१०
मार्च १७४८ को
रात थियो ।
पानी जहाज आफ्नै
गतिले समुद्रमा अगाडि
बढ्दै गर्दा एउटा
प्रचण्ड आँधी आयो
। “जहाज डुब्न
लाग्यो !” भन्ने हताशपूर्ण चिच्च्याहट
आयो । बिहानसम्ममा
तुफान केही हदसम्म
मत्थर भए तापनि
नाविकहरूले बाँच्ने आशा गुमाइसकेका
थिए । अझै
केही दिनसम्म खराब
मौसम जारी रह्यो
यद्यपि जहाज भने
समुद्रमा तैरिरहेको थियो ।
तिनीहरू कहाँ थिए
भन्ने तिनीहरूलाई अत्तोपत्तो
थिएन र खाना
आगामी सात दिनको
लागि मात्र पर्याप्त
थियो ।
उक्त
जहाजमा आफ्नो जीवन पापको
सागरमा डुबाएका भयानक ईश्वर–निन्दक पनि थिए
जसको नाउँ हो—
जोन न्युटन ।
तिनले जीवनमा यति
धेरै पाप गरेका
थिए कि तिनको
बुझाइमा त्यसको क्षमा हुनै
सक्दैनथ्यो । जहाजको
पतवारमा घण्टौँ बिताउँदै तिनले
आफ्नो विगतलाई सम्झे
। आफ्नो बाल्यकालमा
तिनले ख्रीष्टियान शिक्षाको
बारेमा केही सिकेको
भए तापनि तिनले
जीवन दिने ती
शिक्षाहरूलाई लत्याएका थिए ।
बाँच्ने
कुनै उपाय नदेखेपछि
तिनले उही येशूलाई
सम्झन पुगे जसको
तिनले उपहास गरेका
थिए, “हे प्रभु,
ममाथि दया गर्नुहोस्
।” परमेश्वरले न्युटनको
क्रन्दनलाई सुन्नुभयो अनि मृत्युको
मुखबाट तिनलाई बचाउनुभयो ।
तिनी शारीरिक रूपमा
मात्र बाँचेनन् तर
आत्मिक रूपमा पनि ।
परमेश्वर अनुग्रहको अपार खानी
हुनुहुन्छ भन्ने तथ्य जोन
न्युटनको परिवर्तनबाट छर्लङ्ग हुन्छ
। बाँकी जीवनभरि
मार्च १० को
दिनलाई तिनले आफ्नो वार्षिकोत्सवको
रूपमा मनाए ।
पछिका
दिनहरूमा न्युटनको जीवनमा नाटकीय
परिवर्तन देखियो । तिनी
प्रखर ख्रीष्टियान वक्ता,
कवि र विश्वविख्यात
भजन लेखक बने
। ख्रीष्टाब्द १८०७
मा ब्रिटिस सरकारले
दास प्रथालाई कानुनबाट
निर्मूलन गर्दा दास प्रथाको
विरुद्धमा तिनले निकालेको पर्चाले
उल्लेखनीय भूमिका खेलेको थियो
।
यसरी
एक पटकको विधर्मी,
ईश्वर–निन्दक, दासदासीहरू
ओसार्ने जहाजको कप्तान ख्रीष्टियान
भइसकेपछि महान् प्रचारक, भजन
लेखकसाथै दासप्रथा उन्मूलनको पक्षपोषक
बने ।