menu bar

Monday, February 8, 2016

मानिसबारे १७ ओटा भनाइहरू



काम गर्ने मानिस प्रसन्न मानिस हो निष्क्रिय मानिस दयनीय मानिस हो
बेन्जामिन फ्रयाङ्कलिन, लेखकसाथै राजनीतिज्ञ 

मानिसको आखिरी मापन सुख सुविधाको क्षणमा कहाँ खडा हुन्छ भन्ने होइन तर चुनौती विवादको समयमा कहाँ खडा हुन्छ भन्ने हो
मार्टिन लुथर किङ्ग जुनिएर, पास्टर, अभियन्तासाथै मानवतावादी

सफल मानिस त्यो हो जसले अरूले उसलाई प्रहार गरेका इँटहरूबाट मजबुत जग बसाल्न सक्छ
डेभिड ब्रिङ्क्ली, पत्रकार

मानिसको महानता उसले कति धेरै धन सम्पत्ति कमाउँछ भन्ने कुरामा होइन तर उसको वरिपरि भएकाहरूलाई सकारात्मक रूपमा प्रभाव पार्ने उसको सत्यनिष्ठा उसको क्षमतामा हुन्छ
बोब मार्ली

मृत्युको डर जीवनको डरबाट आउँछ पूर्ण रूपमा जिउने मानिस कुनै पनि समयमा मर्न तयार हुन्छ
मार्क ताइवान, लेखक 

छिटो सुत्ने छिटो उठ्ने आदतले मानिसलाई स्वस्थ, धनी बुद्धिमान् बनाउँछ
बेन्जामिन फ्रयाङ्कलिन, लेखकसाथै राजनीतिज्ञ 

यदि कुनै मानिसले केको लागि मर्ने भन्ने कुरो पत्ता लगाएको छैन भने जिउनको लागि योग्य छैन
मार्टिन लुथर किङ्ग जुनिएर, पास्टर, अभियन्तासाथै मानवतावादी

सृजनशील परोपकारिताको ज्योतिमा हिँड्ने कि विनाशकारी स्वार्थको अन्धकारमा हिँड्ने भनी हरेक मानिसले निर्णय गर्नुपर्छ
मार्टिन लुथर किङ्ग जुनिएर, पास्टर, अभियन्तासाथै मानवतावादी

समय मानिसले खर्च गर्न सक्ने सबैभन्दा मूल्यवान् वस्तु हो
थियोफ्रेस्टस, प्राचीन ग्रिक दार्शनिक

रुपियाँपैसाले मानिसलाई कहिल्यै खुसी बनाएको छैन यसले बनाउनेछ यसको स्वभावमा खुसी पैदा गर्ने त्यस्तो केही कुरो छैन जति धेरै रुपियाँपैसा हुन्छ त्यति नै धेरै यसको चाह गरिन्छ
बेन्जामिन फ्रयाङ्कलिन, लेखकसाथै राजनीतिज्ञ 

मानिसलाई समझमा शिक्षित पारी नैतिकतामा शिक्षित नपार्नु भनेको समाजलाई कष्ट दिने व्यक्तिलाई शिक्षित पार्नु हो
थियोडोर रुजभेल्ट, अमेरिकाका सोर्हौँ राष्ट्रपति 

नीतिशास्त्रविनाको मानिस यस संसारमा खुला छाडिएको जङ्गली जनावरजस्तै हो
अल्बर्ट क्यामस, दार्शनिक, लेखकसाथै पत्रकार

अहिंसा मानवजातिको व्यवस्थापनमा सबैभन्दा ठुलो शक्ति हो यो मानिसको कुशलताद्वारा निर्माण गरिएको सबैभन्दा विनाशकारी हतियारभन्दा शक्तिशाली हुन्छ
महात्मा गान्धी, अगुवा

साधारण, आनन्दले भरिपूर्ण शान्त जीवन जिउने तरिका त्यसको साँचो मानिसका परम्परा अपेक्षाहरूद्वारा नभई  पवित्र आत्माद्वारा कसरी अगुवाइ गरिने भनेर सिक्नु हो
जोएस मेएर, ख्रीष्टियान लेखिकासाथै वक्ता 

बदलाको अध्ययन गर्ने मानिसले आफ्नो घाउ हरियो राख्छ
फ्रान्सिस बेकन, दार्शनिक, वैज्ञानिकसाथै लेखक 

रूखको फलद्वारा रूखलाई चिनिन्छ मानिसलाई उसका कामहरूद्वारा चिनिन्छ असल काम कहिल्यै हराएर जाँदैन शिष्टाचार रोप्नेले मित्रताको कटनी गर्छ दयाको खेती गर्नेले प्रेम बटुल्छ
सन्त बासिल महान्, बिशपसाथै ईश्वरशास्त्री

भूगोलले हामीलाई छिमेकीहरू बनाएको इतिहासले हामीलाई मित्रहरू बनाएको अर्थतन्त्रले हामीलाई साझेदारहरू बनाएको आवश्यकताले हामीलाई सहयोगीहरू बनाएको परमेश्वरले यसरी सँगसँगै जोड्नुभएकाहरूलाई कुनै पनि मानिसले अलग नगरोस्
जोन एफ. केनेडी, अमेरिकाका पैँतिसौँ  राष्ट्रपति 



Leave Your Comments Here.