पिटर
भी. डिजन अमेरिकाको
टेक्सासस्थित पार्क
सिटिज
प्रेसबिटेरियन
चर्चका सहायक
पास्टर हुन् ।
तिनले लेखेको एउटा
पुस्तकको नाउँ हो,
द
प्रायोरिटी
अफ
नोइङ्ग
गड
। यस पुस्तकमा
लेखकले भारतका रमद नाउँ
गरेका एक जना
व्यक्तिको कथालाई समावेश गरेका
छन् ।
रमद
लुटेराहरूको समूहका एक सदस्य
थिए । एक
दिन कुनै एउटा
घर लुट्न लाग्दा
एउटा कालो गाता
भएको सानो किताबले
तिनको ध्यान खिँच्यो
। त्यसका पानाहरू
निकै पातला थिए
जुन चुरोटको लागि
उपयुक्त हुन्थे । तिनले
उक्त किताबलाई लिएर
गए ।
हरेक
बेलुका रमदले त्यस किताबको
एउटा पानालाई निकाली
त्यसलाई चुरोट पिउनको लागि
प्रयोग गर्थे । ती
पानाहरूमा तिनको आफ्नै भाषामा
लेखिएका शब्दहरू देखेपछि तिनले
चुरोटको लागि प्रयोग
गर्नुभन्दा पहिले ती वचनहरूलाई
पढ्न थाले ।
एक साँझ एउटा
पानाबाट पढेपछि तिनले घुँडा
टेके र आफ्ना
पापको क्षमाको लागि
प्रभु येशूसित बिन्ती
गरे । सबैलाई
छक्क पार्दै तिनले
आफैलाई प्रहरीकहाँ सुम्पिदिए ।
लुटेरा भनी चिनिएका
रमद येशू ख्रीष्टका
अनुयायी बने ।
आफ्ना अपराधहरूका लागि
झ्यालखानामा दण्ड भोगिरहँदा
तिनले धेरै बन्दीहरूलाई
मुक्तिदाता प्रभु येशूमा डोर्याए
। रमदको लागि
परमेश्वरको वचन उद्धारमा
लैजाने शक्ति साबित भयो
।