menu bar

Monday, March 30, 2015

पहिलो गुड फ्राइडेमा घटेका ८ ओटा घटनाहरू



चार ओटै सुसमाचारले येशूको क्रूसारोहण वरिपरिको दृश्यलाई महत्त्वकासाथ अभिलिखित गरेका छन् येशूको मृत्युलाई सम्झेर गुड फ्राइडे मनाइन्छ हामी यहाँ पहिलो गुड फ्राइडेमा भएका ओटा घटनाहरूलाई सङ्क्षिप्त रूपमा केलाउनेछौँ ती घटनाहरू यहाँ क्रमैसँग राखिएका छन्

. येशू गेतसमनीको बगैँचामा गिरफ्तार हुनुभयो (मत्ती २६:३६५६)
येशू आफ्ना चेलाहरूसँगै गेतसमनीको बगैँचामा प्रार्थना गर्दै हुनुहुन्थ्यो यहूदा इस्करियोतको नेतृत्वमा एउटा ठुलो भिड तरवार लाठा लिएर उहाँलाई पक्रन आयो शुक्रबारको दिन बिहान लगभग बजेतिर येशू गिरफ्तार हुनुभयो   

. येशूको जाँच पडताल गरियो (यूहन्ना १८:१९२४; मत्ती २६:५७)
गिरफ्तारपश्चात् येशू प्रधान पूजाहारी कैयाफाका ससुरा हन्नासकहाँ लगिनुभयो खासै परिणाम नआएपछि कैयाफा उपस्थित महासभामा उहाँलाई सोधपुछ गरियो येशूको विरुद्धमा विभिन्न अभियोगहरू लगाइएकोले त्यसको छिनोफानो गर्न उहाँ विभिन्न धार्मिकसाथै राजनीतिक अधिकारीहरूकहाँ उभ्याइनुभयो   

. येशूलाई मृत्युदण्ड तोकियो (मत्ती २७:११२६)
अन्तत: बिहान हुन लाग्दा येशूलाई फेरि रोमी हाकिम पन्तियस पिलातसकहाँ ल्याइयो उहाँलाई तिन ओटा अभियोग लागेको थियो: () राष्ट्रलाई बहकाउने, () कैसरलाई कर नतिर्ने () आफूलाई राजा हुँ भनी दाबी गर्ने (लूका २३:) पिलातसले येशूलाई केरकार गरिसकेपछि उहाँमा कुनै दोष नभेट्टाएको घोषणा गरे (लूका २३:१४) तर भिडको जिद्दीको कारणले केही सिप नलागेपछि तिनले येशूलाई क्रूसमा टाँगिन तिनीहरूका हातमा सुम्पिदिए   

. येशूलाई गलगथा लगियो (मत्ती २७:३२३४)
आफ्नै क्रूसारोहणको लागि येशूले आफ्नो क्रूस आफै बोक्नुभयो जसमा सिमोन कुरेनीले पनि उहाँलाई क्रूस बोक्न मद्दत गरेको थियो उहाँलाई मृत्युदण्ड दिइने क्षेत्र अर्थात् यरूशलेमको पर्खालबाहिर अवस्थित गलगथा भन्ने ठाउँमा ल्याइयो   

. येशूलाई क्रूसमा टाँगियो (मर्कूस १५:२५)
गलगथामा दुई जना डाँकुहरूसँगै येशूलाई क्रूसमा झुण्ड्याइयो येशूको क्रूसमाथि एउटा दोषपत्र पनि टाँसिएको थियो जसमा लेखिएको थियो, “नासरतका येशू, यहूदीहरूको राजा येशू क्रूसमा टाँगिनुहुँदा बिहानको बजेको थियो   

. येशूको मृत्युमा केही असाधारण घटनाहरू देखा परे (मत्ती २७:५१५३)
येशूको मृत्यु हुँदा तिन ओटा अनौठा घटनाहरू भए: () मन्दिरको पर्दा टुप्पादेखि फेदसम्म दुई भाग भएर च्यातियो, () एउटा ठुलो भूकम्प गयो () चिहानहरू उघारिए सुतिगएका धेरै सन्तहरूका मृत शरीर जीवित भई उठे  

. येशूको मृत्यु भयो (लूका २३:४६)
ठुलो सोरले कराएर येशूले भन्नुभयो, “हे पिता, मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु” (लूका २३:४६) यति भनिसकेपछि उहाँले आफ्नो प्राण त्याग गर्नुभयो घण्टासम्म येशूले क्रूसमा दर्दनाक दु: भोग्नुभएपछि दिउँसो बजेतिर उहाँको मृत्यु भएको थियो  

. येशूको मृत शरीरलाई दफन गरियो (लूका २३:५०५२)
येशूको मृत शरीरलाई दफन गर्न पाऊँ भनी अरिमाथियाका योसेफले पिलातसलाई बिन्ती गरे महासभाका सदस्य योसेफ असल धार्मिक मानिस थिए येशूलाई तिनले आफ्नो निम्ति तयार पारेको चिहानमा राखे । त्यही साँझ बज्नुभन्दा अगावै उहाँको दफन गरिएको थियो  



Leave Your Comments Here.