विद्वान्साथै
रक्षाशास्त्री आर. सी.
स्प्रौललाई एक पटक
सोधियो, “ख्रीष्टियान परमेश्वर र
अन्य ईश्वरहरूको बिचमा
के भिन्नता छ
?” तिनले सामान्य तवरले तर
विद्वतापूर्वक जवाफ दिए,
“मुख्य भिन्नता यही हो—
ख्रीष्टियमतको परमेश्वर अस्तित्वमा हुनुहुन्छ
।”
आर. सी.
स्प्रौल,
ईश्वरशास्त्री,
लेखकसाथै
पास्टर
परमेश्वर
कि अस्तित्वमा हुनुहुन्छ
कि भने हुनुहुन्न
। ... परमेश्वर हुनुहुन्छ
भन्ने बाजीको समर्थनमा
लाभ र हानिलाई
जोखौँ । ... तपाईंले
जित्नुभयो भने तपाईंले
हरेक कुरो जित्नुहुन्छ
र हार्नुभयो भने
तपाईंले केही पनि
गुमाउनुहुन्न । त्यसो
हो भने उहाँको
अस्तित्वको समर्थनमा जुवा खेल्न
नहिच्किचाउनुस् ।
ब्लाइज पास्कल,
फ्रान्सेली
वैज्ञानिकसाथै
ईश्वरशास्त्री
परमेश्वरमाथि
विश्वास गर्न बाइबलले
मानिसहरूलाई उत्साह दिन्छ ।
अभाग्यवश: धेरै मानिसहरूले
विश्वासलाई अन्धकारमा गरिने विवेकहीन
छलाङ वा मनको
चाहको रूपमा हेर्छन्
। तर बाइबलले
अपेक्षा गरेको विश्वास विवेकशील
विश्वास हो ।
यो न विवेकहीन
न त अन्धो
छ । बाइबलिय
विश्वास त परमेश्वरमाथि
भरोसा गर्नु हो
जो हाम्रो विश्वासको
योग्य हुनुहुन्छ ।
कुनै व्यक्तिले बाइबलको
परमेश्वरमाथि विश्वास गर्दा उसले
आफ्नो विवेकलाई त्याग्नुपर्छ
भनी उसलाई बिन्ती
गरिएको छैन ।
डन स्टेवार्ट
आफ्नो
अस्तित्व देखाउनलाई परमेश्वरले गर्नुभएको
सबैभन्दा आश्चर्यपूर्ण कुरो भनेको
उहाँ स्वर्ग र
पृथ्वीबिचको पर्दालाई छिचोलेर मानिसको
रूपमा हाम्रै बिचमा
जिउन आउनु हो
।
स्यु बोहलिन
यो
अनौठो देखिन्छ होला
तर मेरो विचारमा
धर्मले भन्दा विज्ञानले परमेश्वरतर्फ
निश्चयतर मार्ग उपलब्ध गराउँछ
।
पावल डेभिस,
भौतिकशास्त्री
विज्ञानबारे
केही नजान्ने सिकारुले
मात्र विज्ञानले विश्वासलाई
हटाउँछ भनी बताउँछ
। तर तपाईंले
विज्ञानलाई वास्तवमै अध्ययन गर्नुभयो
भने यसले तपाईंलाई
परमेश्वरको नजिक–नजिक
लैजान्छ ।
जेम्स टुर,
वैज्ञानिक
विश्वको
एउटा उद्देश्य छ
भनी म भन्छु
। यो अकस्मात्
भएको होइन ।
रोजर पेनरोज,
गणितज्ञसाथै
लेखक
विश्वसाथै
मेरो जीवनमा म
परमेश्वरको आवश्यकता देख्दछु ।
आर्थुर एल.
स्काओ,
भौतिकशास्त्रमा
नोबेल
पुरस्कार
विजेता
जब
मानिसहरूले परमेश्वरमाथि विश्वास गर्न छाड्छन्
तब तिनीहरूले कुनै
कुरामाथि विश्वास गर्दैनन्, तिनीहरूले
जुनसुकै कुरामाथि विश्वास गर्छन्
।
जी. के.
खेस्टर्टोन,
ख्रीष्टियान
रक्षाशास्त्री,
दार्शनिकसाथै
ईश्वरशास्त्री
परमेश्वर
अस्तित्वमा हुनुहुन्छ भनी कसैले
प्रमाणित गर्न सक्दैन
। केवल साक्षीहरू
पेस गर्न सकिन्छन्
। त्यो कुरो
मैले पहिले नै
सिकेको थिएँ ।
म पहिलो पटक
ख्रीष्टियान हुने मार्गमा
हिँड्दै गर्दा परमेश्वर वास्तविक
हुनुहुन्छ भनी मेरा
मित्रहरूलाई विश्वास दिलाउनमा मैले
ज्यादै रुचि देखाएँ
। हामी कहिलेकाहीँ
यस विषयमा छलफल
गर्दै उँड्थ्यौँ ।
तिनीहरूका परस्पर विरोधी अभिव्यक्तिहरूलाई
सहँदा तिनले ममा
पिरोल्ने आशङ्काहरू उत्पन्न गराए
। यो यति
खराब भइसकेको थियो
कि झण्डै मैले
मेरो मार्गलाई नै
त्यागिदिएँ । तर
थकाइ लाग्ने गरी
पुरै विषयलाई प्रक्रियागत
ढङ्गमा अध्ययन गरेपछि परमेश्वर
अस्तित्वमा हुनुहुन्छ भन्ने कुरोलाई
मैले मैले कोसिस
गरेर पनि इन्कार
गर्न सकिनँ ।
त्यहाँ विश्वास थियो र
मैले यसलाई हल्लाउन
सकिनँ ।
फ्रयाङ्क भाइला