सनहेरीब
अश्शूरका राजा थिए
जसले ७०५–६८१
ख्रीष्टपूर्वसम्म शासन चलाए
। तिनी सर्गान
द्वितीयका छोरा थिए
। तिनले बेबिलोन
र यहूदाको विरुद्धमा
गरेको सैनिक हमला
र राजधानी सहर
निनवेको निर्माणको लागि तिनी
परिचित छन् ।
बाइबलको
तिन ओटा पुस्तकमा
राजा सनहेरीबको उल्लेख
गरिएको छ: २
राजा, २ इतिहास
र यशैया ।
२ राजा १८:१३–१६
मा यहूदामाथि राजा
सनहेरीबको आक्रमणलाई बयान गरिएको
छ, “हिजकियाका राजकालको
चौधौँ वर्षमा अश्शूरका
राजा सनहेरीबले यहूदाका
किल्ला भएका सबै
सहरहरूलाई आक्रमण गरेर ती
कब्जा गरे ।
यसैले यहूदाका राजा
हिजकियाले लाकीशमा अश्शूरका राजाकहाँ
यसो भनेर समाचार
पठाए: ‘भूल मेरो
भयो । मेरो
देशबाट फर्किजानुहोस्, र मबाट
जो तपाईं दाबी
गरेर माग्नुहुन्छ, सो
म तिर्नेछु ।’
अश्शूरका राजाले यहूदाका राजा
हिजकियामाथि दश टन
चाँदी र एक
टन सुन दण्ड
तोकिदिए । यसैले
हिजकियाले परमप्रभुको मन्दिरमा र
राजमहलका भण्डारहरूमा भेट्टाएका सबै
चाँदी उनलाई दिए
। त्यस बेला
यहूदाका राजा हिजकियाले
परमप्रभुको मन्दिरका ढोकाहरू र
ढोकाका खामाहरू, जो तिनी
आफैले सुनले मोहोरेका
थिए, तीबाट सुन
निकालेर अश्शूरका राजालाई दिए
।”
ख्रीष्टाब्द
१८३० मा फेला
पारिएको प्रिज्मले बाइबलीय विवरणको
पुष्टि गरेको छ । सनहेरीब
प्रिज्म
नाउँ दिइएको ६
ओटा किनारा भएको
यस प्रिज्ममा ५००
ओटा हरफ छन्
जसलाई अक्कादी भाषामा
लेखिएको छ ।
प्राचीन निनवे सहर (वर्तमान
इराकको नेबी युनुस
भनेर चिनिने क्षेत्र)
मा टेलरद्वारा पत्ता
लगाइएको यस प्रिज्मलाई
टेलर
प्रिज्म
पनि भनिन्छ ।
यस
प्रिज्मलाई ६८९ ख्रीष्टपूर्वको
मिति दिइएको छ
जसको अर्थ हुन्छ
कि यो करिब
२,७०० वर्ष
पुरानो प्रिज्म हो ।
पोलेको माटोबाट तयार पारिएको
यस प्रिज्मको उचाइ
३८.५ सेन्टिमिटर
रहेको छ । हाल यसलाई
इङ्गल्यान्डको राजधानी लन्डनस्थित ब्रिटिस सङ्ग्रहालयमा सुरक्षितसाथ
राखिएको छ ।
यस
प्रिज्ममा राजा सनहेरीबको
विजयलाई बयान गरिएको
छ । तिनले
यहूदाका राजा हिजकियाको
शासनकालमा ७०१ ख्रीष्टपूर्वमा
यरूशलेमलाई घेरेका थिए ।
अश्शूरी राजा सनहेरीबले
बयान गरेका छन्,
“मैले यरूशलेममा यहूदाका
राजा हिजकियालाई पिँजडामा
थुनिएको चरालाई झैँ थुनेँ
।”
बाइबलीय
पुरातात्त्विक क्षेत्रमा महत्त्वपूर्ण यस
खोजले बाइबलको ऐतिहासिक
विवरणलाई पुष्टि गर्ने काम
गरेको छ ।