“जब
तिनीहरू खप्परे भन्ने ठाउँमा
आए, तब त्यहाँ
तिनीहरूले उहाँ [येशू]
लाई क्रूसमा टाँगे”
(लूका २३:३३)
। यूहन्ना लेख्छन्,
“तब सिपाहीहरू आए
र उहाँसँग क्रूसमा
टाँगिएकाहरूका खुट्टा भाँचे, पहिले
एक जनाको, त्यसपछि
अर्कोको” (१९:३२) ।
येशूको
क्रूसारोहणको सम्बन्धमा सुसमाचारिय विवरणहरूमा
कम से कम
दुई ओटा त्रुटि
छन् भनी बाइबलका
आलोचकहरूको दाबी थियो:
(१) क्रूसमा टाँगिएको
अपराधीको हात र
खुट्टामा काँटी ठोकिँदैनथ्यो बरु
डोरीले बाँध्ने गरिन्थ्यो ।
(२) क्रूसारोहणबाट मरेको
व्यक्तिको सम्मानजनक अन्तेष्टि गरिँदैनथ्यो
। यही बुझाइको
आधारमा येशूलाई क्रूसमा झुण्डयाउन
काँटीको प्रयोग गरिएको र
उहाँलाई सम्मानसाथ चिहानमा राखिएको
नयाँ करारको विवरणलाई
काल्पनिक कथाको दर्जामा राखिएको
थियो ।
तर
ख्रीष्टाब्द १९६८ को
जुन महिनामा विश्वलाई
चकित पार्ने एउटा
पुरातात्त्विक खोज प्रकाशमा
आयो । पुरातत्त्वविद्
भि. जाफेरिसले यरूशलेमको
पश्चिममा अवस्थित केही चिहानहरू
फेला पारे जसमा
क्रूसारोहणबाट मरेको योहानान नाउँ
गरेको व्यक्तिका केही
हड्डीहरू पनि पाइए
। उसको हात
खुट्टा दुवैमा काँटी ठोकिएको
थियो । यसका
अतिरिक्त उसका खुट्टाहरू
भाँचिएको जस्ता देखिन्थे ।
जाफेरिसले फेला पारेका
समाधिस्थलले यो पनि
प्रमाणित भएको छ
कि केही खास
अवसरहरूमा क्रूसारोहणबाट मृत्यु वरण गरेका
व्यक्तिहरूलाई पनि सम्मानजनक
अन्तेष्टि प्रदान गरिन्थ्यो ।
यस खोजले असन्दिग्ध
रूपमा सुसमाचारिय विवरणहरूलाई
पुष्टि गरेको छ ।
एक
जना लेखकले भनेका छन्, “साधारणतया, रोमीहरूले
क्रूसमा टाँगेको व्यक्तिलाई शारीरिक
थकाइको कारणले श्वासप्रश्वास रोकिएर
बिस्तारै मरोस् भन्ने हेतुले
त्यसै छाडिदिन्थे ।
तर यहूदी परम्पराअनुसार
मृत्युदण्डको दिनमा नै लाशलाई
गाड्नुपथ्र्यो । त्यसकारण,
प्यालेस्टाइनमा क्रूसमा टाँगिएको व्यक्तिको
छिट्टै मृत्यु भई उसको
लाशलाई रात पर्नुअगि
नै गाड्न सकियोस्
भनेर जल्लादले उसका
खुट्टाहरू भाँच्थ्यो । दुई
डाँकुहरूको सम्बन्धमा सुसमाचारहरूमा वर्णित
यो अभ्यास ... हाल पुरातत्त्वविद्याद्वारा
पुष्टि भएको छ
।”