राजदरबारमा
काम गर्ने एक
जना रुसी महिला
कर्मचारीले प्रभु येशूलाई आफ्नो
मुक्तिदाता भनेर स्वीकार
गरिन् । उनले
आफ्नो विश्वासलाई लुकाइनन्
बरु खुलेर गवाही
दिइन् । जार
अर्थात् रुसी बादशाह
बेखुसी भए र
तिनले ती महिलालाई
झ्यालखानामा हालिदिए । उनले
२४ घण्टा ज्यादै
कष्टप्रद अवस्थामा बिताइन् ।
त्यसपछि उनलाई बादशाहको उपस्थितिमा
हाजिर गराइयो ।
तिरस्कार झल्कने हाँसोसहित बादशाहले
भने, “अब त
तिम्रो बेकुफ विश्वासलाई इन्कार
गरी दरबारको सुखसयलमा
आउन राजी छ्यौ
होला नि ?”
तर
ती महिलाले मुस्कुराउँदै
शान्त भएर बादशाहलाई
नै छक्क पार्ने
जवाफ दिइन्, “जारको
दरबारमा जीवनभर सेवा गर्दा
भन्दा येशूसित एक
दिन झ्यालखानामा बिताउँदा
मैले वास्तविक आनन्द
र खुसीको महसुस
गरेकी छु ।”
येशूले दिने साँचो
शान्तिलाई उनले झ्यालखानामा
पनि अनुभव गर्न
सकिन् जस्तो येशूले
आफ्ना चेलाहरूलाई प्रतिज्ञा
गर्नुभएको थियो, “शान्ति म
तिमीहरूसँग छोडिराख्छु । म आफ्नो शान्ति तिमीहरूलाई
दिन्छु । संसारले
दिएजस्तो म तिमीहरूलाई
दिँदिनँ । तिमीहरूको
ह्दय व्याकुल नहोस्
र भयभीत नहोस्”
(यूहन्ना १४:२७)
।