menu bar

Wednesday, March 4, 2015

साधु सुन्दर सिंह: भारतका सन्त पावल



१४ वर्ष पुगेपछि आफूलाई औधी प्रेम गर्ने आमाको निधन भयो आमाको देहान्तले तिनको जीवनमा अन्धकारको बाढी ल्यायो तिनका दिनहरू निराशामा बित्न थाले तिनले उज्ज्वल भविष्यको कल्पना गर्न सकेनन् तिनले आमाविनाको जीवनमा बाँच्नुको अर्थ भेट्टाएनन् ख्रीष्टियान मिसनरीहरूलाई सताई तिनले आफ्नो निराशालाई दूर गर्ने प्रयास गरे तिनले ख्रीष्टियान विश्वास अङ्गाल्ने मानिसहरूको खेदो गरे; तिनीहरूका विश्वासलाई खिल्ली उडाए बाइबललाई सार्वजनिक रूपमा जलाइदिए तरै पनि निराशाले तिनलाई छाडेनन् परिणाम स्वरूप तिनले आत्महत्या गर्ने योजना बनाए तर आत्महत्या गर्ने तिनको कोसिसमा येशू तिनीकहाँ प्रकट हुनुभयो तिनले एउटै मार्ग येशूलाई चिन्ने मौका पाए तिनले आफ्नो जीवन उहाँमा सुम्पे अनि तिनी येशूको विशेष चेला बने तिनी थिएसाधु सुन्दर सिंह  

सेप्टेम्बर १८८९ मा साधु सुन्दर सिंहको जन्म उत्तरी भारतको पन्जाबमा अवस्थित रामपुर भन्ने गाउँमा भएको थियो तिनको परिवारले सिख धर्मलाई मान्थ्यो एकेश्वरवादमा विश्वास गर्ने यस धर्मलाई पन्ध्रौँ शताब्दीमा गुरु नानकले स्थापना गरेका थिए

तर येशूको प्रकटीकरणले उहाँ नै साँचो मुक्तिदाता हुनुहुन्छ भनी सुन्दरलाई विश्वास दिलायो तर तिनी सिख धर्ममा जन्मेकाले ख्रीष्टियान धर्मलाई अङ्गाल्नु भनेको गद्दारी थियो दर्शनमा आफूले येशू ख्रीष्टलाई भेटेको उहाँको आवाज सुनेको कुरो तिनले पिता शेर सिंहलाई बताए आफूले सदाको निम्ति ख्रीष्टलाई पछयाउने घोषणा गरे तिनले तर परिवारले सहमति जनाएन पितापुर्खाको धर्म नछाड्न तिनलाई घुस दिइयो, धम्काइयो तापनि तिनी आफ्नो विश्वासमा अडिग रहे अन्तत: परिवारबाट तिनी औपचारिक रूपमा निष्कासन गरिए घोर विरोधका बाबजुद पनि आफ्नो सोर्हौँ जन्म दिवसको दिन (१९०५) मा तिनले सिमलामा बप्तिस्मा लिए

भारतमा विदेशी शैलीमा सुसमाचार प्रचार गरिएकोले त्यहाँका मानिसहरूले सुसमाचारलाई स्वीकार नगरेका हुन् भन्ने तिनको ठम्याइ थियो तिनले साधु बन्ने निर्णय गरे ताकि आफ्नो सम्पूर्ण जीवन प्रभु येशूमा समर्पण गर्न सकियोस् आफ्ना मानिसहरूका बिचमा सुसमाचार पुर्याउने यही नै उत्तम तरिका थियो भन्ने कुरामा तिनी विश्वस्त थिए साधुले झैँ तिनले शिरमा फेटा पहेँलो रङको लबेदा पहिरिन्थे तिनले अरू मानिसहरूलाई सहयोग गर्थे; तिनी परोपकारी सेवमा संलग्न हुन्थे तिनले धनसम्पत्तिको इन्कार गरे आजीवन अविवाहित रहे यस्तो जीवन शैलीमा आफ्नो सम्पूर्ण जीवन येशूमा समर्पण गर्न तिनी स्वतन्त्र थिए हातमा नयाँ करार लिई येशूको प्रेमको सन्देश मानिसहरूका बिचमा बाँड्दै हिँड्थे तिनी आफ्नो विश्वासको खातिर तिनी गिरफ्तार गरिए, ढुङ्गाले हानिए, खेदिए, चुटिए, लखेटिए

