menu bar

Saturday, March 21, 2015

केटाकेटीहरूलाई सानै उमेरदेखि धार्मिक शिक्षा नदिँदाको नतिजा



अठारौँ शताब्दीको उत्तराद्र्धमा जन्मेका समुएल कोलरिज अङ्ग्रेज कवि, साहित्यिक समालोचकसाथै दार्शनिक थिए इङ्गल्यान्डमा तिनले नै स्वच्छन्दतावादी अभियानलाई जन्म दिएका थिए

एक जना मान्छेसित तिनको बातचित हुँदा उसले कोलरिजलाई भनेका थिए, “हामीले केटाकेटीहरूलाई पटक्कै धार्मिक शिक्षा दिनुहुँदैन बच्चाहरूको समझलाई कुनै पनि क्षेत्रतर्फ अगुवाइ गरिनुहुँदैन; जब तिनीहरू बढ्दै जान्छन् कुनचाहिँ धर्म छनौट गर्ने भन्ने अनुमति तिनीहरू आफैलाई दिइएको हुनुपर्छ भन्ने उसको दाबी रहेको थियो

कोलरिजले त्यो मान्छेसित वादविवाद गर्न चाहेनन् केही समय बितेपछि तिनले उसलाई आफ्नो बगैँचा हेर्न निम्तो दिए जहाँ केवल झारपात उम्रेको थियो छक्क पर्दै उसले कोलरिजलाई भन्यो, “यो बगैँचा होइन, यहाँ केवल झारपात उम्रेका छन् !”

त्यसपछि कोलरिजले जवाफ दिए, “बगैँचाको स्वतन्त्रतामाथि मैले हस्तक्षेप गर्न चाहिनँ मैले बगैँचालाई आफ्नै तरिकाले हुर्कने स्वतन्त्रता दिएँ अहिले परिणाम झारपात मात्र उम्रेको




Leave Your Comments Here.