जुन
समयमा येशू यस
धरतीमा मानवीय चोलामा बाँच्नुभयो
त्यस बेलाको यहूदी
व्यवस्थामा लेखिएको थियो, “व्यवस्थाका
वचनहरू नारीहरूलाई सुम्पनुभन्दा बरु
ती जलाइऊन् ।
... कुनै पुरुषले उसकी छोरीलाई
व्यवस्था सिकाउँछ भने त्यो
उसलाई कामुकता सिकाएजस्तै
हो ।” स्त्रीहरूलाई
कतिसम्म तल खसालिएको
थियो भनी अर्को
वाक्यले प्रस्ट पार्छ, “सबै
कुरामा नारी पुरुषभन्दा
निम्न स्तरकी हुन्छे
।” येशूको समयमा
यहूदी पुरुषले यसरी
प्रार्थना गथ्र्यो, “परमेश्वरलाई स्तुति
होस् कि उहाँले
मलाई अन्यजाति बनाउनुभएन;
परमेश्वरलाई स्तुति होस् कि
उहाँले मलाई नारी
बनाउनुभएन; परमेश्वरलाई स्तुति होस्
कि उहाँले मलाई
अबुझ बनाउनुभएन ।”
अर्को ठाउँमा लेखिएको
छ, “छोरा हुनेहरू
सौभाग्यका हुन् तर
छोरी हुनेहरू अशुभ
हुन् । ... छोरोको
जन्ममा सबै प्रसन्न
हुन्छन्, तर छोरीको
जन्ममा सबै खिन्न
हुन्छन् । ... जब छोरो
संसारमा जन्मन्छ तब संसारमा
शान्ति आउँछ, तर जब
छोरी जन्मन्छे केही
पनि आउँदैन ।”
येशू
यस संसारमा हुनुहुँदा
तत्कालीन समाजले नारीहरूप्रति कस्तो
अमानवीय दृष्टिकोण राखेको रहेछ
भनी माथिका यी
केही भनाइहरूले प्रस्ट
पार्छन् । नारीलाई
व्यक्तिको रूपमा होइन, सम्पत्तिको
रूपमा हेरिन्थ्यो ।
सार्वजनिक धार्मिक जीवनबाट सबै
नारीहरू वञ्चित थिए ।
कुनै पनि कारणले
पतिले आफ्नी पत्नीलाई
सम्बन्धविच्छेद गर्न सक्थ्यो
। तर कुनै
पनि आधारमा पत्नीले
सक्दिनथी । नारीसँग
धेरै बोल्नेको भाग्य
अन्त्यमा नरक हुन्छ
भनी सिकाइन्थ्यो ।
नारीहरू घरमा बस्नुपथ्र्यो,
तिनीहरूले घुम्टोले अनुहार ढाक्नुपथ्र्यो
र पुरुषहरूसँग बसेर
खान पाउँदैनथ्ये ।
चाडपर्वमा सहभागी हुनु तिनीहरूको
उत्तरदायित्व थिएन ।
नारीहरूलाई साधारणत: शिक्षा दिईंदैनथ्यो
। यसरी समाज
र धर्म दुवै
क्षेत्रमा यहूदी पुरुषहरूले स्त्रीहरूको
भूमिकालाई कठोरतापूर्वक सीमित गरेका थिए
।
यस्तै
समाजमा दुई हजार
वर्षअगि येशू जन्म
लिई आउनुभयो ।
नारीहरूको सम्बन्धमा उहाँ एक
क्रान्तिकारी (आमूल परिवर्तनका
लागि समाजमा उथलपुथल
ल्याउनुहुने) व्यक्तित्व हुनुहुन्थ्यो ।
नारीहरूप्रति उहाँका शिक्षा र
क्रियाकलापहरूले व्यवस्थाका तत्कालीन अगुवाहरूलाई
क्रोधित तुल्याए । उहाँको
कदम अभूतपूर्व थियो
। येशू ख्रीष्ट
नारीहरूको पक्षमा वकालत गर्नुहुने
एक सशक्त अगुवा
हुनुहुन्थ्यो । उहाँ
पुरुषहरूको संसारमा बाँच्नुभए तापनि
स्त्री र पुरुष
समान् छन् भनी
सिकाउनुभयो जुन यहूदी
सांस्कृतिक मान्यताको विपरीत थियो
। येशू मानव–जातिको मुक्तिको लागि
मात्र जन्मनुभएन तर
