menu bar

Friday, February 26, 2016

येशू ख्रीष्टलाई अङ्गालेपछि आनन्द र शान्तिको महसुस गरे स्टडले



के तपाईं ख्रीष्टियान हुनुहुन्छ ?”, प्रचारकले सी. टी. स्टडलाई सोधे

प्रचारकलाई पाखा लगाउने अपेक्षा गर्दै स्टडले जवाफ दिए, “हो, येशू मण्डलीमाथि विश्वास गर्दछु

यूहन्ना :१६ लाई देखाउँदै आगन्तुकले भने, “यो पदलाई हेर्नुस् के येशू ख्रीष्ट तपाईंको लागि मर्नुभयो भनी तपाईं विश्वास गर्नुहुन्छ ?”

जवान स्टडले अधैर्यता देखाउँदै टाउको हल्लाए

प्रचारकले जारी राखे, “विश्वास गर्नेसित अनन्त जीवन भन्ने यस पदको बाँकी आधा भागमाथि के तपाईं विश्वास गर्नुहुन्छ ?”

स्टडले छक्क पार्ने जवाफ फर्काए, “मैले त्यसमाथि विश्वास गर्छु जस्तो लाग्दैन

प्रचारकले तार्किक प्रस्तुतिलाई अगाडि सारे, “त्यसो हो भने कि परमेश्वर गलत हुनुहुन्छ कि भने तपाईं गलत हुनुहुन्छ तपाईंको विचारमा के परमेश्वरले सत्य बोल्दै हुनुहुन्न ?”

एउदै पदको आधा भागमाथि विश्वास गरी बाँकी आधा भागलाई विश्वास नगर्नु भनेको तर्कसङ्गत नहुनु भन्ने बुझाइसहित प्रचारकले जान्न चाहे, “के तपाईं सधैँ त्यस्तै भइरहनुहुन्छ ?”

स्टडले आफू तार्किक हुने मनसाय व्यक्त गरे

प्रचारक अगाडि बढे, “अनन्त जीवन वरदान हो भन्ने कुरो तपाईं देख्नुहुन्न ? के तपाईं घुँडा टेकी यस वरदानको निम्ति परमेश्वरलाई धन्यवाद दिनुहुन्छ ?”

व्याकुल हुँदै स्टडले वरिपरि हेरे प्रचारकले भनेको कुरो सही थियो भनी तिनलाई थाहा थियो त्यसैले स्टडले घुँडा टेके अनि परमेश्वरलाई धन्यवाद दिए त्यहीँनेर तिनले आनन्द शान्तिको महसुस गरे नयाँ जन्मपाउनु भनेको के हो भनी तिनले बुझे पहिले बाइबल तिनको निम्ति सुक्खा थियो अब त्यही पुस्तक तिनको सबै थोक बन्यो

ख्रीष्टाब्द १८६० मा इङ्गल्यान्डमा जन्मेका सी. टी. स्टड पछि इङ्गल्यान्डकै महानतम क्रिकेटरको रूपमा चिनिए खेलकुद जीवनमा तिनी प्रसिद्धीको पराकाष्ठामा पुग्दा तिनले चीनमा मिसनरी भई जाने निर्णय लिए क्रिकेट जीवनबाट मिसनरी जीवनमा प्रवेश गरेका स्टड आधुनिक महानतम ख्रीष्टियान मिसनरीहरूको सूचीमा पर्दछन्



Leave Your Comments Here.