दक्षिण
अमेरिकी मुलुक इक्वेडरको घना
जङ्गलमा उका नाउँ
गरेका जाति बस्थे
जसलाई हुरानी पनि
भनिन्थ्यो । तिनीहरूको
बाहिरी संसारसित कुनै सम्पर्क
थिएन । तिनीहरू
जङ्गलमै जन्मन्थे; त्यहीँ हुर्कन्थे
र त्यहीँ मर्थे
। तिनीहरू अत्यन्तै
हिंसक थिए र
तिनीहरूको क्षेत्रमा आएका बाहिरी
मान्छेहरूलाई तिनीहरूले मारिदिन्थे ।
लाग्थ्यो, तिनीहरूलाई कुनै पनि
शक्तिले बदल्न सक्दैनथ्यो ।
हुरानीहरूको तुलनामा नेपालका राउटेहरू
ज्यादै विनम्र छन् ।
तर
येशू ख्रीष्टको सुसमाचार
तिनीहरूको ह्दयमा गड्न थालेपछि
तिनीहरूको जीवनमा नाटकीय परिवर्तन
देखा पर्यो ।
तिनीहरूले एक अर्काको
हत्या गर्न छाडे;
तिनीहरूले पढ्न र
लेख्न सिके; तिनीहरूको
स्वास्थ्यमा सुधार आयो ।
ख्रीष्टियान मिसनरीहरूको आगमन हुँदा
तिनीहरूको जनसङ्ख्या लगभग २००
थिए जुन स्वास्थ्य
र चेतनामा सुधार
आएसँगै करिब १,००० पुग्यो
। आज तिनीहरूको
बिचमा स्कुलहरू स्थापना
गरिएका छन्; स्थानीय
मण्डलीहरू खडा भएका
छन् । तिनीहरू
सभ्यताको खुड्किलो चढ्दै छन्
। तिनीहरूले येशू
ख्रीष्टमा नयाँ जीवन
नपाएका भए त्यस
इलाकाका अन्य दर्जनौँ
जातिहरूसँगै तिनीहरू पनि सदाका
लागि लोप भएर
जानेथिए ।
के
यो येशू ख्रीष्टको
सुसमाचारको रूपान्तरण गर्न सक्ने
शक्तिको प्रस्ट नमुना होइन र
?