उन्नाइसौँ
शताब्दीको उत्तराद्र्धमा अमेरिकामा जन्मेका समुएल
ब्रेन्जल साल्भेसन आर्मी
नामक ख्रीष्टियान संस्थामा
कमिस्नर (संस्थाको द्वितीय उच्चतम
पद) थिए ।
एउटा जागृति सभामा
किशोर अवस्थामा नै
प्रभु येशूलाई अङ्गालेका
ब्रेन्जल पवित्रताको अभियानमा निकै
परिचित लेखक, शिक्षकसाथै प्रचारक
हुन् । तिनका
प्रसिद्ध कृतिहरूमध्ये हेल्प्स टु
होलिनेस
(अर्थात् पवित्रताका सहायताहरू) एक
हो जसलाई नेपाली
भाषामा पनि अनुवाद
गरिएको छ ।
यो किताब जन्मनुको
पछाडि एउटा रोचक
कथा छ ।
ब्रेन्जल
हिँड्दै गर्दा केही मानिसहरूले
तिनको टाउकोमा एउटा
इँट प्रहार गरे
। तिनीहरूको आशय
खराब नभए तापनि
ब्रेन्जल झण्डै मरेका थिए
। तिनलाई निको
हुन अठार महिना
लाग्यो । त्यही
चोटग्रस्त अवस्थामा तिनले एउटा
पुस्तक लेखे जसको
नाउँ हो— पवित्रताका सहायताहरू । यसका
हजारौँ प्रतिहरू छापिएका छन्
।
ब्रेन्जल
निको भएपछि तिनले
फेरि प्रचार गर्न
थाले । तिनको
त्यस पुस्तकप्रति मानिसहरूले
प्राय: आभार व्यक्त
गर्थे । तर
तिनले यसरी जवाफ
दिन्थे, “त्यो सानो
इँट नभइदिएको भए
यो सानो पुस्तक
जन्मिदैनथ्यो ।” तिनकी
पत्नीले त्यस इँटलाई
जोगाइराखिन् जसमा उत्पत्ति
५०:२० का
वचनहरू खोपिएका थिए, “तिमीहरूले
मेरो विरुद्धमा हानि
गर्ने विचार गरेका
थियौ, तर परमेश्वरले
त्यही कामद्वारा भलाइ
गर्ने विचार गर्नुभयो,
ताकि जसरी आज
भइरहेको छ त्यसरी
नै धेरै जना
मानिसहरू बाँचिरहून् ।”