयो ।”