मेरो
लागि परमेश्वरलाई पत्ता
लगाउनु चस्मालाई पत्ता लगाउनुजस्तै
थियो जसले वस्तुहरूलाई
अझै प्रस्ट रूपमा
देख्न मलाई मद्दत
गर्यो
। विश्वासले यथार्थताको
अझै ठुलो तस्बिरलाई
प्रस्तुत गर्दछ । यसले
मलाई अर्थ मात्र
दिँदैन तर यसले
मेरो बारेमा पनि
अर्थ दिन्छ ।
अलिस्टर म्याकग्रेथ,
ईश्वरशास्त्री,
वैज्ञानिकसाथै
रक्षाशास्त्री
अगस्टिनले
प्रकाशको बारेमा बताउँदा तिनले
बाइबलिय प्रकाशको बारेमा मात्रै
बताइरहेका छैनन् । “सामान्य”
वा “प्राकृतिक” प्रकाशको
बारेमा पनि तिनको
सरोकार रहेको छ । धर्मशास्त्रमा भएका सत्यताहरू
मात्रै परमेश्वरको प्रकाशमा आश्रित
छैनन् तर वैज्ञानिक
सत्यतालगायत सम्पूर्ण सत्यता ईश्वरीय
प्रकाशमा आश्रित छन् । त्यसकारण,
सम्भव भएसम्म धेरै
कुराहरूको बारेमा सिक्न अगस्टिनले
विद्यार्थीहरूलाई हौसला दिन्थे ।
तिनको लागि सम्पूर्ण
सत्यता परमेश्वरका सत्यता हुन्
र कसैले सत्यतासित
जम्काभेट गर्दा उसले परमेश्वरको
सत्यतासित जम्काभेट गर्छ ।
आर. सी.
स्प्रौल,
ईश्वरशास्त्री,
लेखकसाथै
पास्टर
ख्रीष्टियानको
रूपमा हामीले एउटा
महान् आश्चर्यकर्मलाई स्वीकार
गर्नुपर्छ । त्यो
हो परमेश्वर अनि
हरेक कुरोको अर्थ
छ । एउटा
नास्तिकले परमेश्वरलाई इन्कार गर्छ
अनि अन्य हरेक
कुरोको लागि उसले
आश्चर्यकर्मलाई अङ्गाल्नुपर्छ ।
जोन माकार्थुर,
पास्टरसाथै
लेखक
जब
तपाईंले विश्वको उत्पत्तिसम्बन्धी सिद्धान्त,
भौतिकशास्त्र, खगोल विज्ञान,
जीवविज्ञान आदिबाट उपलब्ध सबैभन्दा
नवीन सकारात्मक सबै
साक्षीहरूलाई विश्लेषण गर्नुहुन्छ ... तब
प्रज्ञावान् रचनाकारको पक्षमा गरिने
सकारात्मक तर्क पूर्णत:
विश्वसनीय बन्छ ।
जोनाथान वेल्स
चेतना
(परमेश्वर) विना यो
विश्वको संरचनाको उदय भएको
हो भनेर विश्वास
गर्नुभन्दा बरु म
लेजेन्ड, ताल्मुड र कुरआनका
दन्त्यकथाहरूमाथि विश्वास गर्दछु ।
फ्रान्सिस बेकन,
दार्शनिक,
वैज्ञानिकसाथै
लेखक
म
नहिच्किचाइ भन्छु कि कम
से कम उनान्सय
प्रतिशत खगोलविद्हरू विश्व अन्धो
नियमको परिणाम नभई एउटा
महान् चेतनाद्वारा नियन्त्रित
छ भन्ने निष्कर्षमा
पुगेका छन् ।
निश्चय नै तर
बिस्तारै महान् विचारकहरूको समझ
सृष्टिकर्तासाथै प्रबन्धक परमेश्वरतर्फ फर्कंदै
छ ।
सी. ए.
चान्ट,
भौतिकशास्त्रका
प्राध्यापक
यो
अचम्म लाग्न सक्ला
तर कुनै पनि
कुरो अस्तित्वमा नहुनुको
साटो किन केही
कुरो अस्तित्वमा छ
भन्ने प्रश्नको लागि
सबैभन्दा सम्भाव्य उत्तर परमेश्वर
अस्तित्वमा हुनुहुन्छ भन्ने नै
हो ।
विलियम लेन
क्र्याग,
ख्रीष्टियान
रक्षाशास्त्री,
दार्शनिकसाथै
लेखक
भनिन्छ,
फ्रेडरिक महान्ले एक पटक
तिनका निजी डाक्टर
जिम्मरमानलाई तिन [जिम्मरमान] ले
परमेश्वरको अस्तित्वको लागि पूर्णत:
निश्चित प्रमाण दिन सक्छन्
कि सक्दैनन् भनेर
सोध्दा तिनले सङ्क्षिप्त उत्तर
दिए, “महामहिम, यहूदीहरू
!”
कार्ल बार्थ,
ईश्वरशास्त्री