menu bar

Monday, February 1, 2016

जीवनबारे १३ ओटा भनाइहरू



ख्रीष्टियान जीवनका सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारीहरूमध्ये अरूहरूको वास्ता गर्नु, तिनीहरूलाई देखेर मुस्कुराउनु साथी नभएकाहरूको साथी बन्नु हो
जेम्स डोबसन, लेखकसाथै मनोवैज्ञानिक

डर आशङ्काले भरिएको नकारात्मक मनले नकारात्मक जीवनको उदय गराउँछ जसले अन्तत: तपाईंको जीवनलाई नष्ट गर्न सक्छ
जोएस मेएर, ख्रीष्टियान लेखिकासाथै वक्ता 

पवित्र आत्माले भरिपूर्ण जीवन ख्रीष्टियमतको विशेष वा सानदार संस्करण होइन यो उहाँका मानिसहरूका लागि परमेश्वरको समग्र योजनाको भाग हो
. डब्लु. टोजर, लेखक, पास्टरसाथै वक्ता

यदि तपाईं ख्रीष्टियान हुनुहुन्छ भने तपाईं स्वर्ग जान कोसिस गर्नुहुने यस संसारको नागरिक हुनुहुन्न; तपाईं स्वर्गका नागरिक हुनुहुन्छ जो यस संसारलाई बाटोको रूपमा प्रयोग गर्दै हुनुहुन्छ
डा. भान्स हाभ्नर

जीवनको महानतम प्रयोग भनेको यसलाई त्यस्तो कुरोको लागि प्रयोग गर्नु हो जुन टिक्छ
अज्ञात

हामी आत्मिक मार्गमा हिँडेका मानवीय प्राणीहरू होइनौँ हामी मानवीय यात्रामा हिँडेका आत्मिक प्राणीहरू हौँ
अज्ञात

जीवन अपर्याप्त आधार वाक्यहरूबाट पर्याप्त निष्कर्ष निकाल्ने कला हो
समुएल बटलर

जब तपाईंले सामान्य कुराहरू असमान्य तरिकाले गर्नुहुन्छ तब तपाईंले संसारको ध्यान खिँच्नुहुन्छ
जर्ज वासिङ्गन कार्भर, अन्वेषक

गन्तव्य संयोगको विषय होइन, यो छनौटको विषय हो यो पर्खनुपर्ने विषय होइन, यो प्राप्त गरिनुपर्ने विषय हो
विलियम जेनिङ्ग्स ब्रायन

तपाईं जस्तोसुकै मान्छे हुनुभए तापनि असल मान्छे बन्नुस्
अब्राहाम लिङ्कन, सोर्हौँ अमेरिकी राष्ट्रपति

मेरो जीवनको अन्त्यमा परमेश्वरको सामु खडा हुँदा मेरो आशा यही हुनेछ कि मैले प्रतिभाको कुनै पनि अंशलाई त्यसै छाडिनँ भन्न सक्नेछु, “तपाईंले मलाई दिनुभएको हरेक कुरो मैले प्रयोग गरेँ
इर्मा बोम्बेक, लेखिका

असफलतादेखि डराउँदिनँ त्यस्तो सफलतादेखि डराउँछु जसको कुनै अर्थ छैन
डन एरिक्सन 

जब हामी महत्त्व राख्ने कुराहरूबारे मौन रहन्छौँ तब हाम्रा जीवनको अन्त्य हुन थाल्छ
मार्टिन लुथर किङ्ग जुनिएर, पास्टर, अभियन्तासाथै मानवतावादी

Leave Your Comments Here.