यो
उन्नाइसौँ शताब्दी उत्तराद्र्धको प्रसङ्ग
हो । एक
जना इमान्दार ख्रीष्टियान
केटोले रोजगारी पाए ।
तिनलाई त्यो काम
मन परेको थिएन
। तर आफूले
चाहेको अर्को नोकरी नपाउञ्जेल
तिनले प्रभुको निम्ति
भनेर तिनी काममा
इमान्दारसाथ लागिरहे ।
आफैलाई
भविष्यमा ख्रीष्टियान सेवाको निम्ति
तयार पार्न तिनले
कागजको टुक्रामा यी सङ्कल्पहरू
लेखे, “हे परमेश्वर,
म प्रतिज्ञा गर्दछु
कि म बिहान
सबेरै उठ्नेछु— कम
से कम पाँच
मिनेट व्यक्तिगत प्रार्थनामा
बिताउन । विनम्र,
भलादमी र ख्रीष्टको
जोसिलो अनुयायीको रूपमा आफैलाई
हिँडाउन म सक्दो
प्रयत्न गर्नेछु । गम्भीर
साक्षी र चेताउनीद्वारा
मानिसहरूको अमरणशील आत्माको आवश्यकताबारे
तिनीहरूले सोच्नुपर्छ भन्ने कुरातर्फ
म मानिसहरूलाई डोर्याउन
प्रयास गर्नेछु । अबदेखि
उसो परमेश्वरको वचनबाट
हरेक दिन कम्तीमा
४ अध्याय पढ्ने
अठोट गर्दछु ।
म आफूमा आत्मसंयमको
आत्मा सृजना गर्नेछु
अनि संसारको मुक्तिदाताको
प्रेमप्रति आफैलाई एक कैदी
बनाउनेछु ।”
ती
जवान व्यक्ति अरू
कोही नभएर विलियम
बुथ थिए जसले
आफ्नो जीवनको पछिल्लो
घडीमा हजारौँ मानिसहरूलाई
प्रभु येशूतर्फ डोर्याए
। तिनी नै
साल्भेसन
आर्मी
नामक संस्थाका संस्थापक
हुन् जुन ख्रीष्टियान
संस्था हो ।
१२६ ओटा मुलुकहरूमा
आफ्नो सेवाको पाल
तन्काएको यस संस्थाले
परोपकारसम्बन्धी काम गर्दछ
।