साधु सुन्दर सिंहको ख्याति बढ्दै गयो तिनी तिस वर्ष नपुग्दै तिनको नाउँ ख्रीष्टियान जगत्मा परिचित हुन थाल्यो तिनले भारतभरि यात्रा गरे तिनी मलेसिया, जापान चीन गए तिनी पश्चिमी युरोप, अस्ट्रेलिया इस्राएल पनि पुगे यरुसलेम, लिमा, बर्लिन आर्मस्ड्रङसाथै अन्य थुप्रै सहरहरूमा तिनले प्रचार गरे तिनको प्रसिद्धी दिन प्रतिदिन बढ्दै गएको भए तापनि तिनी आफ्नो शालीन स्वभावमा रहिरहे केवल येशूको उदाहरणलाई पछयाउनु तिनको इच्छा थियो अर्थात् खराबीको बदला भलाइ गर्ने आफ्ना शत्रुहरूलाई प्रेमले जित्ने तिनको यस धारणाले तिनका शत्रुहरूलाई प्राय: लज्जित तुल्यायो सुन्दर सिंहका आफ्नै पितालाई पनि ख्रीष्टियान हुन प्रेरित गर्यो वास्तवमा सुन्दरको ब्रिटिस जाने लामो समयदेखिको चाहना पुरा गर्न तिनका पिताले नै तिनलाई भाडा जुटाइदिएका थिए

१९२९ मा अन्तिम पटक तिब्बतको यात्रा गर्ने निधो गरे सुन्दर सिंहले अप्रिल महिनामा तिनी सिमलाभन्दा तल रहेको काल्का नाउँ गरेको नगरमा पुगे १८ अप्रिल १९२९ मा तिनी अन्तिम पटक देखिएका थिए त्यसपछि तिनी कहाँ गए अज्ञात तिनको अन्त्यको विषयमा अनुमान गर्नुबाहेक केही उपाय छैन तिनी भीरबाट खसे वा थकाइले मरे वा मानिसहरूबाट मारिए वा स्वर्ग उठाई लगिए निश्चित छैन तिनको अन्त्य रहस्यको गर्भभित्र लुकेर रहेको

सुन्दर सिंहले आठ ओटा कृति लेखेका छन् १९७२ मा तिनको नाउँलाई आदर गर्दै साधु सुन्दर सिंह इभान्जलिकल एसोसिएसन नामक संस्था खडा गरियो तिनको प्रचार सुनेर धेरै मानिसहरूले भन्ने गर्थे, “तिनी केवल येशूजस्तै देखिँदैनन् तर तिनी येशूले जस्तै पनि बोल्छन् तिनका वरदानहरू, तिनको व्यक्तिगत आकर्षण ख्रीष्टप्रति भएको तिनको श्रद्धाले भारतीय मण्डलीमा तिनलाई अद्वितीय ओहोदा प्रदान गर्न सक्थ्यो तथापि जीवनको अन्तिम घडीसम्म हरेक मानिसलाई येशूको प्रेमको बारेमा बताउनुसिवाय तिनले केही रोजेनन् तात्कालीन समयका अन्य ख्रीष्टियान अगुवाहरूभन्दा तिनी निकै पृथक् थिए अरू मिसनरीहरूजस्तै सैद्धान्तिक ज्ञानमा पोख्त नभए तापनि बिसौँ शताब्दीको पूर्वाद्धमा येशू भारतीयहरूका लागि पनि हो भन्ने तथ्य स्थापना गर्न तिनले भन्दा अरू कसैले बढी योगदान पुर्याएको छैन भारतीय ख्रीष्टियान इतिहासमा तिनी अनमोल हिरोको रूपमा खडा छन् तिनलाई भारतका सन्त पावल भनेर चिनिन्छ   





Leave Your Comments Here.