येशूको
मृत्युको सम्झना गरी मनाइने
उत्सव नै गुड
फ्राइडे हो ।
यो इस्टर सन्डेअगिको
शुक्रबार हो ।
बाइबलको पुरानो करारमा सयौँ
वर्ष पहिले नै
येशूको मृत्यु वरिपरिको दृश्यबारे
दर्जनौँ भविष्यवाणीहरू गरिएका थिए ।
यस आलेखमा हामी
पहिलो गुड फ्राइडेको
दिनमा पुरा भएका
दस ओटा भविष्यवाणीहरूलाई
सरसरती हेर्नेछौँ ।
१. आफ्नै
मित्रले
उहाँलाई
धोका
दिनेथियो
(मत्ती
२६:४९)
।
येशूका
१२ जना चेलाहरूमध्ये
एक जनाको नाउँ
यहूदा इस्करियोत थियो
। त्यसले
येशूलाई धोका दिएर
पक्राउ गराइदिँदा (मत्ती २६:४७–५०)
परमेश्वरले एक हजार
वर्षअगि दाऊदको मुखबाट बोल्नुभएको
वचन पुरा भएको
थियो (भजनसंग्रह ४१:९) ।
२. उहाँ
चाँदीका
तिस
सिक्कामा
बेचिनुहुनेथियो
(मत्ती
२६:१५)
।
आफ्नो
गुरुलाई पक्राउ गराइदिन यहूदा
इस्करियोतले मूख्य पूजाहारीहरूको हातबाट
चाँदीका तिस सिक्का
लिएको थियो, “‘यदि
मैले उहाँलाई तपाईंहरूका
हातमा पक्राइदिएँ भने,
मलाई के दिनुहुन्छ
?’ तिनीहरूले त्यसलाई चाँदीका तीस
सिक्का दिए” (मत्ती २६:१५) ।
येशू तिस सिक्कामा
बेचिनुहुँदा पाँच सय
वर्षअगि जकरिया अगमवक्ताले भनेको
भविष्यवाणी पुरा भएको
थियो (जकरिया ११:१२) ।
३. आफ्नै
चेलाहरूले
उहाँलाई
छाड्नेथिए
(मर्कूस
१४:५०)
।
गेतसमनीको
बगैँचामा येशूको गिरफ्तार हुँदा
सबै चेलाहरू उहाँलाई
छाडेर भागे (मर्कूस
१४:५०) ।
यसो हुँदा जकरिया
अगमवक्ताको भविष्यवाणी पुरा भएको
थियो (जकरिया १३:७) ।
४. उहाँलाई
गिल्ला
गरिनेथियो
(मत्ती
२७:२९)
।
येशूलाई
कसरी अपमान गरिएको
थियो भनी मत्ती
लेख्छन्, “तिनीहरूले काँढाको मुकुट
गाँथेर उहाँको शिरमा लगाइदिए,
र उहाँको सामु
घुँडा टेकेर उहाँलाई
यसो भन्दै उहाँको
गिल्ला गरे, ‘हे यहूदीहरूका
राजा, प्रणाम’” (मत्ती
२७:२९) ।
उहाँलाई गिल्ला गरिनेथियो भन्ने
सयौँ वर्ष पहिलेको
भविष्यवाणी येशूको जीवनमा आएर
पुरा भयो (भजनसंग्रह
२२:७–८)
।
५. उहाँ
डाँकुहरूसितै
झुण्ड्याइनुहुनेथियो
(मत्ती
२७:३८)
।
मसीहको
दु:खको विषयमा
भविष्यवाणी गर्दै येशूको आगमनभन्दा
सात सय वर्षअगि
यशैया अगमवक्ताले भनेका
थिए, “ऊ अपराधीहरूको
गन्तीमा गनियो” (यशैया ५३:१२) ।
येशू दुई जना
डाँकुहरूको बिचमा क्रूसमा टाँगिनुहुँदा
यो भविष्यवाणी पुरा
भएको थियो (मत्ती
२७:३८) ।
६. उहाँको
वस्त्रको
लागि
चिट्ठा
हालिनेथियो (यूहन्ना १९:२३–२४)
