menu bar

Thursday, March 26, 2015

उत्तर कोरियाका कर्नेल हुपले येशूमाथि विश्वास गरे



डा. वर्थ वर्ली तिनकी पत्नी मिसनरी बनेर दक्षिण कोरिया गए त्यस देशको तेइगु नामक सहरको कुनै एउटा निर्माणधीन घरमा डा. वर्लीले प्रचार गरिरहँदा तिनको वचनबाट प्रभावित भई केही मानिसहरूले येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाता प्रभुको रूपमा स्वीकार गरे येशूलाई अङ्गाल्नेहरूमध्ये एक जना थिएकर्नेल किम चाङ्ग हुप सङ्गति गर्ने क्रममा डा. वर्लीले पछि थाहा पाए कि येशूलाई स्वीकार गर्ने कर्नेल हुप उत्तर कोरियाका बासिन्दा पो रहेछन्

वास्तवमा कथा यस्तो भएको रहेछ कर्नेल जासुस थिए जस्तो देखिन्छ जो दक्षिण कोरियाका तत्कालीन राष्ट्रपति पार्क चुङ्ग हेको शिर काट्न भनेर दक्षिण कोरियामा आउँदा पक्राउ परेका थिए कर्नेल हुप जासुसहरूका अगुवा थिए पक्राउ परेपछि दक्षिण कोरियाको जेलमा तिनले धेरै वर्ष बिताए तिनले येशू ख्रीष्टको बारेमा उदेकको कथा सुनेर उहाँलाई विश्वास गरेका थिए पछि तिनी जेलमुक्त भए अनि तिनले बप्तिस्मा लिए तिनी मण्डलीमा विश्वासयोग्य विश्वासी बने भूतपूर्व साम्यवादी जासुसलाई काम पाउन ती दिनमा मुaश्किल थियो त्यसैले, डा. वर्लीले हुपलाई मण्डलीको हेरचाह गर्ने जिम्मा दिए यसरी तिनी देशको कर्नेलबाट ख्रीष्टको राजदूत बने     

Leave Your Comments Here.