योलगायत
अन्य केही खण्डहरूको
आधारमा यहोवेको साक्षीजस्ता केही झुटा
शिक्षाहरूले येशू सानो
परमेश्वर हुनुहुन्छ भनी तर्क
गर्छन् । येशू
पिता परमेश्वरसित समान
हुनुहुन्छ भनी बाइबलले
स्पष्ट रूपमा सिकाउँछ ।
जसरी पिता अनन्त
हुनुहुन्छ त्यसरी पुत्र पनि
अनन्त हुनुहुन्छ (यूहन्ना
८:५८) ।
पिता र पुत्र
एक हुनुहुन्छ (यूहन्ना
१०:३०) ।
यदि येशू पितासित
समान हुनुहुन्छ भने
कसरी “पिता म
[येशू]
भन्दा महान् हुनुहुन्छ”
?
केही
यस्ता क्षेत्रहरू छन्
जसमा पिता पुत्रभन्दा
महान् हुनुहुन्छ र
केही यस्ता क्षेत्रहरू
जसमा पिता र
पुत्र समान हुनुहुन्छ
। त्रिएकताभित्र पिता
र पुत्र सारमा समान
हुनुहुन्छ तर उहाँहरूका
काममा उहाँहरू
फरक हुनुहुन्छ ।
उहाँहरूको स्वभावमा पिता
र पुत्र समान
हुनुहुन्छ जब कि
उहाँहरूको पदमा उहाँहरू
फरक हुनुहुन्छ ।
यसलाई
प्रस्ट पार्न म यहाँ
एउटा उपमा प्रस्तुत
गर्न चाहन्छु ।
एउटै परिवारका बुबा
प्रधानमन्त्रीको पदमा र
छोरो मन्त्रीको पदमा
छन् । बुबा
र छोरो दुवै
नै मानिस हुन्
भन्ने अर्थमा समान
छन् तर पदको
आधारमा बुबा छोराभन्दा
महान् हुन्छ ।
निष्कर्षमा,
पिता र पुत्र
स्वभावमा समान हुनुहुन्छ
तर पदमा पिता
पुत्रभन्दा महान् हुनुहुन्छ जस्तो
येशूले भन्नुभयो ।