menu bar

Sunday, February 28, 2016

अङ्ग्रेजी सिक्न चाहेका ड्राइभर पास्टर बने


एसिया महादेशको दक्षिण पूर्वमा अवस्थित राष्ट्र फिलिपिन्सको राजधानी सहर मनिलामा हर्बी नाउँ गरेका टयाक्सी ड्राइभरले टयाक्सी हाँक्ने काम गर्थे यो तिनै टयाक्सी ड्राइभरको साँचो कथा हो

संसारका अन्य धेरै मानिसहरूलाई जस्तै तिनले पनि अङ्ग्रेजी भाषाको महत्त्व राम्ररी बुझेका थिए त्यसैले, तिनी अङ्ग्रेजी सिक्न चाहन्थे तिनले एउटा किताब हात पारे अनि त्यसको अध्ययन गर्न थाले त्यो किताब अङ्ग्रेजी भाषामा अनुवाद गरिएको नयाँ करारको बाइबल परेछ बाइबलको वचनले ड्राइभरको ह्दय छोयो अन्तत: तिनी ख्रीष्टियान बने

कथा यहीँ टुङ्गिदैन पछि हर्बी बाइबल कलेजमा भर्ना भए, थप बाइबल अध्ययनको लागि परमेश्वरले तिनलाई पास्टर हुने बोलावट दिनुभयो तिनी पास्टर बने त्यसका अतिरिक्त तिनी फिलिपिन्समा बाइबल लिगको सहनिर्देशकसमेत बने

यसरी अङ्ग्रेजी सिक्न चाहेका ड्राइभर पास्टर बने    

Leave Your Comments Here.