menu bar

Thursday, March 12, 2015

इस्लाम धर्मअनुसार येशूको तस्बिर


संसारको दोस्रो ठुलो धर्म होइस्लाम पहिलो ख्रीष्टियान हो संसारका ५२ ओटा देशहरूमा बाहुल्यता रहेको इस्लाम धर्मका अनुयायीहरू खास गरी एसिया अफ्रिकामा बस्दछन् अपरेसन वल्र्ड (२०१०) को तथ्याङ्कअनुसार संसारको जम्मा जनसङ्ख्याको झण्डै २३% (करिब अरब ५८ करोड) मानिसहरूले यस धर्मलाई अङ्गाल्छन् इस्लाम धर्मको अनुयायीलाई मुसलमान भनिन्छ यसको धर्मशास्त्रको नाउँ कुरान हो इन्डोनेसिया सबैभन्दा बढी मुस्लिमहरू भएको राष्ट्र हो मोहमदद्वारा स्थापित इस्लाम धर्म ख्रीष्टाब्द सातौँ शताब्दीको पूर्वाद्र्धमा अरबमा आरम्भ भएको थियो इस्लाम धर्ममाथि येशूको व्यापक प्रभाव परेको यस धर्मले येशूलाई उल्लेखनीय व्यक्तित्वको रूपमा पहिचान गरेको कुरानमा येशूलाई ईसा भनिएको

कुरानमा येशूको नाउँ पच्चिस पटक उल्लेख गरिएको जब कि मोहम्मदको नाउँ केवल चार पटक कुरानले येशूलाई परमेश्वरको सन्देशवाहक अर्थात् अगमवक्ता मसीहको रूपमा परिचित गराएको तर परमेश्वरका पुत्रको रूपमा भने होइन येशू कन्या मरियमबाट जन्मनुभएको थियो भन्ने बाइबलिय विवरणसित मुस्लिमहरू सहमत छन्   

मृतकहरूलाई बौरी उठाउने, अन्धाहरूलाई दृष्टि दिने अनि कुष्ठरोगीहरूलाई निको पार्नेजस्ता आश्चर्यकर्महरू गर्न येशू सक्षम हुनुहुन्थ्यो भनी कुरानले प्रस्ट पार्छ पुरानो करारमा मसीहको बारेमा भएका भविष्यवाणीहरू येशूको जीवनमा पुरा  भएकाले उहाँ परमेश्वरबाट आउनुभएको वचन हुनुहुन्थ्यो भनी कुरानले उल्लेख गर्छ

मुस्लिमहरूको बिचमा उहाँको मृत्युको सम्बन्धमा बेग्लाबेग्लै धारणहरू भए तापनि उहाँको स्वर्गारोहणलाई भनी तिनीहरू स्वीकार गर्छन् इस्लाम धर्मअनुसार येशू शारीरिक रूपमा स्वर्ग जानुभयो अहिले उहाँ जीवितै हुनुहुन्छ

येशू ख्रीष्ट फेरि यस धरतीमा आउनुहुनेछ भनी इस्लाम धर्मले सिकाउँछ पाप, अन्याय भ्रष्टताले संसार भरिएको बेलामा ख्रीष्टविरोधीलाई पराजित गर्न उहाँ यस संसारमा आउनुहुनेछ

यसरी, मुस्लिम धर्मको दृष्टिकोणमा येशू साँचो अगमवक्ता, मसीह, आश्चर्यकर्म गर्नुहुने जन, बुद्धिमान् शिक्षक पापरहित व्यक्तित्व हुनुहुन्छ उहाँ कन्याबाट जन्मनुभयो, उहाँको बारेमा भविष्यावाणी गरिएको थियो उहाँ फेरि आउनुहुनेछ

Leave Your Comments Here.