छैटौँ
शताब्दी ख्रीष्टपूर्वमा नेपालमा जन्मेका गौतम
बुद्धले यस धर्मको
सुरुआत गरेका थिए ।
अपरेसन
वल्र्ड
(२०१०) बमोजिम यस धर्ममा
संसारको जम्मा जनसङ्ख्याको झण्डै
७% (करिब ४७
करोड) अनुयायी रहेको
छ । यस
धर्ममा पनि हिन्दु
धर्ममा झैँ विभिन्न
परम्परा, विश्वास र अभ्यासहरू
पाइन्छन् । यसका
अनुयायीहरू मूलत: एसिया महादेशमा
बस्दछन् । संसारको
१४ ओटा देशमा
यस धर्मको बाहुल्यता
रहेको छ ।
अधिकांश
बौद्ध धर्मावलम्बीहरूले येशूलाई
ज्ञानोदय प्राप्त व्यक्तिको रूपमा
आदर गर्छन् ।
उहाँले बलिदानपूर्ण जीवन जिउनुभयो
र आत्मिक खाँचोमा
परेकाहरूलाई टिठ्याउनुभयो भन्ने तिनीहरूको ठम्याइ
रहेको छ । जीवनको खुसी र
ज्ञानोदय प्राप्तिको लागि यस्तो
दयाको खाँचो पर्छ
भनी तिनीहरू विश्वास
गर्छन् । बुद्धका
अनुयायीहरूको दृष्टिमा येशू एक
बुद्धिमान् शिक्षक हुनुहुन्थ्यो ।
दयासम्बन्धी येशूको शिक्षाले दलाई
लामालाई निकै प्रभाव
पारेको थियो ।
चौधौँ दलाई लामा
तेन्जिन ग्यात्सोजस्ता बौद्ध धर्मावलम्बीहरूले येशूलाई
बोधिसत्भा (आफ्नो जीवन अरूहरूको
सेवा र भलाइको
लागि समर्पित गर्ने
व्यक्ति) को रूपमा
हेरे ।
वर्तमान
दलाई लामाले येशूलाई
प्राय: “पवित्र मान्छे” को
रूपमा उल्लेख गर्छन्
। यस्ता मानिसहरूको
सूचीमा उहाँको नाउँलाई समावेश
गर्छन् । यी
दुई पात्रहरू (येशू
र बुद्ध) को
विषयमा छलफल गर्दा
लामाले बुद्धलाई माथि उचाल्दैनन्
। २१ औँ
शताब्दीको प्रारम्भमा दलाई लामाले
पोपसँग भेटघाट गरे र
येशू ख्रीष्टको शिक्षा
र व्यक्तित्वको लागि
असीम श्रद्धा व्यक्त
गरे । तर
बौद्ध धर्मावलम्बीहरू येशूलाई
“ईश्वर” को रूपमा
भने पुज्दैनन् ।
यसरी
बौद्ध धर्मावलम्बीहरूको दृष्टिमा
येशू ज्ञानोदय प्राप्त
व्यक्ति, बुद्धिमान् शिक्षक र
पवित्र मान्छे हुनुहुन्थ्यो ।