आर्मेनिया
एसियाको पश्चिममा पर्ने एउटा
मुलुक हो ।
यस देशको एक
जना नर्स र
उनको दाजुलाई टुर्कीहरू
(टर्कीका बासिन्दाहरू) ले निर्वासनमा
लगे । उनको
आँखाकै सामुन्ने टर्कीका सिपाहीले
उनको दाजुको हत्या
गरिदियो । ईश्वरीय
प्रबन्धबाट ती स्त्री
भाग्न सफल भइन्
र पछि उनी
सैनिक अस्पतालको लागि
नर्स बनिन् ।
एक
दिनको कुरो हो
। उनको दाजुको
हत्यारा उनले काम
गर्ने अस्पतालमा भर्ना
भएको देख्दा उनी
छक्क परिन् ।
त्यो हत्यारा पक्राउमा
परेको थियो र
चोटग्रस्त अवस्थामा उसलाई अस्पतालमा
ल्याइएको थियो ।
दाजु
गुमाउने नर्सको ह्दयमा एउटा
आवाज आयो, “बदला
।” तर अझै
बलियो आवाजले उनलाई
प्रेम गर्नतर्फ डोर्याउँदै
थियो । नर्स
उसको उपचारमा खटिइन्
। अन्तत: स्वास्थ्यलाभ
पाइरहेको सिपाहीले सोध्यो, “तपाईंले
मलाई किन मर्न
दिनुभएन ?”
उनको
जवाफ थियो, “म
उहाँको अनुयायी हुँ जसले
भन्नुभयो, ‘आफ्ना शत्रुलाई प्रेम
गर, र घृणा
गर्नेहरूलाई भलाइ गर’
।” यो येशूले
सिकाउनुभएको शिक्षा थियो (लूका
६:२७) ।
उनको जवाफबाट प्रभावित
भई जवान सिपाहीले
भन्यो, “मैले यस्ता
वचनहरू पहिले कहिल्यै सुनेको
थिइनँ । यस
विषयमा मलाई थप
बताउनुस् । म
यस किसिमको धर्म
चाहन्छु ।”