२
जुलाई १५०५ मा
तिनी घरबाट विश्वविद्यालयतर्फ
प्रस्थान गर्दै थिए, घोडामाथि
सवार भएर ।
जङ्गलको यात्रा थियो ।
यात्रामा मेघ गर्जनसहित
आँधीबेहरी आयो ।
तिनको नजिकै चटयाङ
पर्यो
। आफूमाथि ईश्वरीय
न्याय परेको भन्ने
ठानेर १९ वर्षका
ती विद्यार्थी मृत्युको
डरले भयभीत हुँदै
चिच्च्याए, “सन्त अन्ना,
मलाई मदत गर्नुहोस्
! म भिक्षु हुनेछु
।” तिनले आफ्नो
चिच्च्याहटलाई भाकलको रूपमा लिए
जसलाई तिनले कहिल्यै
तोड्न सक्दैनथ्ये ।
यो घटना तिनको
जीवनको एउटा निर्णायक
मोड बन्यो ।
ती विद्यार्थी अरू
कोही नभएर मार्टिन
लुथर थिए ।
निस्सन्देह,
मार्टिन लुथर मण्डली
इतिहास र युरोपको
इतिहासमा एक महत्त्वपूर्ण
पात्र हुन् ।
नयाँ मण्डलीको थालनी
गर्ने तिनको चाहना
थिएन तथापि त्यस्तै
हुन गयो ।
तिनले आफू जन्मेको,
हुर्केको, बप्तिस्मा लिएको र
पास्टरिय सेवा पुर्याएको
रोमन क्याथोलिक मण्डलीलाई
सुधार गर्न चाहेका
थिए । तर
तिनको जीवनी र
रचनाहरूले एउटा अभियानकै
प्रारम्भ गरायो जसले पश्चिमा
ख्रीष्टियमतलाई दुई चिरामा
विभाजन गरिदियो: प्रोटेस्टेन्ट र
रोमन क्याथोलिक ।
मार्टिन
लुथर ईश्वरशास्त्री, प्राध्यापकसाथै
लेखक थिए ।
प्रोटस्टेन्ट अभियानमा तिनी प्रारम्भिक
सुधारवादी थिए ।
मध्यकालीन क्याथोलिक मण्डलीका थुप्रै
शिक्षा र अभ्यासहरूलाई
लुथरले इन्कार गरे ।
मुक्ति कामबाट पाउन सकिँदैन
तर येशू ख्रीष्टलाई मुक्तिदाताको रूपमा
स्वीकार गरेर केवल
परमेश्वरको अनुग्रहबाट पाइन्छ भनी
तिनले सिकाए जुन
शिक्षा त्यस बेला
क्रान्तिकारी अवधारणा नै थियो
।
१०
नोभेम्बर १४८३ मा
बुबा हान्स लुथर
र आमा मार्गरेथबाट
मार्टिन लुथरको जन्म तत्कालीन
पवित्र
रोमी
साम्राज्यको इजलबेन
(आधुनिक जर्मनीको एउटा सहर)
भन्ने ठाउँमा भएको
थियो । क्याथोलिक
धर्ममा जन्मेकाले तिनलाई भोलिपल्टै
बप्तिस्मा दिइएको थियो ।
मार्टिन लुथर परिवारमा
जेठा छोरा थिए
। महत्त्वाकांक्षी पिता
हान्सले जेठो छोरोलाई
वकिल बनाउने जमर्को
गरेका थिए ।
ख्रीष्टाब्द
१५०१ मा १५
वर्षको उमेरमा मार्टिन लुथर
इर्फटको विश्वविद्यालयमा भर्ना भए र
१५०५ मा तिनले
स्नातकोत्तर हासिल गरे ।
त्यसपछि
पिताले लुथरलाई कानुन पढ्न
जोड गरे ।
तर जीवनमा आफूले
अनुभव गरेका केही
सङ्कष्टहरूको कारणले तिनले ६
हप्तापश्चात् कानुन विषयलाई त्यागेर
तिनी इर्फटस्थित अगस्टिनको
मठाश्रममा प्रवेश गरे ।
तिनी एक मेहनती
विद्यार्थीका अतिरिक्त उत्साही पनि
थिए । तथापि
तिनको मुख्य प्रश्न
रहेको थियो: परमेश्वरले
तिनलाई मुक्ति दिनुभएको थियो
भन्ने कुरामा तिनी
कसरी निश्चित हुन
सक्थे ? मठाश्रमका हरेक अनुशासनलाई
तिनले पालन गर्ने
चेष्टा गरे ।
तर जति अनुशासित
भएर नियमहरू पालन
गर्दा पनि तिनलाई
शङ्काले पिरोल्थे: के मैले
पर्याप्त मात्रामा गरेको छु
? अझै धेरै गर्नुपर्ने
हो कि ?
