येशूको
मृत्युको कैयौँ वर्षपछि सुसमाचारहरू
लेखिएकाले तिनमा दन्त्यकथाहरू थपिएका
छन् भनी आलोचकहरू
दोष लगाउने गर्छन्
। अलौकिकतामा विश्वास
नगर्ने पूर्वाग्रहीहरू सुसमाचारका पुस्तकहरू ख्रीष्टाब्द
७० पछि मात्र
लेखिएका हुन् भनी
दाबी गर्छन् ।
मत्ती २४, मर्कूस
१३ र लूका
२१ मा अभिलिखित
भविष्यवाणी गर्ने क्षमता येशूमा
थिएन भनी तिनीहरू
बताउँछन् । तर
येशूको मृत्युभन्दा केही वर्षपछि
मात्र सुसमाचारहरू लेखिए
भन्नाका लागि हामीसँग
दरिला कारणहरू छन्
।
लिवरल
ईश्वरशास्त्रीहरू पनि विश्वास
गर्छन् कि मर्कूसको
सुसमाचार ७० को
दसकमा, मत्ती र लूकाको
८० र यूहन्नाको
९० को दसकमा
लेखिए । तर
नयाँ करारका प्रवीणतर
विद्वान्हरूको विश्वासअनुसार सुसमाचारहरू अझै पहिले
लेखिएका हुन् भनी
पुष्टि गर्ने दरिलासाथै प्रशस्त
साक्षीहरू छन् ।
पहिलो,
यरूशलेमको मन्दिरको विनाशको विषयमा
येशूले गर्नुभएको भविष्यवाणी सुसमाचारहरूमा
अभिलिखित छन् (मत्ती
२४; मर्कूस १३;
लूका २१) ।
इतिहासअनुसार ख्रीष्टाब्द ७० मा
यरूशलेमको मन्दिर नष्ट भयो
। तर सुसमाचारहरूले
येशूको भविष्यवाणीको समाप्तिलाई अभिलिखित गरेका
छैनन् । यहूदी
इतिहासमा भएको यस
महत्त्वपूर्ण घटनालाई सुसमाचारका लेखकहरूले
समावेश नगर्नु अनौठो हुन
जान्छ । यहूदी
धर्ममा मन्दिर मुख्य थियो
। यहाँ परमेश्वरको
वास हुन्थ्यो भनी
विश्वास गरिन्थ्यो र पापका
निम्ति बलिदानहरू यहीँ नै
चढाइन्थे । यस्तो
महत्त्वपूर्ण घटनालाई समावेश नगर्ने
इतिहासकारलाई नेपालको इतिहास लेख्ने
तर दरबार हत्याकाण्डको
विषयमा उल्लेख नगर्ने इतिहासकारसँग
तुलना गर्न सकिन्छ
। सुसमाचारिय लेखकहरूले
येशूको भविष्यवाणीको समाप्तिलाई किन उल्लेख
गरेनन् ? सबैभन्दा तर्कसङ्गत कारण
यही हो कि
तिनीहरूले सुसमाचार लेख्दा यो
घटना घटेको थिएन
।
दोस्रोमा,
प्रेरितको पुस्तक ख्रीष्टाब्द ६२–६४ को
बिचमा लेखिएको थियो
भनी पुष्टि गर्नका
लागि शक्तिशाली कारणहरू
पेस गर्न सकिन्छन्
। उदाहरणार्थ, लूकाले
प्रेरितको पुस्तकमा यस्ता चिरस्मरणीय
घटनाहरू उल्लेख गरेका छैनन्,
यदि ती घटनाहरू
भएपछि तिनले लेखेका
भए जुन समावेश
गरिन्थे । ती
घटनाहरू हुन्— यरूशलेमको पतन
(ख्रीष्टाब्द ७०), ६०
को दसकमा भएको
ख्रीष्टियानहरूमाथि नेरोको अत्यचार, याकूब,
पावल र पत्रुसको
सहादत (क्रमश: ६२, ६४
र ६५), ख्रीष्टाब्द
६६ देखि थालिएको
रोमीहरूको विरुद्धमा यहूदी युद्ध
। यसका अतिरिक्त,
प्रेरितको पुस्तकमा भएका धेरै
अभिलिखित विवरणहरू ज्यादै सुरुका
हुन् । लूकाद्वारा
लिखित दुई ओटा
पुस्तकमध्ये प्रेरितको पुस्तक दोस्रो
भएकोले तिनको पहिलो पुस्तक (लूकाको
सुसमाचार) ६० को
थालनीमा लेखिएको हुनुपर्छ ।
यो भनेको येशूको
मृत्युको ३० वर्षभित्रमा
नै हो ।
मर्कूसको सुसमाचारबाट लूकाले केही
जानकारीहरू उल्लेख गरेकाले मर्कूसको
सुसामचार अझै पहिले
लेखिएको हो ।
अन्त्यमा,
यो बुझिएको हुनुपर्छ
कि पावलका झण्डै
सबै पत्रहरू लेखिएपछि
मात्र सुसमाचारहरू लेखिए
। पावलले झण्डै
ख्रीष्टाब्द ४८ बाट
लेख्न थालेका थिए
। तिनका धेरैजसो
पत्रहरू ५० को
दसकमा लेखिए ।
पहिलो ख्रीष्टियान मण्डलीबाट
प्राप्त विश्वासका सारहरू र
भजनहरूलाई पावलले आफ्ना पत्रहरूमा
समावेश गरेका छन् ।
तीमध्ये ऐतिहासिक येशूको सम्बन्धमा
१ कोरिन्थी १५
अध्याय सर्वाधिक महत्त्वपूर्ण विश्वासको
सार हो ।
पावल लेख्छन्, “किनभने
मैले जे पाएँ
त्यसैलाई सबैभन्दा मुख्य विषयको
रूपमा तिमीहरूलाई सुम्पिदिएँ,
अर्थात् पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट
हाम्रा पापका निम्ति मर्नुभयो
। उहाँ गाडिनुभयो,
र पवित्र धर्मशास्त्रअनुसार
तेस्रो दिनमा उहाँ पुनर्जीवित
पारिनुभयो” (पदहरू ३–४)
।
अलेक्ज्याण्डर
महान्को विषयमा सबैभन्दा पहिले
लेखिएका दुई ओटा
जीवनीका लेखक एरिअन
र प्लुटार्क हुन्
। अलेक्ज्याण्डरको मृत्यु
३२३ ख्रीष्टपूर्वमा भयो
। तर यी
जीवनीकारहरूले तिनको मृत्युको ४००
वर्षपछि मात्र तिनको बारेमा
लेखे । यति
हुँदाहुँदै पनि इतिहासकारहरूले
ती जीवनीलाई साधारणत:
भरोसायोग्य ठान्छन् । यो
साँचो हो कि
अलेक्ज्याण्डरको जीवनमा काल्पनिक कथाहरूको
विकास भए तर
यी दुई लेखकपश्चात्
मात्र ।
प्राचीन
संसारमा काल्पनिक कथाको वृद्धि
भई मुख्य ऐतिहासिक
सच्चाइलाई तोड्न दुई पुस्ताको
समय अन्तर पर्याप्त थिएन भनी
अक्सफोर्ड विश्वविद्यालयका इतिहासकार ए. एन.
शेर्विन ह्वाइटले बताएका छन्
। कुनै घटना
वा व्यक्तिको सम्बन्धमा
उही पुस्तामा दन्त्यकथाको
विकास भई साधारणत:
त्यसलाइ स्वीकार गरिएको तथ्य
जानकारीमा आएको छैन
।