आफ्नो
शारीरिक अवस्था जस्तोसुकै कमजोर
भए तापनि इच्छाशक्ति
भएमा सफलता हात
पार्न सकिन्छ भन्ने
ज्वलन्त उदाहरण हो, जोनी
एरिक्सन टाडा ।
ख्रीष्टाब्द
१९४९ मा अमेरिकामा
जन्मेकी जोनीलाई अन्य खेलहरूका
अतिरिक्त पौडी पनि
मन पथ्र्यो ।
पौडी पोखरी गहिरो
होला भनी ठानेर
डुबुल्की मार्दा उनले कहिल्यै
कल्पना नगरेको दुर्घटनाको शिकार
बन्नुपर्यो
जोनी । १७
वर्षको उमेरमा भएको उक्त
दुर्घटनाले गर्दा उनको गर्धन
भाँचियो । उनी
पक्षाघाती भइन् ।
उनको शरीरको कुमदेखिको
तलको भाग नचल्ने
भयो । अनुगामी
वर्षहरूमा जोनीले रिस र
निराशालाई मात्रै आश्रय दिइनन्
तर आत्महत्या गर्ने
सम्मको सोच बनाइन्
।
परमेश्वरले
जोनीको जीवनमा त्यस्तो दु:ख किन
ल्याउनुभयो भनी उनले
सोच्नै सकिनन् । तथापि
जोनीको जीवनमा परमेश्वरले असाधारण
योजना बुन्दै हुनुहुन्थ्यो
। जोनीले आफ्नो
दर्दनाक अवस्थाको लागि परमेश्वरलाई
गनगन गर्नुको साटो
उनले परमेश्वरसितको सम्बन्धलाई
गहिरो बनाउँदै लगिन्
। त्यस्तो असक्त
अवस्थाबाट नै परमेश्वरले
उनको जीवनमा काम
गर्न चाहनुभएको थियो
भनी जब उनले
महसुस गर्न लागिन्
तब उनको सफलताको
यात्राको थालनी भयो ।
उनले
ब्रुस दाँतमा राखेर
चित्र कोर्न थालिन्
र आफूले बनाएका
चित्रहरू बेच्न सुरु गरिन्
। उनका चित्रहरूको
माग बढ्न थाल्यो
। उनले आफ्ना
चित्रहरूमार्फत ख्रीष्टको प्रेम पनि
बाँड्न थालिन् ।
जोनी
चित्रकार मात्र रहिनन् ।
उनी वक्ता, अभिनेत्री
र लेखिका पनि
बनिन् । जोनीले
४८ ओटाभन्दा बेसी
पुस्तकहरू लेखेकी छन् र
ती पुस्तकहरू अशक्तता
र ख्रीष्टियमतको बारेमा
छन् । उनले
असक्त मानिसहरूका लागि
एउटा संस्था पनि
खोलेकी छन् जुन
संस्थाले असक्तहरूका आवश्यकतालाई पुरा
गर्नुपर्छ भन्ने येशूको आज्ञालाई
शिरोपर गर्ने प्रयत्न गर्दछ
।
विभिन्न
पुरस्कारहरू जितेकी जोनी आज
विश्वमा असक्तता भएका मानिसहरूका
लागि मात्र नभएर
सक्षमहरूका लागि पनि
प्रेरणाकी स्रोत बनेकी छन्
।