ख्रीष्टाब्द
१८१३ मा स्कटल्यान्डमा
जन्मेका डेभिड लिभिङ्गस्टोन मिसनरीसाथै
अन्वेषक थिए जसले
अफ्रिकी भूमिमा ३३ वर्ष
बिताए । अफ्रिकाका
जङ्गली आदिवासीहरूको बिचमा सुसमाचार लैजाने
क्रममा तिनले धेरै दु:खकष्ट भोगे ।
तथापि यी ईश्वरभक्त
मिसनरीले एक पटक
उल्लेख गरेका थिए:
मैले
मेरो जीवनको धेरै
समय अफ्रिकामा बिताएकोले
मानिसहरूले मैले गरेका
बलिदानहरूको चर्चा परिचर्चा गर्छन्
। के त्यसलाई
बलिदान भन्न मिल्छ
र ? त्यो त
हामीले परमेश्वरलाई कहिल्यै फिर्ता
गर्न नसक्ने विशाल
ऋणको एउटा सानो
अंश मात्र हो
। ... वास्तवमा यो
कुनै बलिदान होइन
। बरु, यसलाई
सौभाग्य भन्नुस् । यस
जीवनका सुविधा र सौहाद्रतापछि
कहिलेकाहीँ देखा पर्ने
चिन्ता, बिमार, दु:खकष्ट
वा खतराले हामीलाई
रोकिन लगाउन सक्छन्;
आत्मालाई डगमगाउन सक्छन् र
प्राणलाई डुबाउन सक्छन् तर
यी केही क्षणका
लागि मात्र होऊन्
। यसपछि हाम्रा
निम्ति प्रकट गरिने महिमाको
तुलनामा यी सबै
केही पनि होइनन्
। मैले कहिल्यै
बलिदान गरिनँ । उहाँ
पिताको सिंहासन छाडेर हाम्रो
निम्ति अर्पण हुन आउनुभएको
थियो । त्यस
महान् बलिदानलाई सम्झँदा
यस विषयमा हामीले चर्चा गर्नुपर्दैन
।