menu bar

Tuesday, March 17, 2015

विभिन्न धर्महरूको दृष्टिकोणमा येशू



यस ब्लगमार्फत विगत पाँच दिनमा विभिन्न धर्महरूले येशूप्रति कस्तो दृष्टिकोण बनाएका छन् भनी हामीले सरसरती हेर्यौँ खास गरी हामीले पाँच ओटा धर्मले येशूप्रति बनाएको तिनीहरूको दृष्टिकोणलाई हेरेका छौँ ती धर्म हुन्इस्लाम, हिन्दु, बुद्ध, यहूदी बहाइ त्यसको निरन्तरतालाई यस आलेखमार्फत बिट मार्न चाहन्छौँ हामी   

संसारको दोस्रो ठुलो धर्म इस्लामको दृष्टिकोणमा येशू साँचो अगमवक्ता, मसीह, आश्चर्यकर्म गर्नुहुने जन, बुद्धिमान् शिक्षक पापरहित व्यक्तित्व हुनुहुन्छ उहाँ कन्याबाट जन्मनुभयो, उहाँको बारेमा भविष्यावाणी गरिएको थियो उहाँ फेरि आउनुहुनेछ

तेस्रो ठुलो धर्म भनेर चिनिने हिन्दु धर्मअनुसार येशू साधु वा पवित्र मानिस, बुद्धिमान् शिक्षक, नैतिकवान् व्यक्तित्व ईश्वरहुनुहुन्छ

नेपालमा जन्मेका गौतम बुद्धद्वारा स्थापित बुद्ध धर्मको दृष्टिमा येशू ज्ञानोदय प्राप्त व्यक्ति, बुद्धिमान् शिक्षक पवित्र मान्छे हुनुहुन्छ

ख्रीष्टियमतलाई जन्म दिने यहूदी धर्मको हेराइमा येशू मरियमका पुत्र, लोकप्रिय शिक्षक, आदरणीय व्यक्तित्व आश्चर्यकर्म गर्नुहुने जन हुनुहुन्छ उहाँले आफू मसीह भनी हुँ भनी दाबी गर्नुभयो; उहाँ क्रूसमा टाँगिनुभयो; उहाँका चेलाहरूले उहाँ मृतकहरूबाट बौरी उठ्नुभयो भनी प्रचार गरे भन्ने कुरामा तिनीहरू विश्वास गर्छन्

उन्नाइसौँ शताब्दीमा आरम्भ भएको बहाइ धर्मअनुसार येशू परमेश्वरको अवतार आश्चर्यकर्म गर्नुहुने जन हुनुहुन्छ उहाँमा मानवीय ईश्वरीय दुवै स्वभाव थियो उहाँ कन्याबाट जन्मनुभयो अनि उहाँ पापको निम्ति क्रूसमा मर्नुभयो अनि बौरी उठ्नुभयो

येशूप्रति यी धार्मिक दृष्टिकोणहरूलाई नियाल्दा प्रस्ट कि येशूका अनुयायीहरूले मात्र उहाँलाई पुजेका छैनन् तर अन्य धर्मका अनुयायीहरूले पनि उहाँलाई निकै आदर व्यक्त गर्दछन् संसारका झण्डै साँढे पाँच अरब मानिसहरूले उहाँको बारेमा केही केही सकारात्मक दृष्टिकोण बनाएका छन् उहाँ मात्र यस्तो धार्मिक संस्थापक हुनुहुन्छ जसलाई संसारका अन्य मुख्य धर्महरूले उच्च स्थान दिएका छन् संसारका अन्य कुनै धार्मिक, राजनीतिकसाथै सामाजिक अगुवाहरूप्रति यति ठुलो श्रद्धा व्यक्ति गरिएको इतिहास छैन येशू फरक हुनुहुन्छ किन ? किनकि यस ग्रहमा बाँच्ने सारा मानिसहरूमध्ये उहाँ मात्रै यस्तो व्यक्तित्व हुनुहुन्छ जसले आफू परमेश्वरको पुत्र हुँ भनी संसारका अधिकांश मानिसहरूलाई विश्वास दिलाउनुभयो परमेश्वर हुँ भन्ने आफ्नो दाबीलाई पापरहित जीवन, पुरा भएका भविष्यवाणीहरू आफ्नो शारीरिक पुनरुत्थानबाट पुष्टि पनि  गरिदिनुभयो

               
               




Leave Your Comments Here.