येशूको
पुनरुत्थानपछिको दृश्यलाई येशूका चारै
जना जीवनीकारहरूले महत्त्वकासाथ
अभिलिखित गरेका छन् ।
उहाँ बौरी उठ्नुभएपछि
चिहानमा वास्तवमा कति जना
स्वर्गदूत देखा परेका
थिए भन्ने सम्बन्धमा
सरसरती पढ्दा तिनीहरूको विवरणमा
विरोधाभास देखिन्छ ।
- मत्तीको विवरणअनुसार एक जना स्वर्गदूत देखा परे, “शबाथपछि, साताको पहिलो दिन रिमरिम उज्यालो हुँदा मरियम मग्दलिनी र अर्की मरियम चिहान हेर्न गए । ठूलो भूकम्प गयो, किनकि परमप्रभुका एउटा दूत स्वर्गबाट तल ओर्ले, र आएर ढुङ्गो हटाएर त्यसमाथि बसे” (२८:१–२) ।
- मर्कूसको अभिलेखमुताबिक एक जना जवान मानिस देखा परे, “अनि चिहानभित्र पसेर तिनीहरूले सेतो वस्त्र लाएको एक जना जवान मानिसलाई दाहिनेपट्टि बसिरहेको देखे, र तिनीहरू आश्चर्यचकित भए” (१६:५) । मर्कूसले यहाँ स्वर्गदूतलाई मानिस भनेका छन् ।
- तेस्रो सुसमाचारका लेखक लूकाको भनाइअनुसार दुई पुरुषहरू देखा परे, “जब तिनीहरू यस विषयमा अलमलमा परिरहेका थिए, तब चहकिलो पोशाक पहिरिएका दुई पुरुषहरू तिनीहरूका छेवैमा खडा भए” (२४:४) । लूकाले यहाँ स्वर्गदूतहरूलाई पुरुषहरू भनेका छन् ।
- यूहन्नाको विवरणमुताबिक दुई स्वर्गदूतहरू देखा परे, “र जहाँ येशूको मृत शरीर राखिएको थियो, त्यहाँ सेता वस्त्र लाएका दुई स्वर्गदूतहरूलाई, एक जना शिरतिर र अर्को पाउतिर बसिरहेका तिनले देखिन्” (२०:१२) ।
यी
चार ओटा विवरणलाई
नियाल्दा हामी प्रस्ट
हुन्छौँ कि मत्ती
र मर्कूसका विवरणअनुसार
चिहानमा एक जना
स्वर्गदूत देखा परे
भने लूका र
यूहन्नाका भनाइअनुसार दुई जना
। वास्तवमा कति
जना स्वर्गदूत देखा
परेका थिए भन्ने
प्रश्न विचारणीय छ ।
मत्ती
र मर्कूसले एक
जना मात्र स्वर्गदूत देखा परे
भनी उल्लेख गरेका
छैनन् । लूका
र यूहन्नाका विवरणअनुसार
त्यहाँ दुई जना
थिए । गणितको
नियमअनुसार हामीलाई थाहा छ
कि जहाँ दुई
जना हुन्छ त्यहाँ
एक जना अवश्य
हुनुपर्छ । बाइबलिय
विवरणलाई गलत ठहराउन
बाइबलका आलोचकहरूले “मात्र” भन्ने
शब्दलाई थप्नुपर्छ । तसर्थ,
हामी देख्छौँ कि
समस्या बाइबलिय विवरणमा होइन
तर आलोचकहरूको बुझाइमा
छ ।
यी
विवरणहरूमा कुनै अन्तर्विरोध
छैन । बरु
यी विवराणहरूले हामीलाई
पुरा दृश्य बुझ्नमा
मद्दत गर्छन् ।
चिहानमा दुई जना
स्वर्गदूतहरू थिए जसमध्ये
एक जनाले ढुङ्गो
हटाए ।