परमेश्वरलाई
खुसी पार्न तिनले
हर सम्भाव्य प्रयास
गरे । उपवास
बस्ने, लामो समयसम्म
प्रार्थनामा बिताउने, तीर्थयात्रा धाउने
आदि क्रियाकलापहरू तिनका
आदत बने ।
तर तिनले खोजेको
शान्ति भने फेला
पारेनन् । मठाश्रमका
प्रमुखले लुथरमा प्रचार र
अध्यापनको खुबी देखी
थप शिक्षा हासिल
गर्न तिनलाई प्रेरणा
दिए । ख्रीष्टाब्द
१५०७ मा तिनी
पादरीको रूपमा अभिषेक गरिए
र १५०८ बाट
तिनले विटेनवर्गको विश्वविद्यालयमा
ईश्वरशास्त्र पढाउन थाले ।
१५१२ मा तिनलाई
उक्त विश्वविद्यालयले ईश्वरशास्त्रमा
डाक्टरको पदवी प्रदान
गर्यो
।
अन्तत:
मार्टिन लुथर मानिसले
कामबाट मुक्ति पाउन सक्दैन
र मुक्ति केवल
परमेश्वरको अनुग्रहबाट येशू ख्रीष्टमाथिको
विश्वासमार्फत पाउन सकिन्छ
भन्ने निष्कर्षमा पुगे
। मानिस केवल
विश्वासद्वारा धर्मी ठहरिन्छ भन्ने
सत्यतालाई तिनले धर्मशास्त्रको अध्ययनबाट
आविष्कार गरे ।
सैयौँ वर्षसम्म लुप्त
यथार्थतालाई लुथरले पुन: आविष्कार
गरे । कामद्वारा
मुक्ति पाइन्छ भनी रोमन
क्याथोलिक मण्डलीले सिकाउँदै आएको
थियो । तर
मुक्ति परमेश्वरको वरदान हो
र कुनै धार्मिक
कामद्वारा यसलाई आर्जन गर्न
सकिँदैन भन्ने शिक्षा नै बाइबलीय
शिक्षा हो भन्ने
निष्कर्षमा पुगे लुथर
।
रोमन
क्याथोलिक मण्डलीले अभ्यास गर्दै
आएको पापमोचन–पत्रको
विरोध गर्दै ३१
अक्टोबर १५१७ मा
लुथरले विटेनवर्गको मण्डलीको भित्ताम
९५ ओटा थिसिस
(बुँदा) टाँसिदिए । यस
कार्यले रोमन क्याथोलिक
शिक्षामा भुइँचालो ल्यायो ।
यसै वर्षलाई सुधारवादको
औपचारिक आरम्भको रूपमा लिइन्छ
। लुथरको नयाँ
शिक्षाले पोप प्रणालीका
जराहरू हल्लाउन थाल्यो ।
क्याथोलिक पादरीहरू काम्न थाले
। तिनका शिक्षाहरूलाई
त्याग्न क्याथोलिक मण्डलीले लुथरलाई
अनुरोध गर्यो तर
तिनले मानेनन् ।
ख्रीष्टाब्द १५२१ मा
तिनी पोपद्वारा औपचारिक
रूपमा बहिष्कार गरिए
र अन्त्यमा १७
अप्रिल १५२१ तिनी
वम्र्सको राज्य–सभामा डाकिए
। तिनका शिक्षाहरू
त्याग्न तिनलाई अनुरोध गरियो
। तर लुथरले
अस्वीकार गरे ।
लुथरले
४१ वर्षको उमेरमा
२६ वर्षकी क्याथरिन
भोन बोरासित बिहे
गरे र तिनीहरूले
६ जना सन्तानलाई
जन्म दिए ।
लुथरको
प्रभाव ईश्वरशास्त्र र मण्डलीका
गतिविधिभन्दा परसम्म पुगेको थियो
। सङ्गीत मन
पराउने लुथरले भजनहरू रचे
। तिनले जर्मन
भाषामा बाइबल अनुवाद गरे;
साहित्य र शिक्षालाई
प्रोत्साहन दिए ।
धार्मिक क्षेत्रमा लुथर जिनिअस
थिए । झ्यालखानाका
हाकिमले पावललाई सोधेको प्रश्न
(“उद्धार पाउनलाई मैल के
गर्नुपर्छ ?”, प्रेरित १६:३१)
लाई लुथरले राम्ररी
बुझेका थिए ।
१८
फेब्रुअरी १५४६ मा
६२ वर्षको उमेरमा
लुथरको निधन भयो
।