विश्व
(अङ्ग्रेजीमा युनिभर्स)
को अस्तित्वलाई कसैले
इन्कार गर्न सक्दैन
। तर कहाँबाट
आयो यो सम्पूर्ण
विश्व ? यसको लागि
केवल तिन ओटा
विकल्प छन्:
(१)
यो अनन्त छ
।
(२)
यो आफै अस्तित्वमा
आयो ।
(३)
यसको सृजना गरियो
।
विश्व
अनन्त छ भन्ने
पहिलो विकल्पलाई वैज्ञानिक
समुदायले पूर्णत: खारेज गरिदिएको
छ । महाविस्फोटमा
यो सम्पूर्ण विश्वको
थालनी भएको थियो
भनी वैज्ञानिकहरू साधारयणतया
सहमत छन् ।
भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइनको सामान्य
सापेक्षवादको सिद्धान्त, विश्वको फैलावट,
महाविस्फोटको विकिरणजस्ता वैज्ञानिक साक्षीहरूले
वैज्ञानिकहलाई यो विश्व
अनन्त नभई यसको
आरम्भ भएको छ
भन्ने निष्कर्षमा डोर्याएका
छन् ।
दोस्रो
विकल्पले भन्छ कि
यो सम्पूर्ण विश्व
आफै अस्तित्वमा आयो
। दार्शनिक दृष्टिकोणबाट
यो असम्भव छ
। शून्यताले कहिल्यै
पनि कुनै वस्तुलाई
आफै अस्तित्वमा ल्याउन
सक्दैन । विश्व
अस्तित्वमा आउनुअगि केवल शून्यता
थियो जससित यो
विश्वलाई अस्तित्वमा ल्याउने शक्ति
थिएन । हामी
सबैलाई थाहा भएकै
कुरो हो कि
शून्यताले कहिल्यै कुनै पनि
वस्तुलाई रचना गर्न
सक्दैन । शून्यतामा
हेर्ने, सुँघ्ने, काम गर्ने,
सोच्ने वा रचना
गर्ने क्षमता हुँदैन
। तसर्थ, वैज्ञानिक
र दार्शनिक आधारमा
पहिलो र दोस्रो
विकल्प दुवै नै
रद्दीको टोकरीमा जान्छन् ।
तेस्रो
विकल्पअनुसार यो सम्पूर्ण
विश्वको लागि कोही
जिम्मेवार छ ।
यो सम्पूर्ण विश्वभन्दा
परको अस्तित्वले यसलाई
सृजना गरेको हो
भन्ने यो तेस्रो
विकल्प तर्कसङ्गत देखिन्छ ।
कल्पना
गर्नुस् कि तपाईंको
कोठामा एउटा चित्र
छ । त्यो
कुनै चित्रकारले बनाएको
हो भन्ने प्रमाण
के छ ? चित्रको
अस्तित्व नै चित्रकारको
प्रमाण हो ।
जसरी चित्रकारविना एउटा
चित्र अस्तित्वमा आउन
सक्दैन त्यसै गरी यो
सारा विश्व रचनाकारविना
अस्तित्वमा आउन सक्दैन
। त्यही रचनाकारलाई
आस्तिकहरू परमेश्वर भन्दछन् ।