जुडी
लसनको छोरोलाई कसैलाई
हत्या गरिदियो ।
हत्यारालाई क्षमा गरिदिनु नै
परमेश्वरको इच्छा थियो भनी
उनलाई थाहा थियो
। तर आफूबाट
आफ्नो छोरो खोसेर
लैजाने मानिसप्रति उनले दुष्ट
विचार पालेर राखेकी
थिइन् । उनले
परमेश्वरको इच्छालाई कहिल्यै नकार्ने
सहमति जनाएकी थिइन्
। “तिम्रो छोरोलाई
मार्ने व्यक्तिलाई तिमीले प्रेम
गरेको चाहन्छु म”
भनी जब परमेश्वरले
जुडीलाई भन्नुभयो तब भित्रभित्रै
उम्लिरहेको स्वाभाविक क्रोधसित सङ्घर्ष
गरी ख्रीष्टियान प्रेम
र क्षमाको अभ्यास
गर्नुसिवाय उनीसित अर्को विकल्प
थिएन ।
एक
दिन झ्यालखानामा जाँदा
हत्यारासित जुडीको आमने–सामने
भेट भयो ।
उनलाई क्षमाको अभिव्यक्ति
दिन निकै गार्हो
भइरहँदा पनि उनले
आफूलाई परमेश्वरको अगुवाइमा सुम्पिन्
। उनले भनिन्,
“रिचार्ड, मेरो नाउँ
जुडी लसन हो
। तपाईंले मेरो
छोरोको हत्या गरिदिनुभयो ।
मैले तपाईंलाई प्रेम
गर्दछु र मैले
तपाईंलाई क्षमा दिएको छु
भनी तपाईंले जानेको
चाहन्छु म ।”
ती
हत्यारा सुँक्क सुँक्क गरेर
रुन थाले ।
त्यसपछि झ्यालखानाका हाकिमले जुडीलाई
त्यहाँबाट हटाए ।
उनले हत्यारालाई पत्रहरू
पठाए । प्रत्युत्तरमा
तिनले पनि लेखे
। उनले निरन्तर
रूपमा लेखिरहिन् ।
उनको परिवारले त्यस
मित्रतालाई रोक्न अनुरोध गरे;
उनको पास्टरले पनि
त्यसै भने तर
परमेश्वरले जारी राख्न
भन्नुभयो । चाँडै
नै परमेश्वरको अनुग्रहले
काम गर्न थाल्यो
अनि पीडित र
पिडा दिने दुवैको
बिचमा मिलाप भयो
। तिनीहरू दुवै
मिलेर एउटा सेवा–कार्यको आरम्भ गरे
जसले बन्दीहरूको बिचमा
अनुग्रह र क्षमाको
घोषणा गर्दथ्यो ।
आफ्नो छोरोको हत्या
गरिएको अठार महिनापछि
जुडीले यस सेवाको
आरम्भ गरेकी थिइन्
।