समाजमा विद्यमान लैङ्गिक विभेदका
पर्खालहरू चकनाचुर पार्न पनि
आउनुभयो । उहाँको
आदर सबै थरीका
नारीहरूप्रति फैलिएको थियो जुन
उहाँको समय र
संस्कृतिमा अनपेक्षित थियो ।
उहाँको पुस्ता र संस्कृतिका
पुरुषहरूको विपरीत उहाँले सिकाउनुभयो
कि पुरुष र
स्त्री परमेश्वरको दृष्टिमा समान
छन् । स्त्रीहरूले
पनि परमेश्वरको क्षमा
र अनुग्रह पाउन
सक्छन् । परमेश्वरको
राज्य बिस्तारको लागि
नारीहरू पनि पूर्ण
रूपमा सहभागी हुन
सक्छन् । येशूका
यी शिक्षाहरू क्रान्तिकारी
थिए जसले अन्य
व्यक्तिहरूलाई मात्र होइन, स्वयम्
येशूका चेलाहरूलाई स्तब्ध पार्यो
।
बाइबलको
नयाँ करारबाट एउटा
उदाहरणलाई हेरौँ । यूहन्ना
४ अध्यायमा सामरी
स्त्री र येशूको
वार्तालापको वर्णन गरिएको छ
। तिनी सामाजिक
दृष्टिकोणबाट मात्र नभई जातिय
दृष्टिकोणबाट पनि अपहेलित
थिइन् । तिनी
एक अनैतिक सामरी
स्त्री थिइन् । कडा
सांस्कृतिक मूल्य मान्यताको विपरीत
एउटा पुरुषलाई जस्तै
येशूले तिनलाई आदर गर्नुभयो
। उहाँ यहूदी
जातिको हुनुभएकोले उहाँलाई सामरीसँग
बोल्ने अनुमति थिएन ।
उहाँ पुरुष हुनुभएकोले
उहाँ स्त्रीसँग सार्वजनिक
रूपमा बोल्नु हुँदैनथ्यो
। उहाँ शिक्षक
हुनुभएकोले उहाँले स्त्रीलाई ईश्वरशास्त्र
सिकाउनु हुँदैनथ्यो । तर
येशूले ती सामरी
स्त्रीलाई
ईश्वरशास्त्रको
बारेमा
सार्वजनिक
रूपमा
सिकाउनुभयो । यस
वार्तामा येशूले जानाजानी तिन
ओटा सांस्कृतिक निषेधाज्ञाको
बेवास्ता गर्नुभयो । सामरी
स्त्रीसँग भएको येशूको
बातचितबाट अन्य क्रान्तिकारी
कदमहरू पनि उदाङ्गो
भएका छन् ।
एकान्तस्थानमा एउटा व्यक्तिसँग
भएको येशूको यो
वार्तालाप सबैभन्दा लामो कुराकानी
हो । त्यो
पनि नारीसँग ! उहाँ
एउटा मुख्य अगुवा
हुनुभए तापनि एउटी सामान्य
स्त्रीसँग बातचितको लागि आफ्नो
महत्त्वपूर्ण समय बिताउनुभयो
। परमेश्वर आत्मा
हुनुहुन्छ भन्ने सत्यतासाथै आफू
मसीह भएको यथार्थता
पनि येशूले तिनलाई
नै प्रकट गराउनुभयो
। यस कुराकानीले
तारिफ गर्न योग्य
नतिजा लिएर आएको
छ । तिनी
महिला प्रचारक बनिन्
र तिनले पुरुष
र स्त्रीहरू दुवैलाई
सुसमाचार सुनाइन् । तिनको
गवाहीको परिणाम स्वरूप तिनको
गाउँका धेरै सामारीहरूले
येशूमाथि विश्वास गरे ।
तत्कालीन
समाजमा नारीहरू ज्यादै हेपिएका,
चेपिएका उत्पीडन वर्गमध्येमा पथ्र्ये
। तर तिनीहरूसँगको
भेटघाट, बातचितले येशूले तत्कालीन
समाजमा नारीप्रति भएको दृष्टिकोणमा
परिवर्तन ल्याउन चाहनुभएको तथ्य
प्रस्ट हुन्छ । उहाँ
सुधारात्मक परिवर्तन ल्याउने व्यक्तित्व
हुनुहुन्थ्यो ।