menu bar

Monday, March 23, 2015

प्रार्थनाको शक्तिद्वारा सम्भाव्य दुर्घटनाबाट जहाजको छुटकारा



हाम्रो छिमेकी मुलुक चीनमा मिसनरी भई जाने परमेश्वरका महान् दास हुन्, हडसन टेलर तिनले स्थापना गरेको चाइना इनल्यान्ड मिसनद्वारा हजारौँ मानिसहरूले प्रभुलाई पाएका छन् उन्नाइसौँ शताब्दीको पूर्वाद्र्धमा इङ्गल्यान्डमा जन्मेका टेलर सुसमाचार प्रचारको निम्ति अति नै जोसिला थिए

हडसन टेलर आफ्नो सुसमाचारीय कार्यलाई सुरु गर्न पानी जहाजद्वारा चीनतर्फ यात्रा गर्दै थिए तर बतासको आगमन नभएकोले जहाज ठुलो सङ्कष्टमा परेको थियो सामुद्रिक धारले जहाजलाई पानीभित्र डुबेको एउटा चट्टानतर्फ लैजाँदै थियो जुन मान्छेको मासु खाने आदिवासी जाति बसोबास गर्ने क्षेत्र नजिकै थियो त्यो यति नजिकै थियो कि ती हिंसक मानिसहरूले तटमा आगो बालेको प्रस्टै देखिन्थ्यो नाविकहरूले जहाजलाई त्यतातिर नजान दिन हर सम्भाव्य प्रयास गरे तापिन ती सबै व्यर्थ भए त्यसपछि के भएको थियो भन्ने सम्बन्धमा टेलरले आफ्नो जर्नल (दैनिक अभिलेख) मा लेखेका छन्, “कप्तानले मलाई भने, ‘हामीले गर्न सक्ने सबै गरिसक्यौँ मेरो मनमा एउटा विचार उत्पन्न भयो अनि मैले जवाफ दिएँ, ‘एउटा कुरो जुन हामीले अझै गरेका छैनौँ ’ ‘के हो त्यो ?’, तिनले जान्न चाहे जहाजमा भएकाहरूमध्ये हामी चार जना ख्रीष्टियान छौँ हामी चार जना आफ्नो क्याबिनमा गएर मन्द बतासको आगमनको लागि प्रार्थना गर्छौं ’”

टेलरले केही समय प्रार्थनामा बिताए परमेश्वरले उत्तर दिँदै हुनुहुन्छ भन्ने कुरामा तिनी निर्धक्क भए परमेश्वरले तिनको प्रार्थना सुन्नुभयो केही मिनेट बित्न नपाउँदै बतासको आगमन हुन थाल्यो तिनीहरू सम्भाव्य दुर्घटनाबाट बचे सुरक्षितसाथ आफ्नो गन्तव्यमा पुगे टेलरले लेखेका छन्, “यसरी सुरक्षितसाथ चीनको तटमा पुग्नअगि नै परमेश्वरले मलाई उत्साह दिनुभयो

Leave Your Comments Here.