उन्नाइसौँ
शताब्दीमा जन्मेका एफ. बी.
मेएर इङ्गल्यान्डका पास्टरसाथै
प्रचारक थिए ।
पानी जहाजले एटलान्टिक
महासागर पार गर्दै
थियो । जहाजका
कप्तानले मेएरलाई पहिलो तहका
यात्रुहरूको बिचमा एउटा वचन
तोड्न आग्रह गर्यो
। कप्तानको अनुरोधनमा
पास्टरले “उत्तर प्राप्त प्रार्थना”
शीर्षकमा वचन बोले
।
स्रोताको
रूपमा एक जना
अज्ञेयवादी पनि उपस्थित
थियो । परमेश्वर
हुनुहुन्छ या हुनुहुन्न
भनी थाहा छैन
भन्ने दृष्टिकोणलाई अङ्गाल्ने
व्यक्तिलाई अज्ञेयवादी भनिन्छ ।
उसका साथीहरूले उसलाई
सोध्यो, “डा. मेएरको
प्रवचनको विषयमा तपाईंको के
राय छ ?” अज्ञेयवादीले
जवाफ दियो, “उहाँले
भन्नुभएको एउटै वचनमा
पनि मेरो विश्वास
छैन ।”
त्यही
दिन दिउँसो डा.
मेएर चौथो तहका
यात्रुहरूको बिचमा पनि वचन
बाँड्न गए ।
बिहान सुन्नेहरूमध्ये धेरैले
तिनलाई पछ्याएका थिए ।
त्यो अज्ञेयवादी पनि
पास्टरको वचन सुन्नलाई
पछि लाग्दै थियो
जसले वक्तालाई बकबकेको
संज्ञा दिएको थियो ।
सेवाको
थालनीअगि अज्ञेयवादीले आफ्नो गोजीमा दुई
ओटा सुन्तला हाल्यो
। जाँदै गर्दा
उसले बाटोमा एक
जना महिलालाई सुतिरहेको
भेट्टायो जसका हत्केलाहरू
खुला थिए ।
ठट्टा गर्ने उद्देश्यले
उसले महिलाको हत्केलामा
ती दुई ओटै
सुन्तला राखिदियो । सङ्गति
सकिएपछि महिलाले एउटा सुन्तलालाई
मजाले खाइरहेको भेट्टायो
उसले । मुस्कुराउँदै
उसले महिलालाई भन्यो,
“तपाईंले निकै मिठो
मान्दै सुन्तला खाँदै हुनुहुन्छ
जस्तो छ ।”
“हो
नि”, महिलाले उत्तर
दिई, “मेरा पिता
मप्रति निकै जाती
हुनुहुन्छ ।”
“तपाईंका
पिता ? पक्कै पनि तपाईंका
पिता जीवित भएको
हुन सक्दैन”, छक्क पर्दै
उसले प्रतिक्रिया जनायो
।
“परमेश्वरको
महिमा भएको होस्
। उहाँ जीवित
हुनुहुन्छ”, महिलाले जवाफ दिई
।
“तपाईंको
भनाइको मतलब के
हो ?” अज्ञेयवादीले जान्न
चाह्यो ।
त्यसपछि महिलाले व्याख्या गरी,
“यो सामुद्रिक यात्रामा
मलाई कैयौँ दिनसम्म
वाकवाकी लागिरहेको थियो ।
मलाई सुन्तला पठाइदिनुस्
भनी मैले परमेश्वरलाई
बिन्ती चढाएको थिएँ ।
मलाई लाग्छ, प्रार्थना
गर्दागर्दै म निदाएँ
। जब म
ब्युँझेँ, मलाई उहाँले
एउटा मात्र नभएर
दुई ओटा सुन्तला
पठाइदिनुभएछ !”
अज्ञेयवादी
अवाक् भयो ।
पछि उसले येशू
ख्रीष्टमाथि विश्वास गर्यो ।