।
चौथो
सुसमाचारका लेखक यूहन्ना
अभिलिखित गर्छन्, “यसकारण तिनीहरूले
आपसमा भने, ‘योचाहिँ
नच्यातौं, तर यो
कसको हुने हो
भनी चिट्ठा हालौं
।’ धर्मशास्त्र पूरा
होस् भनेर नै
यो भएको थियो:
‘तिनीहरूले मेरो वस्त्र
आफू–आफूमा बाँडे,
र बाहिरी वस्त्रमा
चाहिँ चिट्ठा हाले’”
(यूहन्ना १९:२४)
। सिपाहीहरूले उहाँको
वस्त्रको लागि चिट्ठा
हाल्दा दाऊदले भनेको वचन
पुरा भएको थियो
(भजनसंग्रह २२:१८) ।
७. त्यागिएकोले
उहाँ
चिच्याउनुहुनेथियो
(मत्ती
२७:४६)
।
दिउँसो
तिन बजेतिर येशूले
प्राण त्याग गर्न
लाग्नुहुँदा उहाँ ठुलो
सोरले कराउनुभयो, “‘इलोई,
इलोई, लामा सबखथनी
?’ अर्थात्, ‘हे मेरा
परमेश्वर, हे मेरा
परमेश्वर, तपाईंले मलाई किन
त्याग्नुभएको छ ?’” (मत्ती २७:४६) ।
उहाँ त्यसरी चिच्याउनुहुँदा
दाऊदको मुखबाट निस्केको भविष्यवाणी
पुरा भएको थियो
(भजनसंग्रह २२:१)
।
८. उहाँको
कुनै
हड्डी
भाँचिदैनथ्यो
(यूहन्ना
१९:३३)
।
कसैलाई
चाँडै नै मृत्युको
मुखमा पुर्याउनुथियो भने त्यसको
खुट्टा भाँच्ने चलन थियो
। सिपाहीहरूले येशूसँगै
क्रूसमा टाँगिएका दुवै जना
डाँकुहरूको खुट्टा भाँचे तापनि
येशू मरिसक्नुभएको देखेर
तिनीहरूले उहाँको खुट्टा भाँचेनन्
। त्यसो हुँदा
“उहाँको कुनै पनि
हड्डी भाँचिनेछैन” भन्ने
धर्मशास्त्रको वचन (भजनसंग्रह
३४:२०) पुरा
भयो (यूहन्ना १९:३२–३७)
।
९. उहाँको
कोखामा
भालाले
रोपिनेथियो
(यूहन्ना
१९:३४)
।
येशू
क्रूसमा टाँगिनुहुँदा उहाँको कोखामा भालाले
रोपिएको थियो (यूहन्ना १९:३४) ।
त्यसो हुँदा उहाँलाई
भालाले घोचिनेथियो भन्ने जकरियाको
भविष्यवाणी पुरा भयो
(जकरिया १२:१०)
।
१०. उहाँ
धनी
मानिसको
चिहानमा
गाडिनुहुनेथियो
(मत्ती
२७:५७–६०)
।
येशूलाई
जुन चिहानमा दफन
गरियो त्यो उहाँको
आफ्नो थिएन ।
योसेफ नाउँ गरेका
धनी मानिसको चिहानमा
उहाँलाई दफन गरिँदा
(मत्ती २७:५७–६०) यशैयाको
भविष्यवाणी पुरा भएको
थियो (यशैया ५३:९) ।
यसरी,
एकै दिनमा येशूको
जीवनमा यी दस
ओटा भविष्यवाणीहरू पुरा
भए । एकातिर,
यसले येशू सबै
धार्मिक अगुवाहरूभन्दा पृथक् हुनुहुन्छ भनी
पुष्टि गर्छ भने
अर्कोतिर उहाँ स्वर्गबाट
ओर्लीआउनुभएको परमेश्वरको पुत्र हुनुहुन्छ
भनी प्रमाणित गर्छ
। पुरा भएका
भविष्यवाणीहरू उहाँको पहिचानको पुष्टि
गर्ने एउटा प्रबल
साक्षी हो ।