शून्यताबाट
कुनै कुरोको उदय
हुन सक्छ भनी
दाबी गर्नु भनेको
जादुभन्दा पनि खराब
हो । एउटा
जादुगरले टोपीभित्रबाट खरायो निकाल्दा कम
से कम त्यहाँ
पहिले नै जादुगर
र टोपी त
हुन्छन् । शून्यताबाट
कहिल्यै स्वत: कुनै वस्तु
अस्तित्वमा आएको हामीलाई
थाहा छैन ।
दिन प्रतिदिनको हाम्रो
अनुभवले यसलाई पुष्टि गर्दछ
।
कल्पना
गर्नुस् कि तपाईं
एउटा रित्तो कोठाभित्र
प्रवेश गर्नुभएको छ । कोठा रित्तो
छ भनी तपाईं
सुनिश्चित हुनुहुन्छ । त्यसभित्र
कोही प्रवेश गर्न
नसकोस् भन्ने हेतुले तपाईंले
त्यसको प्रवेशद्वारमा बलियो ताल्चा लगाइदिनुभयो
। भोलीपल्ट कोठाभित्र
प्रवेश गर्न लाग्नुहुँदा
तपाईं के अपेक्षा
गर्नुहुन्छ ? कोठाको रिक्तता ।
तपाईंको तार्किक क्षमताले तपाईंलाई
निश्चयता दिलाएको छ कि
कसैले सोफा, कम्प्युटर,
दराज वा टेबुलजस्ता
वस्तुहरू नल्याएसम्म ती त्यस
कोठाभित्र आफै उत्पन्न
हुन सक्दैनन् ।
शून्यता
भनेको के हो
? उचित तवरले बुझ्ने हो
भने शून्यता भनेको
रिक्त स्थान होइन
। शून्यता भनेको
कुनै पनि कुरोको
अनुपस्थिति हो अर्थात्
यो भनेको रिक्त
स्थानको पनि अनुपस्थिति
हो । शून्यताको
आफ्नो भन्ने केही
पनि हुँदैन ।
तब
यो स्थापित सत्यता
हो कि शून्यताबाट
कुनै वस्तुको उदय
हुन सक्दैन ।
शून्यतासँग वस्तुलाई अस्तित्वमा ल्याउने
शक्ति हुँदैन ।
यो
विश्व अर्थात् युनिभर्स
अनन्त छैन हामीलाई
थाहा छ । यो सम्पूर्ण
विश्व महाविस्फोटमा अस्तित्वमा
आयो भनी आधुनिक
वैज्ञानिक खोजहरूले देखाएका छन्
। सारा विश्वको
आरम्भ हुनुअगि के
थियो भनी कल्पना
गर्ने कोसिस गर्नुस्
। तपाईंले पाउने
जवाफ यही हो:
शून्यता । स्मरण
रहोस्, शून्यतासँग कुनै वस्तुलाई
अस्तित्वमा ल्याउने शक्ति हुँदैन
। शून्यताबाट केही
आउँछ भने त्यो
शून्यता नै हो
कुनै वस्तु होइन
। कसैले आफ्नै
नियमअनुसार यो सारा
विश्व अस्तित्वमा आएको
हो भन्ने जिद्दी
गर्छ भने उसले
यो जनोस् कि
विश्वको आरम्भअगि कुनै प्राकृतिक
नियम थिएन ।
सारा प्राकृतिक नियमहरू
महाविस्फोटमा अस्तित्वमा आए ।
शून्यताबाट
कुनै वस्तु आफै
उत्पन्न हुन सक्दैन
भन्ने कथनको तात्पर्य
के हो त
? यो सम्पूर्ण विश्व
यहाँ छ । आधुनिक वैज्ञानिक खोजअनुसार
यो विश्व अनन्त
छैन, यसको सुरुआत
छ । विश्वको
सुरुआतअगि शून्यतासिवाय केही थिएन
र त्यससित सारा
विश्वलाई अस्तित्वमा ल्याउने शक्ति
नभएकोले यस विश्वलाई
कसैले अस्तित्वमा ल्याएको
हुनुपर्छ । ती
अस्तित्वमा ल्याउने व्यक्तिलाई हामी
परमेश्वर भन्छौँ ।