स्कटल्यान्डका
दुई जना मिसनरीहरू
सुसमाचार लिएर दक्षिण
प्रशान्त क्षेत्रमा पर्ने न्यु
हेब्रिडेस (हाल भानुआटु)
नाउँ गरेको टापुमा
गए । तर
दुर्भाग्यवश: तिनीहरू पुगेकै दिनमा
मान्छेको मासु खाने
त्यहाँका आदिवासीहरूले दुवै जनालाई
खाइदिए । त्यस
दु:खदायी घटनाको
कारणले गर्दा मिसनरीहरूलाई त्यहाँ
जान मुश्किल पर्यो
।
तर
जोन जी. पाटोन
नाउँ गरेका स्कटल्यान्डकै
अर्का मिसनरीले ती
आदिवासीहरूको बिचमा जाने साहस
गरे । मण्डलीका
जान्नेसुन्नेहरूले तिनलाई निरुत्साही पारी
जानदेखि रोक्न खोजे तापनि
तिनी आफ्नो दर्शनप्रति
अडिग रहे ।
जोनलाई त्यहाँका आदिवासीहरूले खाइदिने
थिए भनी एक
जना वृद्धले चेताउनी
दिए । तर
तिनको जवाफ थियो,
“म विश्वास गर्दछु
कि प्रभु येशूको
सेवा गर्दा मेरो
मृत्यु भयो भने
मेरो मृत्यु आदिवासीहरूले
खाएर होस् या
किराले खाएर होस्
त्यसले मलाई केही
पनि फरक पार्दैन
। त्यस महान्
दिनमा पुनरुत्थान हुनुभएका
हाम्रा मुक्तिदाताको जस्तै शरीर मैले
पनि पाउनेछु जस्तो
तपाईंले पाउनुहुनेछ ।” त्यसपछि
ख्रीष्टाब्द १९५८ मा
तिनी त्यस ठाउँमा
येशूको सुसमाचार लिएर गए
।
जोनले
निकै सङ्घर्ष गर्नुपर्यो
। तथापि परमेश्वर
तिनको साथमा हुनुहुन्थ्यो
। परिणाम स्वरूप
पन्ध्र वर्षभित्रमा भानुआटुमा अवस्थित
अनिवा नाउँ गरेको
टापुका झण्डै सबै मानिसहरूले
प्रभु येशूमाथि विश्वास
गरे ।
के
यो क्रूरभन्दा क्रूर
मानिसहरूलाई बदल्न सक्ने येशूको
सुसमाचारको प्रस्ट शक्ति होइन
र ?