menu bar

Thursday, February 4, 2016

हामी परमेश्वरका हातले बनाइएका शिल्प हौँ


  
उन्नाइसौँ शताब्दीको आरम्भमा हेन्री मुरहाउस नाम गरेका अङ्ग्रेज वक्ता प्रचारको लागि अमेरिका जाने गर्थे

एक पटक मुरहाउस अस्तव्यस्त सहरबाट पैदल हिँड्दै थिए एक जना ठिटोले पसलबाट माटोको सानो भाँडोमा दूध बोकेर ल्याइरहेको प्रचारकले देखे त्यो ठिटो चिप्लियो; उसले हातमा समातेर ल्याइरहेको माटोको भाँडो फुटयो; दूध छताछुल्ल भएर जमिनमा पोखियो वक्ता दौडेर ठिटोकहाँ पुगे ठिटोलाई चोट लागेको थिएन तर बेसरी डराएको देखिन्थ्यो अब आमाले मलाई कोर्रा लगाउनुहुन्छभन्दै ठिटो रुन थाल्यो केहीबेर रोइरहयो  

ठिटोको अवस्था देखेर मुरहाउसको ह्दयमा दया पलायो त्यसैले तिनले ठिटोलाई उठाएर नजिकैको पसलमा लगे तिनले ठिटोको लागि दुधसहितको नयाँ भाँडो किनिदिए ठिटोलाई आफ्नो सामु उभ्याउँदै त्यो भाँडो तिनको हातमा दिएर वक्ताले सोधे, “के अब पनि तिम्री आमाले तिमीलाई कोर्रा लगाउनुहुन्छ ?”

आँसुले लतपतिएको ठिटोको अनुहारमा मुस्कुराहट छाएको थियो उसले जवाफ दियो, “लगाउनुहुन्न सर किनकि हामीसित पहिलेको भन्दा झनै राम्रो भाँडो

परमेश्वरले हामीलाई त्यसरी नै बचाउनुहुन्छ शैतान पापले लाखौँ टुक्रा पारिएको हाम्रो पुरानो जीवनमा परमेश्वरले टालटुल पार्ने काम गर्नुहुन्न उहाँले हामीलाई नयाँ बनाउनुहुन्छ हामी परमेश्वरका हातले बनाइएका शिल्प हौँ    

Leave Your Comments Here.