जर्ज
वासिङ्गटन संयुक्त राज्य अमेरिकाका
प्रथम राष्ट्रपति हुन्
। ख्रीष्टाब्द १७३२
मा ब्रिटिस अमेरिकामा
जन्मेका वासिङ्गटनले १७८९–१७९७
सम्म अमेरिकामा शासन
चलाएका थिए ।
राष्ट्रपति हुनुअगि तिनी अमेरिकी
क्रान्तिकारी युद्धको समयमा सेनापति
थिए । वासिङ्गटनलाई
राष्ट्रनिर्माताको सूचीमा राखी तिनको
आदर गरिन्छ ।
बिस
वर्षको उमेरमा वासिङ्गटनले आफ्नो
प्रार्थनाको जर्नल (दैनिक अभिलेख)
मा यसरी लेखेका
थिए:
हे
सर्वाधिक महिमित परमेश्वर, येशू
ख्रीष्टमा मेरा करुणामय
र प्रेमिलो पिता,
म मेरो दोषलाई
पहिचान गरी स्वीकार
गर्दछु जुन आजको
जिम्मेवारीमा मेरो कमजोर
र असिद्ध क्रियाकलाप
हो । मेरा
पापको क्षमा गरिदिनुहोस्
भनेर मैले तपाईंको
नाउँ पुकारेको छु
। तर मैले
यति लापर्वाहीसाथ र
कुनै अनुभूति नगरीकनै
त्यसो गरेको छु
कि मेरा प्रार्थनाहरू
नै मेरा पाप
बनेका छन् र
त्यसलाई पनि क्षमाको
खाँचो छ । मैले तपाईंको
पवित्र वचन सुनेको
छु । तर
म आत्मामा यति
बैरो भएको छु
कि मलाई त्यसको
कुनै फाइदा भएको
छैन र म बिर्सने स्रोता बनेको
छु । हे
प्रभु, मैले तपाईंको
काम गरेको भए
तापनि मैले यति
लापर्वाहीसाथ गरेको छु कि
मैले आशिष्भन्दा सरापको
अपेक्षा गर्नु मुनासिब होला
।