menu bar

Sunday, March 15, 2015

यहूदी धर्मको दृष्टिमा येशू



ख्रीष्टियमतलाई जन्म दिने धर्म होयहूदी धर्म करिब १४ करोड अनुयायीहरू भएको यस धर्मलाई अङ्गाल्नेहरू मूलत: इस्राएलमा बस्छन् यद्यपि सतावटको कारणले गर्दा यिनीहरू संसारैभरि छरपष्ट भएका थिए

येशूको मरियम नाम गरेको आमा हुनुहुन्थ्यो भनी प्राचीन यहूदीहरूले विश्वास गर्थे प्राचीनसाथै आधुनिक दुवै थरीका यहूदीहरूले येशूलाई रब्बी लोकप्रिय शिक्षकको रूपमा अङ्गाल्छन् तर तिनीहरूले उहाँलाई पुरानो करारमा प्रतिज्ञा गरिएको मसीहको रूपमा भने स्वीकार गर्दैनन्

येशूका चेलाहरू थिए भनी तिनीहरू मानिलिन्छन् पहिलो दोस्रो शताब्दीको यहूदी साहित्यमा येशूको बारेमा केही नकारात्मक दृष्टिकोण पाइएको भए तापनि उहाँका वैरीहरूले पनि उहाँको आदर गर्थे

येशूसँग अलौकिक शक्ति थियो उहाँले आश्चर्यकर्महरू गर्नुभयो भनी तिनीहरू स्वीकार गर्छन् तर शक्तिको स्रोतको सम्बन्धमा नयाँ करारको अवधारणासित तिनीहरू राजी छैनन् तिनीहरूले येशूलाई मसीहको रूपमा इन्कार गरे तापनि उहाँले यस्तो दाबी गर्नुभयो भन्ने कुरामा भने तिनीहरू सहमत छन् येशूको पुनरुत्थानलाई इन्कार गरिए तापनि उहाँ क्रूसमा चढाइनुभएको थियो भन्ने बाइबलिय विवरणसित यहूदीहरू सहमत छन्

यसरी, यहूदी दृष्टिकोणमा येशू मरियमका पुत्र, लोकप्रिय शिक्षक, आदरणीय व्यक्तित्व आश्चर्यकर्म गर्नुहुने जन हुनुहुन्छ उहाँले आफू मसीह भनी हुँ भनी दाबी गर्नुभयो, उहाँ क्रूसमा टाँगिनुभयो, उहाँका चेलाहरूले उहाँ मृतकहरूबाट बौरी उठ्नुभयो भनी प्रचार गरे भन्ने कुरामा तिनीहरू विश्वास गर्छन्

Leave Your Comments Here.