धेरै
वर्षअगि युरोपेली मुलुक सर्बियाको
एउटा गाउँमा जेकब
नाउँ गरेका एक
जना सुसमाचार प्रचारक
आइपुगे । त्यहाँ
तिनले सिम्मरम्यान नामक
वृद्ध मानिसलाई भेटे
। जेकबले ती
पाका मानिसलाई येशू
ख्रीष्टको प्रेमको बारेमा सुनाउन
सुरु गरे ।
पाका मानिसले जेकबको
प्रस्तुतिमाथि हस्तक्षेप गरी आफूले
सुन्न नचाहेको कुरो
व्यक्त गरे ।
त्यस
गाउँमा ख्रीष्टियान अगुवाहरूले लुटपाट
गर्नुका साथै निर्दोषहरूको
ज्यान लिएको थियो
भनी पाका मानिसले
जेकबलाई स्मरण दिलाए ।
“तिनीहरूले मेरो आफ्नै
भतिजोलाई मारे”, तिनले भने
। सुसमाचार सुनाउने
जेकबको प्रयासलाई वृद्धले रिसाउँदै
इन्कार गरे ।
तर
जेकब हरेस खाएनन्
। समय समयमा
तिनी त्यस गाउँमा
धाइरहे, सिम्मरम्यानसित मित्रता गाँस्न, तिनलाई
उत्साह दिन र
तिनलाई येशू ख्रीष्टको
प्रेमको विषयमा बताउन ।
अन्त्यमा
परमेश्वरले पाका मानिसको
ह्दयमा काम गर्नुभयो
। एक दिन
तिनले जेकबलाई सोधे,
“एउटा मानिस कसरी
ख्रीष्टियान बन्छ ?”
येशूलाई
प्रभु र मुक्तिदाताको
रूपमा स्वीकार गर्ने
व्यक्ति ख्रीष्टियान बन्छ भनी
जेकबले सिम्मरम्यानलाई बताए ।
यो प्रभुको राज्यमा
आई उहाँको सन्तान
बन्ने प्रारम्भिक कदम
थियो । पाका
मानिसले घुँडा टेकी आफ्नो
जीवन प्रभु येशूमा
सुम्पे । आँसु
झार्दै उठेर तिनले
जेकबलाई अङ्गालो हाली यसो
भने, “मेरो जीवनमा
आउनुभएको लागि तपाईंलाई
धन्यवाद छ ।”