menu bar

Wednesday, February 3, 2016

बिल्ली ग्राहमको सट्टामा न्यायाधीशले हर्जाना तिरे



संसारमा सबैभन्दा बेसी मानिसहरूलाई सुसमाचार सुनाउने परमेश्वरका सेवक हुन्, बिल्ली ग्राहम संसारका दुई अरबभन्दा बढी मानिसहरूले तिनको सन्देश सुनेका छन् तिनको शुभ सन्देश सुनर लगभग ३२ लाख मानिसहरूले येशूलाई व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गरेका छन्

एक दिन बिल्ली ग्राहमले हाँकेको गाडीलाई ट्राफिकले रोक्यो ग्राहमले गाडी तीव्र गतिमा हाँकेका थिए भनी ट्राफिकले अभियोग लगायो ग्राहमले आफ्नो भुल स्वीकार गरे तर तिनी अदालतमा हाजिर हुनुपर्छ भनी कर्मचारीले बतायो

न्यायाधीशले ग्राहमलाई सोधे, “तपाईं दोषी हुनुहुन्छ कि हुनुहुन्न ?”

ग्राहमले आफ्नो दोष स्वीकार गरेपछि न्यायाधीशले जवाफ दिए, “तपाईंले दस डलर (करिब १,०००  नेपाली रुपियाँ) हर्जाना तिर्नुपर्छ प्रत्येक माइलमा तोकिएको गतिभन्दा बेसी हाँक्नुभएकोले प्रत्येक माइलको लागि एक डलर लाग्छ

ग्राहम प्रसिद्ध वक्ता पो रहेछन् भनी न्यायधीशले अकस्मात् चिनेपछि तिनले भने, “तपाईंले नियम उल्लङ्घन गर्नुभएको हर्जाना तिरिनैपर्छ तर तपाईंको सट्टामा तिरिदिनेछु

न्यायाधीशले आफ्नो गोजीबाट दस डलर निकाले अनि त्यसलाई टिकटसँगै टाँसे न्यायाधीशले वक्तालाई बाहिर ल्याए तिनको लागि भनेर खानाको बन्दोवस्त गिरिदिए

ग्राहमले भने, “पश्चात्ताप गर्ने पापीलाई परमेश्वरले यसरी नै व्यवहार गर्नुहुन्छ

   

Leave Your Comments Here.